कीवर्डहरू -

टिप्स

सफ्टवेयर बिना वेबसाइटबाटै यसरी गर्नुहोस् भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा पनि भिडियोको प्रयोग बढ्न थालेको छ ।

अन्य सामग्रीको तुलनामा भिडियोको प्रभावकारिता दर बढी समेत छ । यदि तपाईं भिडियो सम्पादन (एडिटिङ) मा रुचि राख्नुहुन्छ तर तपाईंसंग राम्रो भिडियो एडिटिंग गर्ने मोबाइल वा ल्यापटप छैन् वा तपाईंको आफ्नो डिभाइसमा भिडियो एडिटिंग एप वा सफ्टवेयरहरु चल्दैन भने तपाईंले नि:शुल्क रूपमा वेबसाइटमा गएर भिडियो एडिटिंग गर्न सक्नुहुनेछ ।

आज हामी तपाईंहरूलाई सफ्टवेयर बिना पनि निःशुल्क रूपमा भिडियो एडिटिंग  गर्न सकिने वेबसाइटहरूको बारेमा जानकारी दिदैछौं ।

यदि तपाईं मोबाइलबाट प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले ब्राउजरलाई डेस्कटप साइटमा राख्नुपर्छ । यद्यपी मोबाइल बाट गर्न भने केही कठिन पनि हुन सक्छ ।

क्लिपच्याम्प

क्लिपच्याम्प एक भिडियो एडिटिङ सफ्टवेयर हो, जसलाई माइक्रोसफ्टले सजिलोसँग भिडियो एडिटिंग गर्न डिजाइन गरेको छ । यसलाई तपाईंले ल्यापटपमा डाउनलोड पनि सक्नुहुन्छ।

वेबसाइटमा यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर clipchamp.com टाइप गरी सर्च गर्नुपर्छ । त्यसपछि तपाईंले यसमा आफ्नो अकाउन्ट साइन इन गर्नुहोला । त्यसपछि यसको इन्टरफेस खुल्छ । यहाँ तपाईंले विभिन्न साइजका टेम्प्लेटहरु पनि पाउन सक्नुहुन्छ ।

अब क्रियट अ न्यु भिडियोमा गएर तपाईंले भिडियो बनाउन सक्नुहुन्छ । सबैभन्दा सुरूमा तपाईंले भिडियोको रेसियो छनोट गर्नुपर्छ ।

यहाँ तपाईंले भिडियोलाई क्रप गर्ने, फ्लिप गर्ने, रोटेट गर्ने, स्क्रीन रेकर्ड गर्ने, विभिन्न टेम्प्लेटहरु एड गर्ने, म्युजिक तथा एस.एफ.एक्स, स्टक भिडियो, स्टक इमेज, टेक्स्ट टुलहरु जस्ता टुलहरु को प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथै ग्राफिक्स अन्तर्गत ब्याकग्राउन्ड फोटो तथा भिडियोहरु, स्टिकर, फ्रेम एण्ड ओभर ल्ये, शेप, अनोटोसनस, गिफ जस्ता विभिन्न विकल्पहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथ साथै विभिन्न र आकर्षक ट्रान्जिसनहरुको भरपूर प्रयोग गर्न सक्नुहुन्छ । यसका अलावा तपाईंले भिडियोमा क्याप्सन, अडियो, फिल्टर, एडजस्ट कलर र स्पीड आदि टुलहरुको प्रयोग गर्न सक्नुहुन्छ ।

क्यापविङ

क्यापविङ एक सःशुल्क भिडियो एडिटिङ वेबसाइट हो तर तपाईं नि:शुल्क रूपमा पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ । नि:शुल्क प्रयोग गर्दा भिडियोमा यसको लोगो देखिन्छ ।

यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर kapwing.com टाइप गरी सर्च गर्नुहोस् । त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गर्नुपर्छ । अनि यसले तपाईंले कुन प्रयोजनका लागि प्रयोग गर्न चाहनुभएको, तपाईंले भिडियो बनाउनुको प्राथमिक लक्ष्य के हो जस्ता प्रश्नहरूको जवाफ दिनुपर्छ ।

तपाईंले आफ्नो वर्कस्पेसको नाम लेखि यदि आफ्नो लोगो भएको लोगो अपलोड गरी नेक्स्टमा क्लिक गर्नुहोला । अब कृयट न्यू प्रोजेक्ट मा गएर तपाईंले भिडियो बनाउन सक्नुहुनेछ । यहाँ पनि तपाईंले भिडियोलाई ट्रिम, क्रप, फिल्टर, एडजस्ट, जुम, कर्नर आदि गर्न तथा मिलाउन सक्नुहुनेछ ।

त्यसैगरी अडियो अन्तर्गत भोल्युम र क्लिन अडियो, एआई टुल अन्तर्गत स्मार्ट कट जस्ता टुलको प्रयोग गर्न सक्नुहुन्छ । यसका अतिरिक्त टेक्स्ट, सबटाइटल, भिडियोज, इमेज, इलेमेन्ट,अडियो, ट्रान्जिसन, टेम्प्लेट, रेकर्ड जस्ता भिडियो बनाउन आवश्यक पर्ने साधनहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

भिड

यो पनि एक सामान्य भिडियो एडिटिंग गर्ने वेबसाइट हो। यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर veed.io टाइप गरी सर्च गर्नुपर्छ । त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गरिरहनु पर्दैन ।

अब कृयट योर फर्स्ट भिडियोमा गएर तपाईंले भिडियो बनाउन सक्नुहुनेछ । यहाँ पनि तपाईंले भिडियो एडिटिङका सामान्य टुलहरु जस्तै मिडिया, अडियो, सबटाइटल, टेक्स्ट, इमेलमेन्ट तथा टेम्प्लेट जस्ता टुलको प्रयोग गरी भिडियो बनाउन सक्नुहुन्छ ।

क्यापकट

यो एक विशुद्ध निःशुल्क भिडियो एडिटिंग वेबसइट हो । तपाईले गुगल प्ले स्टोरमा गएर यसको एपलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ । यसलाई प्रयोग गर्न ब्राउजरमा गएर capcut.com टाइप गरी सर्च गर्नुहोला ।

त्यसपछि यसको इन्टरफेस खुल्छ । यसका पनि साइन अप गर्नुपर्दैन तर यदि तपाईं आफ्नो प्रोजेक्टहरु अनलाइनमा सेभ गर्न चाहनुहुन्छ भने लगिन गर्न सक्नुहुन्छ । अब एडिट भिडियो अनलाइनमा गएर ब्लाङ्क क्यानभासमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ ।

यहाँ पनि तपाईंले मिडिया, स्टक भिडियो, अडियो, टेक्स्ट, स्टिकर, इफेक्ट, ट्रान्जिसन, फिल्टर जस्ता विभिन्न भिडियो बनाउन आवश्यक पर्ने साधनहरू भेट्टाउन सक्नुहुन्छ ।

फ्लेक्सक्लिप

फ्लेक्सक्लिप पनि एक अनलाइन भिडियो एडिटिङ वेबसाइट हो । यसलाई प्रयोग गर्नको लागि ब्राउजरमा गएर flexclip.com टाइप गरी सर्च गर्नुहोला । त्यसपछि यसको इन्टरफेस खुल्छ। यसका लागि सुरुमै साइन अप गर्नुपर्दैन ।

यदी तपाईंलाई यो राम्रो लागेमा अन्त्यमा भिडियो एक्सपोर्ट गर्ने समयमा चै साइन अप गर्नुपर्छ । अब क्रियट अ भिडियोमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ ।

यसमा पनि अघिका भिडियो एडिटिंग वेबसाइटमा जस्तै पूर्वनिर्धारित अथार्त मीडिया, टेक्स्ट, सबटाइटल, भिडियो, फोटो, अडियो, इलमेन्ट जस्ता टुलहरु उपलब्ध छन् ।

माथि उल्लेखित वेबसाइटहरुको प्रयोग गरेर तपाईंले नि:शुल्क रूपमा भिडियोहरू बनाउन सक्नुहुन्छ । तपाइलाई ल्यापटप वा कम्प्युटरमा सफ्टवेयरहरु डाउनलोड गर्नुपर्ने झन्झट पनि लाग्दैन तर मोबाइल प्रयोगकर्ताका लागि माथिका विकल्पहरू प्रयोग गर्न झन्झटिला देखिन्छन् ।

टिप्स

गूगल म्यापको हिस्ट्री यसरी गर्नुहोस् डिलिट

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न…

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस त छैन् ? यसरी थाहा पाउनुहोस्

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…

पावरपोइन्टको भिडियोमा यसरी राख्नुहोस् क्लोज्ड क्याप्सन

अहिले धेरै जस्तो ठाउँमा पावरप्वाइन्ट प्रेजेन्टेसन दिनुपर्ने हुन्छ । पावरपोइन्टमा हामी…

गूगल म्यापमा यसरी पिन गर्नुहोस् ठाउँ

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न…

गूगल ट्रान्सलेटरबाट इमेजमा भएको टेक्स्टलाई अनुवाद गर्ने तरिका

गूगलको गूगल ट्रान्सलेटरमा वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिन्छ । यसले ग…

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

गूगलले गूगल वानको प्रयोगकर्ताका लागि विभिन्न फोटो एडिटिङ गर्नका लागि विभिन्न फिचरह…

निःशुल्क रूपमा वेबसाइटबाटै यसरी गर्नुहोस् भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

अहिले हामी प्रविधिमा एकदमै निर्भर हुँदै गएका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्…

फेसबुकमा फोटो र भिडियोलाई यसरी गर्नुहोस् एडिट

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । तर…

कम्प्युटरमा भिडियो इडिट गर्न निःशुल्क उपलब्ध पाँच सफ्टवेयर

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

मोबाइल एप डाउनलोड गर्नुपूर्व ध्यान दिनुपर्ने कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार …

पीडीएफ फाइल लक गर्ने तरिका

अहिलेको डिजिटल समयमा मानिसहरू भौतिक दस्तावेज भन्दा डिजिटल दस्तावेजहरु प्रयोग गर्न …

जीमेलमा ‍अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…

टाइपिङ सिक्ने उपयोगी वेबसाइट

वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको ला…

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्…