टिप्स
घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी
कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । अत्यावश्यक बाहेकका व्यापार, कार्यालय, स्कुल, कलेजदेखि सबै बन्द छन् ।
यो बेला सकेसम्म प्रविधिको प्रयोग गरेर कामहरु पनि भइरहेका छन् । यस्तो अवस्थामा घरमै बसेर काम गर्न सहयोग गर्ने विभिन्न टुल्सहरु उपलब्ध छन् ।
घरमा बसेर काम गर्न सहज बनाउने केही टुल्सहरुका बारेमा हामीले यहाँ जानकारी दिएका छौं ।
गो टु मिटिङ
गो टु मिटीङ वेब कन्फेरेन्सिङ सेवा प्रदान गर्ने एउटा लोकप्रिय नाम हो । यसको निशुल्क प्लानमा पनि कन्फेरेन्स कल होस्ट गर्न सकिन्छ । गो टु मिटिङमा स्क्रीन शेयर गर्न पनि सकिन्छ । यसको मद्दतबाट जो कोहीले एक क्लिकमा मिटिङ सुरु गर्न सक्छ ।
मिटिङमा यसको सहयोगले माइक्रोसफ्ट अफिस प्रोग्राम, च्याट लिङ्क तथा इमेलको प्रयोग गर्न सकिन्छ ।
गो टु मिटिङको निशुल्क प्लानमा अडियो कन्फेरेन्सिङको सुविधा रहेको छ भने सशुल्क प्लानमा भिडियो कन्फेरेन्सिङको सुविधा रहेको छ ।
यसमा वेब अडियो कन्फेरेन्सिङ भिओआईपी भ्वाइस च्याटको विकल्पको साथमा आउछ । गो टु मिटिङको निशुल्क प्लानमा तीनजना मात्रै सहभागी हुन पाइन्छ ।
बेसक्याम्प
बेसक्याम्प प्रोजेक्ट म्यानेजमेन्ट तथा आन्तरिक कम्युनिकेसनको लागि प्रयोग हुन्छ । बेसक्याम्पमा म्यासेज बोर्ड, सेड्युल, डकुमेन्ट, फाइल, टुडु, अटोमेटिक चेकइन प्रश्नहरुको समेत सुविधा रहेको छ ।
यसमा आवश्यक नभएको बेला बन्द गर्न र थर्ड पार्टी टुल्स समेत एकीकृत गर्न सकिन्छ । यसले सिईओ, प्रोजेक्ट म्यानेजर तथा व्यक्तिलाई पनि कभर गरेको छ।
बेसक्याम्प एन्ड्रोइड, आइओएस तथा कम्प्युटरमा समेत उपलब्ध रहेको छ ।
टाइम डक्टर
टाइम डक्टर को सहायताले टाइम ट्रयाकिङ गर्न सकिन्छ । टाइम डक्टरको उदेश्य भनेको व्यक्ति तथा संघसंस्थालाई प्रडक्टिभ बनाउनु हो ।
यसमा आवश्यकता अनुसार टाइम ट्रयाकिङ, स्क्रीन सट, च्याट मोनिटरिङ, रिपोर्ट, एकीकृत, टाइम अलर्ट, जीपीएस ट्रयाकिङ, रिमाइन्डर तथा एटेन्डेन्स ट्रयाकिङ लगायतका विभिन्न सुविधाहरु प्रयोग गर्न सकिन्छ ।
यो सबै डिभाइसहरुमा उपलब्ध रहेको छ । यसलाई प्रोजेक्ट म्यानेजमेन्ट, कम्युनिकेसन तथा एकाउन्टी सफ्टवेयरसँग सिंक गर्न सकिन्छ ।
यसले स्ल्याक, बिट बकेट, बेसक्याम्प, गूगल एप, टास्क, अफिस ३६५, ट्रेलो, वर्डप्रेस, जोहो लगायतका विभिन्न सफ्टवेयर सपोर्ट गर्छ ।
बिट बकेट
बिट बकेट न्ष्तमा आधारित कोड होस्टिङ तथा कोलाबोरेसन टुल हो । बिट बकेटले जीरा तथा ट्रेलो सफ्टवेयर पनि एकीकृत गरेको छ ।
बिट बकेटमा आइडिइ एकीकृत पनि रहेको छ । कोड, व्यवस्थापन तथा सँगै काम गर्न यो एकदमै राम्रो रहेको छ ।
स्केच
स्केच प्रोजेक्ट
डिजाइनको लागि उपयोगी रहेको छ । यसमा क्लाउड लाइब्रेरी, स्मार्ट लेआउट, भेरीएबल फन्ट, स्मार्ट डिष्ट्रिब्ट डिजाइनको लागि आवश्यक पर्ने सुविधाहरु रहेको छ ।
स्केचमा वर्कस्पेस टिममा शेयर गर्न पनि सकिन्छ । यसमा १० लाख भन्दा बढी डिजाइनरहरु रहेका छन् ।
जेपलिन
जेपलिन डिजाइनर तथा डेभल्परको कोलाबोरेन गर्नको लागि विकास गरिएको । जेपलिनमा डिजाइनको लागि स्केच, फिगमा, एडोब एक्सडी, एडोब फोटोसप एकीकृत गरिएको छ । त्यस्तै कोलाबोरेसनको लागि स्ल्याक, ट्रेलो र जिरा एकीकृत गरिएको छ ।
इनभिजन एप
इनभिजन एप डिजिटल प्रडक्ट डिजाइन प्लाटफर्म हो । यसमा आइडियसन, डिजाइन, प्रोटोटाइपिङ तथा डिजाइम व्यवस्थापनको लागि चाहिने टुल्सहरु रहेका छन् । यसमा ५० लाख भन्दा बढी मानिसहरु जोडिएका छन् । इनभिजन एपमा माइक्रोसफ्ट, स्ल्याक, स्केच, एडोब, टिमवर्क, ड्रपबक्स तथा एटलासियन एकीकृत गरिएको छ ।
टर्मिअस
टर्मिअस भनेको सुरक्षाको लागि प्रयोग गरिने प्लाटफर्म हो । यसबाट सुरक्षित रुपमा सबै डेटाहरु सबै डिभाइसमा सिंक गर्न सकिन्छ । टर्मिअसले डाटाहरु सुरक्षित गर्नको लागि इन्ड टु इन्ड इनक्रिप्सन प्रयोग गर्दछ ।
२४ हजारभन्दा बढी इन्जिनियरले टर्मिअस दैनिक प्रयोग गर्दछन् । टर्मिअस म्याक, विन्डोज, लिनक्स, एनड्रोइड तथा आइओएसमा उपलब्ध रहेको छ ।
स्ल्याक
स्ल्याक
टीममा कम्युनिकेशन गर्नको लागि एकदमै उपयोगी हुन्छ । कोरोना भाइरसको कारण अहिले सबैले अफिसको काम घरबाट गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नो टीमसँग समन्वय गर्नको लागि यो एकदमै राम्रो माध्यम हो ।
यो निशुल्क र सशुल्क दुबै माध्यममा उपलब्ध रहेको छ ।
स्ल्याकका अहिले १ करोड २० लाख भन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता छन् । त्यस्तै १ लाख भन्दा बढी सशूल्क प्रयोगकर्ता छन् । स्ल्याकको प्रयोग दैनिक १५० भन्दा बढी देशबाट हुने गरेको छ ।
काममा इकोसिस्टम बनाउनको लागि पनि यो निकै राम्रो हुन्छ । यसमा फाइल शेयरिङ, भ्वाइस, भिडियो तथा स्क्रीन शेयर लगायतका विभिन्न सुविधा छन् । स्ल्याकमा २ हजार भन्दा बढी एपहरु एकीकृत भएका छन् ।
ब्रेन डट एफएम
संगीत एउटा यस्तो चिज हो, जसले ध्यानलाई केन्द्रीत तथा भावनालाई व्यक्त गर्न सक्छ । तर ब्रेनले भने संगीतलाई नयाँ रुपमा प्रयोग गरेको छ ।
ब्रेन एफएमले वैज्ञानिक, संगीतकार तथा डेभल्परसँग सहकार्य गरेको छ ।
ब्रेन एफएम मा भएको संगीतले फोकस गर्ने क्षमतालाई सुधार गरेको छ । यसले त्यस्तो संगीतको विकास गरेको छ, जसले तपाईँको ब्रेनलाई प्रभावित पार्न सकोस । १ लाख ५० हजार भन्दा बढीले यसको प्रयोग गरिसकेका छन् ।
(विभिन्न वेबसाइटको सहयोगमा
)
टिप्स
यसरी गर्नुहोस इन्स्टाग्रामको अटो रिफ्रेस फिचरलाई बन्द
फेसबुक अन्तर्गत रहेको इन्स्टाग्रामको स्वत रुपमा रिफ्रेस फिचरले सबै फिडहरुमा अपडेट रह…
होम आइसोलेसनमा बस्दा सामाजिक संजाल प्रयोग गर्ने कि नगर्ने ? यस्ता छन् डा. रविन्द्र पाण्डेका टिप्स
नेपाल पनि कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै देशका विभिन्न ठाउँमा निषेधाज्ञा जा…
एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक
एप्पलले नयाँओएस १४.५ अपडेट ल्याएसँगै मास्क लगाएरै आईफोन अनलक गर्न सकिने फिचर आएको…
नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ
कतिपय ग्राहकको नयाँ मोबाइलमा समेत फोरजी इन्टरनेट नचल्ने समस्या हुन्छ । कतिपय को कुनै ठाउँमा फोरजी चलाउन सकिने कुन…
गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ?
कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छ…
के तपाईं एन्टिभाइरस किन्दै हुनुहुन्छ ? त्यसो भए यी कुरामा ध्यान दिनुहोस्
इन्टरनेटले जीवन सहज बनाउनका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता ह्…
तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस् (भिडियोसहित)
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
के हो सामसङको सेक्योर फोल्डर ? कसरी प्रयोग गर्ने ?
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…
फिशिङ हमलाबाट कसरी बच्ने ? यस्ता छन् दूरसञ्चार प्राधिकरणका टिप्स
नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङ हमलाबाट बच्न अनुरोध गरेको छ । पछिल्लो समय नेपाल…
पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह, यस्ता छन् प्राधिकरणले दिएका सुझाब
नेपाल दूरसञ्चार प्राधिकरणले कम्तिमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ । सोमब…
गूगल म्यापबाट यसरी गर्नुहोस् रियल टाइम लोकेसन शेयर
आजभोलि कुनै ठाउँ जानुपर्यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…
विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको …
टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन
ह्वाट्सएपको नयाँ प्राइभेसी नीतिले गर्दा धेरै जसो प्रयोगर्ताले अरु मेसेज गर्न मिल्ने ए…
जीमेलमा यसरी गर्नुहोस् च्याट पीन
गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल…
वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड
रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडल…