अपडेट
आइसिटी अवार्ड अन्तर्गत स्टार्टअप तथा आईडिया पिचिङको बिशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने
आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुप र आइसिटी अवार्डबीच हस्ताक्षर भएको हो ।
सम्झौतासँगै आइसिटी अवार्डका उत्कृस्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका प्रतिस्प्रधीहरुको ग्राण्ड जुरी सेसनमा हुने प्रस्तुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिनेछ ।
अवार्ड कार्यक्रमका प्रि(इभेन्ट र यसले सिर्जना गरेको इम्प्याक्ट समावेश गरी ५ बढी एपिसोड प्रशारण हुनेछ । यसैगरी पुष ५ गते हुने ग्राण्ड फिनाले कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि टेलिभिजनमार्फत हुनेछ । टेलिभिजन कार्यक्रम कात्तिक अन्तिम सातादेखि पुस पहिलोहप्तासम्म साप्ताहिक रुपमा सञ्चालन हुनेछ ।
स्टार्टअप, इन्नोभेसनलाइ प्रवर्धन र इकोसिस्टम विकासको लागि टेलिभिजनसँग सहकार्य गरेको बताए । आइसिटी अवार्डलाइ अन्तरास्ट्रिय स्तरसम्म लैजाने उदेश्यले आयोजकले सन् २०२२ देखि साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको पनि आयोजना गर्दै आइरहेको छ ।
आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो । आइसिटी अवार्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएकालाई सम्मान गर्दै आएको छ ।
फिनालेमा नेपालभित्र विभिन्न १४ विधा र दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । १४ बढी बिज्ञ जुरी समिति र १२ जना बढीको बिशिस्ट सल्लाहकार समित रहेको यस अवार्डमा बिद्यार्थीदेखि सरकारी सस्थांसम्मले विभिन्न विधामा निमिनेसन दर्ता गर्न सक्नेछन । नोमिनेसन यहि भद्र १५ गतेसम्म संचालन हुनेछ ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ । यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम आफै वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यस अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन ।
अवार्डको प्रि इभेन्टको रुपमा टेलिभिजन शो सँगै स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प, इन्डस्ट्री भिजिट लगायतका १० बढी कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
अपडेट
अब जूमको वेबिनारमा दश लाख जना सहभागी हुन् सक्ने
महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पन…
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यन्वयनमा
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा …
१७ अस्पतालका उपकरण मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य…
गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै
अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।
…एप्पलले जारी गर्यो आईओएस १७.६.१ अपडेटेड भर्सन, यस्तो छ कारण
प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७…
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला, आईटी प्रोफेसनलहरूले आवेदन दिन सक्ने
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । आइसिटी क्षेत्रमा काम गरिरहेका प्रोफेसनलहरूलाई लक्षित गर्दै प्रोफेस…
टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी
सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी श…
सिटिजन्स बैंक पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विज…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई १२ लाखसम्म अनुदान दिदै नास्ट, प्रस्ताव पेश गर्न आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई बजेट उपलब्ध गराउने भएको छ । …
सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरुको चाहनाअनुरुप गा…
राइड सेयरिङ प्लेटफर्म टुटलको डेलिभरी सेवामा तीन सुविधा उपलब्ध
नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टुटलले डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
यस अनुसार अब टुटलको डेलिभरी…
सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको सेवा सुचारू
सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको सेवा सुचारू भएको छ । साउन ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा स…
प्राविधिक समस्या आएपछि इसेवाको सेवा अवरूद्ध
डिजिटल वालेट इसेवाको सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या आएपछि अस्थायी रूपमा इसेवाको सेवा अवरूद्ध भएको हो ।
…अब फोन चोरी भएपनि डेटा चोरी नहुने, के हो एन्ड्रोइड १५ को थेफ्ट डिटेक्शन लक फिचर ?
स्मार्टफोन महँगो होस् या सस्तो । कुनै पनि प्रयोगकर्ताका लागि यो एउटा मूल्यवान डिभाइस हो । यहाँ हामीले मूल्यवान भन्नुको अर्थ …
एपिगा नेपाल २०२४ आयोजना गर्दै क्यान महासंघ, भदौ ४ सम्म अनलाइन आवेदन खुला रहने
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एशिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ हुने …