कीवर्डहरू -

टिप्स

महंगो हुँदाहुँदै पनि किन धेरैले किन्न चाहन्छन् आईफोन ? यस्ता छन् केही कारण

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।

तर पनि विदेशबाट पठाइदिन भनेर होस् वा आफै पैसा जम्मा गरेर होस् उपभोक्ताले आईफोन खरिद गर्न रूचाउँछन् । विश्वमा एन्ड्रोइड फोन चलाउने प्रयोगकर्ता धेरै छन् ।

एन्ड्रोइड चलाउने प्रयोगकर्ता धेरै हुँदा हुँदै पनि महंगो फोन आइफोन प्रति धेरैको रूची किन छ ? किन धेरैले आईफोन किन्न चाहन्छन् ? आज हामी यसका केही कारण बारे जानकारी दिदैछौं ।

राम्रो परफरमेन्स

तपाईको कुनै पनि फोन पूर्ण रुपमा प्रोसेसरमा भरपर्ने गर्छ । एन्ड्रोइड फ्ल्यागशिपको तुलनामा एप्पलको चिपले अझै बढी राम्ररी काम गर्दछ ।

एप्पलको चिप आईफोनका लागि कस्टोमाइज गरेर निर्मित हुने भएकाले यसले एकदमै राम्रो अनुभव प्रदान गर्ने गर्दछ ।

एप्पलले आईफोनमा महँगो पार्टपुर्जा प्रयोग गर्ने भएकाले यसले एकदमै प्रभावकारी र छिटो रुपमा काम गर्ने गर्दछ । एन्ड्रोइड पनि सुरुसुरुमा राम्ररी नै चल्ने गर्दछ तर केही समय भएपछि फोन ह्यांग हुन थाल्छ ।

एन्ड्रोइड फोनले धेरैजसो थर्ड पार्टी प्रोससर प्रयोग गर्ने गर्दछन्, जसकारण कस्टोमाइज अनुभव हुँदैन् र एन्ड्रोइड र आईफोन बिच सबैभन्दा ठूलो फरक नै यही हो । उदाहरणका लागि सामसंगले क्वालकमसँग स्नापड्रयागन चिप खरिद गरेर प्रयोग गर्ने गर्दछ ।

एप्पलको सफ्टवेयर र एप अप्टिमाइजेसनले गर्दा यसले पछि सम्म पनि राम्रै परफरमेन्स दिने गर्दछ । आइफोनमा सजिलै मल्टिटास्क गर्न सकिन्छ र एपहरु बिच पनि कुनै ल्याग वा ग्लिच नभई नै स्वीच गर्न सकिन्छ ।

तपाईले पुरानो आईफोनलाई एन्ड्रोइड डिभाइससँग तुलना गर्नभयो भने आइफोनले बढी राम्रो परफरमेन्स दिईरहेको पाउन सक्नुहुन्छ । त्यस कारण एन्ड्रोइड फोनले भन्दा एप्पलको आईफोनले राम्रो काम गर्ने गर्दछ ।

सुरक्षित

एन्ड्रोइड फोन धेरैले प्रयोग गर्ने भएपनि बेला बेला एन्ड्रोइड फोनको सुरक्षामाथि प्रश्न उठिरहेको हुन्छ । एन्ड्रोइड सफ्टवेयरमाथि स्मार्टफोनको कुनै नियन्त्रण नहुने भएकाले सुरक्षामा समस्या आउछ । त्यस्तै अपरेटिङ सिस्टम पनि पुरानो भयो भने सजिलै साइबर आक्रमण गर्न सकिन्छ ।

सरक्षाका लागि केही समयपछि एन्ड्रोइड डिभाइसलाई परिवर्तन गरिरहनुपर्ने हुन्छ । समयसमयमा सफ्टवेयर अपडेट गरिरहेमा मात्रै सुरक्षित रहिरहन सकिन्छ । यदी कसैसँग आईओएस १६ भएको आईफोन ८ छ भने उसले पनि आईफोन १४ मा जस्तै सबै सुरक्षा फिचरहरू पाउँछ ।

गूगल प्ले स्टोरमा मालवेयर वा भाइरस लाग्ने किसिमको एपहरु पनि सामयसमयमा उपलब्ध हुने गर्छन् । एपस्टोरको सुरक्षा मापदण्डहरु बढी कडा रुपमा जाँँच गरिएको हुन्छ । आईफोन पनि पूर्ण रुपले आक्रमणहरुबाट जोगिएको हुन्छ भन्ने हुँदैन् तर एन्ड्रोइडको तुलनामा धेरै सुरक्षित छ ।

गुणस्तरीय क्यामेरा र इमेज

प्रयोगकर्ताहरुले आईफोन रोज्नुको मुख्य कारणमा क्यामेरा पनि एक हो । आईफोन ५ एस आएदेखि एप्पलका उपभोक्ताहरु क्यामेराको वर्णन गर्दै आएका छन् । एन्ड्रोइड फोनको क्यामेरामा धेरै फिचर तथा फिल्टर भएता पनि प्रोफेसनल इमेज पाउनका लागि आईफोन नै सबै उपभोक्ताको प्रमुख छनोट हुने गर्दछ ।

एन्ड्रोइड फोनको धेरैजस्तो क्यामेरामा भिडियो हेर्दा अडियो ढिलो आउने जस्ता सम्स्या हुन्छ । आइफोनमा बढी राम्रो क्यामेरा क्वालिटी, फ्रेम रेट, अडियो कम्प्याटिबिलिटी र राम्रो इमेज हुने गर्दछ । धेरै कन्टेन्ट क्रियटरले पनि फोटो तथा भिडियो खिच्नका लागि आईफोन नै मन पराउछन् ।

राम्रो डिजाइन

एन्ड्रोइड फोन विभिन्न आकार र स्टाइलमा आउने भएकाले कुन ब्राण्डको फोन हो भनेर छुट्याउन गाह्रो पर्ने गर्दछ । आईफोनको आकर्षक डिजाइन हुने गर्दछ, जसले तुरुन्तै ध्यानाकर्षण गर्न सम्भव हुन्छ । हार्डवेयरमा धेरै परिवर्तन नहुने भएकाले आईफोनलाई पहिचान गर्न सकिन्छ ।

एप्पलले आफ्नो डिजाइनलाई पनि एकदमै गोपनीय ढंगले राख्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई कस्तो डिजाइन सार्वजनिक हुने हो भनेर उत्सुकता भइरहन्छ । आइफोन विभिन्न आकर्षक रंगमा आउने भएका कारण पनि प्रयोगकर्ताहरु यस प्रति आकर्षित हुने गर्दछन् ।

एप्पलको ब्राण्ड भ्यालु

विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो, एप्पल । ब्राण्ड मूल्य राम्रो भएका कारण पनि प्रयोगकर्ताले आईफोन रुचाउने गर्दछन् । एप्पलको सुरु देखिनै आईफोनलाई फोनमा मात्रै सिमित नराखेर एक ब्राण्डकै रुपमा प्रख्यात बनाउने उद्देश्य थियो ।

एप्पलको अरु डिभाइस पनि प्रख्यात रहेको र ती आईफोनमा पनि चल्ने भएकाले समेत धेरैले आईफोन प्रयोग गर्न चाहन्छन् । एप्पलको लोगो देख्नै बित्तिकै कुनै पनि सामान बिक्री हुने गरी एप्पलले आफ्नो ब्राण्ड बनाएको छ ।

टिप्स

यी सात युट्युब च्यानल, जहाँ हेर्न सकिन्छ ‘हरर’ मुभी

डरलाग्दो फिल्म हेर्न मन लागेको बेला आफूले चाहेको जस्तो फिल्म भेट्टाउने समस्या हुन्छ ।…

किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड

मेटाको इन्स्टाग्राम एपमा किशोर किशोरीहरुलाई उत्पीडनबाट बचाउनका लागि प्यारेन्टल मोड …

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? ब्याट्रीको लाइफ बढाउन यस्तो गर्नहोस्

हामीहरु आफ्नो व्यक्तिगत कामको लागि होस् वा अफिसको कामको लागि होस् ल्याप्टप प्रयोग गर्न…

सामसङको सेक्योर फोल्डर के हो ? यसरी गर्न सकिन्छ प्रयोग

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्न यस्तो गर्नुहोस्

गूगलले आफ्नो इन्टरनेट ब्राउजरको पछिल्लो भर्सन क्रोम ९७ सार्वजनिक गरेको छ । यसले प्रयो…

आईफोनको चार्ज चाँडै सकिएर हैरान हुनुहन्छ ? यस्ता छन् ब्याट्री टिकाउने ७ उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…

ठूलो साइजको फाइल पठाउन के गर्ने ? यस्ता छन् तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

सार्वजनिक वाइ–फाइलाई यसरी गर्नुहोस् सुरक्षित रुपमा प्रयोग

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बनाएको छ तर सँगसँगै थ्रेट पनि बढ…

कम्प्युटरमा सजिलै भिडियो इडिट गर्न के गर्ने ?

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

मोबाइलको लतबाट जोगिने तरिका

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…

यी हुन् जीमेलको बारेमा जान्नैपर्ने केही फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…

एन्ड्रोइडमा ब्याट्रीको हेल्थ जाँच्न के गर्ने ?

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्याम…

तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ 

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…

यी हुन् एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्य पाँच कुरा 

इन्टरनेटले जीवन सहज बनाउनका साथसाथै सूचना खतरामा पारिदिने पनि गर्छ । वेबमा धेरै…