अपडेट
आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’
आईडिया स्टुडियो नेपालको फाउन्डर्स क्लबले ई-कमर्स प्लेटफर्म आईमार्ट सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौं मोडल कलेजमा आयोजित एक कार्यक्रममा आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाको उपस्थितिमा आईमार्ट उद्घाटन गरिएको थियो ।
कार्यक्रममा डा. छिरिङ लामाले आइडिया स्टुडियोको विकासशील मिशनलाई जोड दिदै ‘विचारबाट उद्योगसम्म’ भन्ने नारा अब ‘उद्योगबाट बजारसम्म’ विस्तार भएको बताए ।
यस्तै फाउण्डर्स क्लबकी अध्यक्ष सुरूची खड्काले आईमार्टबाट क्लबका सदस्यहरूले आफ्ना उत्पादनहरू बिक्री गर्न सक्ने जानकारी दिएकी थिइन् ।
साथै आइडिया स्टुडियोका कार्यकारी निर्देशक अनिल बस्नेतले आईमार्टले ब्रान्ड निर्माण गर्न सघाउने र विश्वव्यापी रूपमा बेच्ने अवसर प्रदान गर्ने बजारको रूपमा काम गर्ने बताए ।
विगत एक दशकमा, आइडिया स्टुडियोले आइडिया पिचिङ र इन्क्युबेटिङ कम्पनीहरूको सात सिजन सफलतापूर्वक सम्पन्न गरेको छ, जसको परिणामस्वरूप १३१ वटा उद्यमहरू सिर्जना भएका छन् ।
५ हजार भन्दा बढी उत्पादनहरू र ५०० भन्दा बढी सेवाहरूलाई उपभोक्ताहरूसम्म पुर्याउन आईमार्टले एउटा प्लेटफर्मको रूपमा काम गर्नेछ । आईमार्टको डेलिभरी पार्टनरमा गुडविल लजिष्टिक रहेको छ । आईमार्टको अर्डरहरू नेपालभरि छिटो छरितो तरिकाले गुडविलले ग्राहकको घरसम्मै पुर्याइदिने गुडविल लजिस्टिकका प्रमुख सञ्चालन अधिकृत ऋषि खनालले जनाकारी दिए ।
अहिले वेबसाइटमा मात्रै उपलब्ध रहेको आईमार्टको छिट्टै मोबाइल एप समेत सार्वजनिक हुनेछ । फाउन्डर्स क्लबमा आईडिया स्टुडियोले इनेबल गरेका १८४ उद्यमका संस्थापकहरू सदस्य रहेका छन् ।
अपडेट
भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बु सेनिहाङले ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी …
स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त
स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीब…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने
असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइ…
जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै
आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ …
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान
ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । …
फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा
फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ …
आइएमई पेबाट मात्र १ रूपैयाँमा हवाई टिकट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रूप…
दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट
देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…
फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट
यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा ड्रोन उडाउन रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन न…
स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार
केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…
हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …
असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने
नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी
मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…
एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…