कीवर्डहरू -

टिप्स

कम्प्यूटर वा अरु उपकरणमा गीत कसरी डाउनलोड गर्ने ?

अहिले महामारीका कारण हामी सबै घरभित्र छौं । यो बेला कम्प्युटरको प्रयोग धेरैभन्दा धेरै भएको छ ।
कम्प्युटरमा काम गर्दै गीत सुन्न पनि मजा नै हुन्छ ।

हामी कतिले अनलाइनबाटै गीत सुन्ने गर्छौ । कहिलेकाँही नेटले गर्दा समस्या हुनसक्छ ।

त्यसको लागि अफलाइन मै डाउनलोड गरेर गीत राख्न सकिन्छ । त्यसको लागि के गर्न सकिन्छ त ? हामीले यसबारेमा जानकारी गराउँदै छौं ।

गीत सुन्नका लागि दुई ओटा विकल्प हुनेगर्दछ ।
१. सिधै आफ्नो डिभाइसमा म्यूजिक डाउनलोड
२. क्लाउड सेवा प्रयोग गरेर गीत स्ट्रीम

गीत डाउनलोड कसरी गर्ने ?

गीत डाउनलोड गरेपछि अफलाइन पनि सुन्न मिल्ने हुन्छ । यसले डिभाइसको स्पेस खाएता पनि गीत सुन्न एकदमै सजिलो हुन्छ । कतै घुम्न जाँदा पनि इन्टरनेट कनेक्सन नभएको ठाउँमा गीत सुन्न मिल्ने हुन्छ । डाउनलोड गर्नका निम्ति केही एक्दमै राम्रा एपहरु छन् ।

आफ्नो डिभाइसमा निःशुल्क गीत डाउनलोड गर्नका लागि एमपिथ्री ज्याम र फ्रस्टवायर जस्ता एपहरुबाट  डाउनलोड गर्न सकिन्छ । यसका लागि तपाईले एप डाउनलोड गर्नुपर्छ र आफूलाई मनपर्ने गीत सर्च गर्नुपर्छ । यति गरेपछि डाउनलोड भन्ने अप्सन आउँछ र अफलाइन गीत सुन्न सकिन्छ ।

एप डाउनलोड नगरिकनै गीत अफलाइन डाउनलोड गर्न के गर्ने त ?

एपनै डाउनलोड नगरिकन केही वेबसाइटहरुबाट पनि अफलाइन गीत डाउनलोड गर्न सकिन्छ । यसको लागि युट्युबमा गएर आफूलाई मनपर्ने गीत सर्च गर्ने । त्यसपछि भिडियोको सेयर बटनमा गएर लिङ्क क्लीपबोडका कपी गनुपर्छ । यति गरेपछि क्रोममा गएर युट्युब टू एमपीथ्री भनेर लेख्ने र त्यहाँँ केही वेबसाइटहरु देखाउँछ ।

कुनै एक वेबसाइटमा थिचेर लिङ्क राख्ने भनेको ठाउँँमा पेस्ट गर्ने र कन्भर्ट भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि डाउनलोड भन्ने अपसन आउँछ जसमा थिचेपछि तपाईले चाहेको गीत तपाईको फाईल म्यानेजर वा म्युजिक प्लेयरमा आएर बस्छ ।

म्यूजिक स्ट्रीम कसरी गर्ने त ?

स्ट्रीमिङ गर्न खोज्दा तपाई असीमित गीतहरुको पहुँच पाउँन सकिन्छ । गीत स्ट्रीम गर्ने चर्चित एपहरुमा प्यानडोरा र स्पटीफाई पर्ने गर्दछन् । यी एपहरुमा गीतहरु पहुँच पाउनका लागि इन्टरनेट कनेक्नसन चाहिन्छ ।

आईफोनका लागि स्पटिफाई र आईटयुन जस्ता एपहरुबाट गीत सुन्न सकिन्छ भने एन्ड्रोइडका लागि जेटअडियो, पावरएम्प जस्ता एपहरु प्रयोग गर्न सकिन्छ ।

टिप्स

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजका लागि नयाँ स्टोरेज नीति लागू हुने समय आउन लागेको छ । जुन १ देखि प्र…

आफ्नो घरको वाईफाई स्पिड कसरी बढाउने ?  

अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनद…

के तपाईंको कम्प्युटरमा मालवेयर भेटियो ? यस्ता छन् हटाउने तरिका (भिडियोसहित)

कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्यापटप र कम्प्…

 नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता (भिडियो)

नागरिक एपबाटै अब बैंक खाता समेत खोल्न सकिने भएको छ । गत बैशाख १९ गते राष्ट्रिय स…

घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी

कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । अत्यावश्यक बाहेकका व्यापार, कार्यालय, स्कुल, कलेजदेखि सबै बन्द छन् । …

पासवर्ड धेरै भए, कसरी सम्झने ? त्यसो हो भने प्रयोग गर्नुस् पासवर्ड म्यानेजर 


आज विश्व पासवर्ड दिवस हो । इन्टेलले हरेक वर्ष मेई ६ को दिनमा पासवर्ड दिवस मनाउने चलन सुरु गरिदिएको छ । 

यो भनेको डेटा सुरक्षा र अ…

पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?

आज विश्व पासवर्ड दिवस । कुनै पनि विद्युतीय खाताको लागि पासवर्ड कति महत्वपूर्ण छ भन्ने कुरा तपाइलाई थाहा नै छ ।

यसरी गर्नुहोस इन्स्टाग्रामको अटो रिफ्रेस फिचरलाई बन्द 

फेसबुक अन्तर्गत रहेको इन्स्टाग्रामको स्वत रुपमा रिफ्रेस फिचरले सबै फिडहरुमा अपडेट रह…

होम आइसोलेसनमा बस्दा सामाजिक संजाल प्रयोग गर्ने कि नगर्ने ? यस्ता छन् डा. रविन्द्र पाण्डेका टिप्स

नेपाल पनि कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै देशका विभिन्न ठाउँमा निषेधाज्ञा जा…

एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक

एप्पलले नयाँओएस १४.५ अपडेट ल्याएसँगै मास्क लगाएरै आईफोन अनलक गर्न सकिने फिचर आएको…

नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ

कतिपय ग्राहकको नयाँ मोबाइलमा समेत फोरजी इन्टरनेट नचल्ने समस्या हुन्छ । कतिपय को कुनै ठाउँमा फोरजी चलाउन सकिने कुन…

गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ? 

कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छ…

के तपाईं एन्टिभाइरस किन्दै हुनुहुन्छ ? त्यसो भए यी कुरामा ध्यान दिनुहोस् 

इन्टरनेटले जीवन सहज बनाउनका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता ह्…

तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस् (भिडियोसहित)

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …