कीवर्डहरू -

टिप्स

डीपफेक भिडियो पहिचान गर्न यी उपाय अपनाउनुहोस्

आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले डिपफेक भिडियो बनाउन निकै सजिलो भएको छ ।

यी डीपफेक भिडियोहरूले कुनै व्यक्तिको आवाज र अनुहारका हावभावलाई ठ्याक्कै नक्कल गर्न सक्छन्, जसले गर्दा सक्कली र नक्कली भिडियोमा भिन्नता छुट्याउन गाह्रो हुन्छ ।

तर, यदि तपाईं सतर्क रहनुभयो भने, यी पहिचान गर्न सम्भव छ । आउनुहोस्, नक्कली एआई भिडियोहरू चिन्नका केही सरल तरिकाहरूबारे जानौं । 

अनुहारका हाउभाउ र ओठको गतिविधिमा ध्यान दिनुहोस्

  •  डिपफेक भिडियोहरूमा अनुहारका हाउभाउ सामान्यभन्दा फरक वा अप्राकृतिक देखिन सक्छ ।
  •  बोल्दा ओठको चाल र आवाजबीच तालमेल नमिल्न सक्छ ।

आँखाको परेला झिम्क्याउने बानी र आँखाको गति जाँच गर्नुहोस्

  • डीपफेक भिडियोहरूमा आँखा कम झिम्क्याइन्छ वा कहिलेकाहीं परै झिम्कँदैन् ।
  • आँखाको फोकस र चमक सक्कली व्यक्तिको तुलनामा फरक हुन सक्छ ।

पृष्ठभूमि र छायाँहरू राम्रोसँग याद गर्नुहोस्

  •  धेरै पटक भिडियोमा प्रकाशको प्रभाव असली जस्तो लाग्दैन र छायाँहरू अप्राकृतिक तरिकाले बदलिन सक्छन् ।
  •  पृष्ठभूमि र व्यक्तिबीच ब्लर प्रभाव देखिन सक्छ ।

आवाजको गुणस्तर र उच्चारणलाई ध्यानपूर्वक सुन्नुहोस्

  • नक्कली भिडियोहरूमा आवाजलाई एआई उपकरणहरूसँग परिमार्जन गरिएको हुन्छ, जसले गर्दा आवाज यान्त्रिक (रोबोटिक) जस्तो लाग्न सक्छ ।
  •  केही शब्दहरूको उच्चारण गलत हुन सक्छ वा भिडियोको फुटेजसँग राम्रोसँग मेल नखान सक्छ ।

भिडियोको स्रोत र विश्वसनीयता जाँच गर्नुहोस्

  • यदि कुनै आश्चर्यजनक वा विवादास्पद भिडियो भाइरल भइरहेको छ भने, आधिकारिक समाचार च्यानलहरू वा विश्वसनीय वेबसाइटहरूमा यसको पुष्टि गर्नुहोस् ।
  • रिभर्स इमेज सर्च वा भिडियो फ्रेम एनालिसिसबाट भिडियोको वास्तविकता पत्ता लगाउन सकिन्छ ।

विशेष डीपफेक पहिचान उपकरणहरू प्रयोग गर्नुहोस्
विभिन्न अनलाइन उपकरणहरू र सफ्टवेयरहरू छन्, जसले नक्कली भिडियोहरू पत्ता लगाउन मद्दत गर्न सक्छन्, जस्तै :

-डीपवेयर स्क्यानर 
- माइक्रोसफ्ट भिडियो अथेन्टिकेटर
-सेन्सेटी एआई 

यदि तपाईं यी प्रविधिहरू अपनाउनुहुन्छ भने, डिपफेक भिडियोहरूको वास्तविकता छुट्याउन सक्नुहुन्छ र गलत सूचना फैलिनबाट रोक्न योगदान दिन सक्नुहुन्छ । 

 

टिप्स

फोन स्पीकरलाई क्षतिबाट जोगाउन यी उपायहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको  छ । तर के तपाईंलाई थाहा छ कि गलत प्रयोगले तपाईंको …

ह्वाट्सएपका उपयोगी सुविधाहरू: एआई स्टुडियोदेखि नम्बर सेभ नगरी कल गर्नेसम्म

ह्वाट्सएप अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो र लोकप्रिय इन्स्ट्यान्ट मल्टिमिडिया मेसेजिङ एप हो, जुन अफिसका कामदेखि व्यक्तिगत कामसम्…

आईफोनबारे प्रचलित ५ भ्रम

आईफोनबारे धेरै गलत धारणा फैलिएका छन्, जसमा मानिसहरू आँखा चिम्लेर विश्वास गर्छन्।

यीमध्ये…

च्याटजीपीटीमा गूगल ड्राइभ लिंक गर्ने तरिका

ओपनएआईको एआई च्याटटुल च्याटजीपीटी आजकल हरकोही प्रयोग गरिरहेका हुन्छन् ।

यदि तपाईं च्याटज…

बिल गेट्सको सफलता पछाडि लुकेका ५ प्रमुख बानी, जुन तपाईंले पनि अपनाउन सक्नुहुन्छ !

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले प्रविधि उद्योगमा छुट्टै पहिचान छ । उनी आफ्नो प्रडक्टिभिटी र सफलताका लागि परिचित …

स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई सजिलै रिकभर गर्ने तरिका

स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै …

स्मार्टफोन सफा गर्ने सही तरिका: स्वास्थ्य र सुरक्षाका लागि ध्यान दिनुपर्ने उपायहरू

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । खानाको टेबलदेखि बाथरुमसम्म प्रयोग गर्छौं।

एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन तपाईलाई पनि थाहा हुनुपर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्मार्टफोनका सबै फिचर्स र सुविधा…

जो पायो त्यही लिंकमा क्लिक नगर्नुहोस्, नत्र ह्याकिङको शिकार बन्न सक्नुहुन्छ

डिजिटल युगमा साइबर सुरक्षा अति नै महत्त्वपूर्ण भइसकेको छ । हामीहरूको धेरै जसो समयमै अनलाइनमै बित्ने गरेको छ । 

<…

इलेक्ट्रिक केटल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

जाडो महिनामा पानी तताउने सामानहरूको प्रयोग बढ्छ । मानिसहरू पानी छिटो तताउनको लागि वाटर केटलको प्रयोग गर्छन् ।

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष…

स्मार्टफोनको ब्याट्री बचाउने उपाय: सरल टिप्सले बढाउन सकिन्छ ब्याट्री ब्याकअप

स्मार्टफोन अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । धेरै कामहरू यस्ता छन् जुन स्मार्टफोन बिना गर्न गाह्रो हुन्छ । फोनला…

किन पासवर्ड म्यानेजर प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

गूगलमा आफ्नो व्यक्तिगत जानकारी देखा पर्न थाल्यो ? यसरी गर्नुहोस् डिलिट

धेरै पटक हाम्रो सोशल मिडिया अकाउन्ट, फोन नम्बर, घरको ठेगाना र बैंक विवरणहरू अनलाइन उपलब्ध हुन्छन् । सबैभन्दा ठूलो समस्या तब हुन्…

जाडोमा पन्जा नखोली फोन चलाउन सक्नुहनेछ, जान्नुहोस् तरिका

पुष माघ महिनामा कठ्याङ्ग्रिने जाडो पर्छ । जाडोको मौसममा आफूलाई स्वस्थ राख्न चुनौतीपूर्ण हुन्छ, तर न्यानो स्वेटर, ज्याकेट, स्कार्फ वा …