टिप्स
टिकटकमा फ्लोअर कसरी बढाउने ?
पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । टिकटक धेरैले प्रयोग गरेपनि फ्लोअर बढाउन सकिरहेका हुँदैनन् । टिकटकमा आफ्नो भिडियो चर्चित बनाउन फ्लोअरको सङ्ख्या पनि धेरै भए राम्रो हुन्छ ।
त्यस कारण आज हामी तपाईलाई टिकटकमा कसरी फ्लोअर बढाउने बारे जानकारी दिदैछौं । टिकटकमा तपाईको प्रोफाइल पूर्ण देखिएमा पनि यसले प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने गर्दछ ।
अरु प्रयोगकर्ताले तपाईकोअकाउन्टबाट तपाईको व्यक्तित्व जान्न सके भने पनि तपाईको अकाउन्टमा आकर्षित हुन सक्छन् ।
यसका लागि आफ्नो प्रोफाइलमा मी भन्ने अप्सन क्लिक गर्ने र प्रोफाइल फोटो, भिडियो, नाम, यूजरनेम, बायोलाई कस्टमाइज गर्नका लागि एडिट प्रोफाइल गर्नुपर्छ । तपाईले टिकटकमा आफूलाई चिनेको मान्छे पनि खोज्नुभएमा पनि फ्लोअर बढाउन सकिन्छ ।
प्रोफाइलमा मी अप्सन क्लिक गरेर सर्चबारमा गएर कुनै निश्चित अकाउन्टलाई सर्च गर्न सकिन्छ । त्यस्तै साथीहरुलाई इन्भाईट पनि गर्न सकिन्छ ।
आफ्नो रुचीको विषयहरुको अकाउन्टलाई फ्लो गरेमा पनि त्यही रुची भएको व्यक्तिहरुले तपाईको अकाउन्टलाई पनि फ्लो गर्न सक्छन् । नयाँ अकाउन्टहरुलाई डिस्कभर ट्याबका माध्यमले भेटाउन सकिन्छ ।
राम्रो कन्टेन्ट पोस्ट गरेमा पनि फलोअर बढ्न सक्नेछन् । क्रियटरले चर्चित भइरहेका टिकटक भिडियो हेरेर आफुले भिडियो बनाउन सक्छन् । भने आफै युनिक कन्टेन्ट पनि सिर्जना गर्न सक्छन् ।
त्यस्तै चर्चित थिमहरु प्रयोग गरेर भिडियो बनाए पनि दर्शकहरु आकर्षित हुन्छन् । क्यामेरा, लाईटिङ जस्ता भिडियो सामाग्रीहरुलाई पनि अपग्रेड गरेमा राम्रो भिडियो बनाउन सकिन्छ ।
आफ्नो क्याप्सनमा ह्यासट्याग प्रयोग गरेमा पनि भिडियो धेरै प्रयोगकर्ता सामु पुग्न सक्छ । तपाईको फलोअरहरुलाई कस्तो खालको भिडियो मनपरिरहेको छ भनेर पनि नियाल्नु पर्छ । त्यस्तो खालको कन्टेन्टले झन बढि दर्शकलाई आकर्षित गर्न सक्छ ।
नियमित सेड्युलमा भिडियो हाल्दा पनि दर्शकहरुलाई तपाईको कन्टेन्टमा रुची लाग्नेछ । नयाँ खालको कन्टेन्ट हालि राखेमा फ्लोअरहरुले मनपराउने गर्दछन् ।
टिप्स
अकाउन्ट सुरक्षित राख्नका लागि उत्तम पासवर्ड कसरी छनोट गर्ने?
फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…
स्मार्टफोन स्क्रिन गार्ड: सुरक्षाका साथ संभावित जोखिमहरूको खुलासा
स्मार्टफोनको स्क्रीन यसको सबैभन्दा महत्वपूर्ण भाग हो, किनभने स्क्रिनबिना स्मार्टफोन प्रयोग गर्न गाह्रो हुन्छ । स्क्रिन गार्डको प्रयोग सामा…
पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
मोबाइलको लतले हैरान पारेको छ ? यी सेटिङ सक्रिय गर्नुहोस्
स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…
गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय
ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् । यो उच्च–प्रविधि ठगी हो, जहाँ स्क्यामरहरूले प्रयोगकर्ता र गुगललाई फरक सामग्री देखाउँछन् । …
यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर
गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो पनि ब…
फोनको स्टोरेज क्लिन गर्न जान्नुहोस् सरल टिप्स
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय
साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ …
पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्
तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, …
जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स
जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गर…
एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन सबै प्रयोगकर्ताले थाहा पाउनै पर्छ
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्म…
सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न तपाईले गर्नैपर्ने यी पाँच काम
आज सबैजना इन्टरनेटको प्रयोग गर्दैछन् । इन्टरनेट चलाउन जति सजिलो र फाइदाजनक छ, त्यति नै खतरनाक पनि छ ।
कतै तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका
स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं ।
वेबसाइट बनाउन के गर्ने ?
कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो …
नयाँ ल्यापटप किनिसकेपछि यी पाँच आवश्यक सेटिङ तुरुन्त अन गर्नुहोस्, जसले तपाईंलाई सधैं फाइदा हुनेछ
फेस्टिवल सीजनमा धेरैले नयाँ ल्यापटप खरिद गरेका छन् । तपाईंमध्ये केहीले पनि नयाँ ल्यापटप किन्नुभएको होला । पहिलेको तुलनामा ल्या…