टिप्स
कसरी चेक गर्ने इन्टरनेटको स्पीड ? यस्ता छन् तरिका
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका चाङ छन् ।
सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं ।यसका लागि केही टुल छन् जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।
तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन् । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईलाई इन्टरनेटको स्पीड चेक गर्ने केही तरिकाको जानकारी दिदैछौं ।
ओकला स्पीड टेस्ट
ओकला स्पीडटेस्ट ले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहा पाउन मद्दत पुर्याउँछ ।
यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।
यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।
अन्य केही स्पीड टेष्ट गर्ने तरिका
फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।
यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।
यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।
साथै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट पनि इन्टरनेट स्पीड जाँच गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
टिप्स
यसरी गर्नुहोस् एन्ड्रोइड फोनमा कल रेकर्ड
र्टुकलरले आफ्नो एपको भर्सन १२ सार्वजनिक गरेको छ । यो अपडेटले नयाँ फिचर र रिडिजाइन…
इन्स्टाग्राम स्टोरीमा एकैपटक यसरी सेयर गर्नुहोस् धेरै फोटो
अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैन…
आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’
स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष…
नोटिफिकेसन नजाने गरी स्न्यापच्याटबाट कसरी लिने स्क्रीनशट ?
सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…
के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म ब्याट्री टिकाउने ७ उपाय
भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…
आफुले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
विद्यार्थीलाई उपयोगी ४ एप (भिडिओ)
अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…
गूगल अकाउन्टमा यसरी शुरू गर्नुहोस् टू स्टेप भेरिफिकेसन
गत महिना गूगलले सन् २०२१ को अन्त्यसम्ममा टू स्टेप भेरिफिकेसन प्रयोगकर्ताहरुका लागि अ…
ठूलो साइजको फाइल कसरी पठाउने ? यस्ता छन् तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
यसरी जाँच्न सकिन्छ आफ्नो इन्टरनेटको स्पीड
कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…
यसरी बढाउन सकिन्छ आफ्नो ल्याप्टपको ब्याट्री लाइफ
कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …
उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सको मद्दत लिनुहोस र पाउनुहोस् डिएसएलआर जस्तै क्वालिटी
यदि तपाइलाई फोटोग्राफी मन पर्छ अथवा तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ…
गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्न सकिन्छ कम्प्युटरमा सेभ
मोबाइलबाट गूगल लेन्स एपको प्रयोग गरी प्रयोगकर्ताले हातले लेखेको कुरालाई स्क्यान गरी…
गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरी पत्ता लगाउँछ,थाहा पाउनुहोस्
जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता …
डिजिटल क्यामेरा किन्दा ध्यान दिनुपर्ने कुरा
डिजिटल क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने …