टिप्स
यसरी बनाउनुहोस् गूगल फोटोजबाट फोटो कोलाज र एनिमेसन
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएका धेरै फिचरहरु मध्ये कोलाज र एनिमेसन पनि एक निकै गज्जबको फिचर हो।
विभिन्न फोटोहरुलाई सङ्कलन गरेर एउटै फोटोमा राख्नुलाई कोलाज भनिन्छ । यो एक प्रकारको आर्ट पनि हो। आज हामी तपाईंलाई गूगेल फोटोजमा कसरी एनिमेसन र कोलाज बनाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी दिनेछौँ ।
कोलाज बाट सुरु गर्दा, तपाईंले आफ्नो फोटोहरु सेलेकट गर्नुहोस्। तपाईंले एउटा फोल्डर मात्रै पनि सेलेक्ट गर्न सक्नुहुन्छ अथवा धेरै फोटोहरु आफुलाई मन परेको चयन गर्न सक्नुहुन्छ।
फोटोहरु सेलेक्ट गरेपछि स्क्रीनको शीर्ष दायाँतिर भएको + आइकनमा क्लिक गर्नुहोस्।
एउटा नयाँ मेनु खुल्नेछ र दिएको अप्सनहरु मध्ये कोलाजलाई सेलेक्ट गर्नुहोस् । तपाईंको फोटोहरुको आधारमा फोटोजले कोलाज अटो जेनेरेट गर्नेछ। तर यसको लागि तपाईको वाईफाई बन्द भएको हुनुहुँदैन।
आफ्नो कोलाजलाई एडिट गर्न एडिट आइकनमा क्लिक गर्नुहोस् । तपाईंसँग विभिन्न प्रकारका फिल्टरहरू उपलब्ध हुन्छ। तपाईंलाई जुन फिल्टर मन पर्छ त्यही सेलेक्ट गर्नुहोस्।
तपाईंले फिल्टरको लेभल स्लाइडर बारको मद्दतले मिलाउन सक्नुहुन्छ । क्रप र रोटेट टूलबाट तपाईंले तपाईंको कोलाजको भागहरुलाई काट्न र फोटोलाई रोटेट गर्न सक्नुहुन्छ।
एडिटमा तपाईंले अन्य अप्सनहरु पनि भेटाटाउन सक्नुहुन्छ । मार्कअप अप्सनमा तपाईंले टेक्स्ट, हाइलाइटर र पेनको प्रयोग गरेर आफ्नो कोलाजलाई नाम दिन, विभिन्न आकारहरु बनाउन वा कुनै कुरालाई हाइलाइट गर्न सक्नुहुन्छ ।
यसैगरी तपाईंले फोटोहरु सेलेक्ट गरेर + आइकनमा क्लिक गरी एनिमेसनमा क्लिक गरेर एनिमेसन बनाउन सक्नुहुन्छ। यो एनिमेसन सरल रूपमा, स्थिर तस्बिरहरूको श्रृंखलाको बीचमा सर्दै गरेको केबल तपाईंको फोटोहरुको स्लाइड शो मात्रै हो।
फोटो कोलाज र एनिमेसन बनाइसकेपछी आफ्नो साथी र परिवारसँग सेयर पनि गर्न सक्नुहुन्छ । त्यसको लागि सेयर आइकनमा क्लिक गर्नुहोस् र सम्बन्धित आइकनमा क्लिक गरेर सेयर गर्नुहोस् ।
टिप्स
के तपाई घन्टौँ फेसबुकमा बिताउनुहुन्छ ?यसरी राख्नुस् स्क्रीन टाइम लिमिट
सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । अह…
आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्न के गर्ने ? यस्ता छन् ६ तरिका
जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…
स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …
क्यास डेटा तथा वेबसाईटले स्टोर गरेको डेटा कसरी हटाउने ?
क्रोम हामी सबैले प्रयोग गरिरहने ब्राउजर हो । तर धेरै ब्राउजरको प्रयोगगर्दा कहिलेकाँ…
आफ्नो सामसङ ग्यालेक्सी फोनमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड १३
गूगलले एन्ड्रोइड १३ केही समय पहिले सार्वजनिक गरेको थियो । यसमा एपहरूले नोटिफिकेस…
के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक …
एप नभए पनि यसरी स्क्यान गर्नुहोस् क्युआर कोड
क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…
सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?
इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …
सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?
नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या हरेक बर्ष अत्याधिक रुपमा बृदद…
कसरी प्रयोग गर्ने ह्वाट्सएपको कम्प्यानियन मोड ?
अब केही समयपछि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसहरुमा लग इन गर्न सकिने भएको छ …
महंगो हुँदाहुँदै पनि किन धेरैले किन्न चाहन्छन् आईफोन ? यस्ता छन् केही कारण
राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…
इन्टरनेटको स्पीड चेक गर्ने तरिका
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि…
युट्युब भिडियोको सानो क्लिप काटेर कसरी पठाउने ? यस्तो छ तरिका
तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…
आफ्नो स्मार्टफोनको कुनै पनि एपलाई कसरी हाइड गर्ने ?
सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…
यी सात युट्युब च्यानल, जहाँ हेर्न सकिन्छ ‘हरर’ मुभी
डरलाग्दो फिल्म हेर्न मन लागेको बेला आफूले चाहेको जस्तो फिल्म भेट्टाउने समस्या हुन्छ ।…