अपडेट
नेपाल क्लियरिङ्ग हाउस र नेप्स एक आपसमा मर्ज हुने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ । बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।
उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेल, विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । उक्त अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकिकृत कार्य गर्ने छ ।
बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ ।
प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिले उल्लेखिय भूमिका खेल्ने छ ।
प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।
पुस ८, २०६५ मा स्थापित एनसीएचएलले NCHL-ECC, NCHL-IPS, RPS, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) र NEPALPAY QR जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ । हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र १०० भन्दा बढि अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।
फागुन १८, २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि POS मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध गराउँदै आएको छन् ।
अपडेट
उच्च र जिल्ला अदालतमा टेलिकमले डेडिकेटेड इन्टरनेट तथा एसएमएस अलर्ट सेवा उपलब्ध गराउने
नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलि…
टेलिकमको सुन्धारा कार्यालय अन्तर्गत पर्ने सबै ठाउँमा कपर प्रविधिलाई एफटिटिएचमा स्तरोन्नती
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधा…
बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने
नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गर…
एचआरको अन्तर्वार्ता लिङ्क क्लिक गर्ने बित्तिकै खाताबाट ४ लाख रुपैयाँ चोरी
अधिकांश मानिस हाल रोजगारीको खोजीमा ठगीको सिकार भइरहेका छन् । पार्टटाइम कामको नाममा दिनहुँ जनता ठगी भइरहेका छन् । अब एक सामाजिक सञ् जाल प्रयोगकर्ताले अन्त…
रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी
च्याटजीपीटी जस्ता एआई टूलहरू ठूलो मात्रामा प्रयोग भइरहेका छन् । कोही नोट बनाउनको लागि गर्दैछन् भने कोही डाइट प्लान बनाउनका लागि…
आईटी क्षेत्रमा लगानी गर्न सीएनआई उपाध्यक्ष हेमराज ढकालकाे आग्रह
नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार टे…
बिहीबार काठमाडौंमा टेकपीक नेपाल हुँदै, आईटी प्रडक्ट र सेवा निर्यातको सम्भावना बारे छलफल हुने
बिहीबार काठमाडौंको सोल्टी होटलमा टेकपीक नेपाल २०२४ आयोजना हुने भएको छ ।
…
न्युज पोर्टल डिजाइनको तालिम दिदै ई-कमर्श साथी
वेबसाइट तथा सफ्टवेयर डिजाइनमा काम गरिरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टल डिजाइनको तालिम दिने भएको छ । न्युज पोर्टल वेबसाइट…
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै स…
नेपालका थप १७ शहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरू
राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।
…आईस्पानले भन्योः मर्मत तथा सम्भार गैरदूरसंचार सेवा हो, रोयल्टी लाग्दैन्
इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा संभार शीर्षक गैरदूरसंचार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताएका छन् ।
ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने
मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …
जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा
जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८…
एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ
एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।…
विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस
प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …