कीवर्डहरू -

अपडेट

नेपालमा असुस जेनबुक एस १४ सार्वजनिक, पातलो डिजाइन, उच्च प्रदर्शन र एआई प्रविधिको संयोजन

असुस नेपालले आफ्नो अत्याधुनिक नयाँ युगको एआई पीसी, जेनबुक एस १४ (यूएक्स५४०६) सार्वजनिक गरेको छ । १४ इन्चको यो अल्ट्रा–पोर्टेबल ल्यापटप हालको बजारमा सबैभन्दा पातलो र सुविधाजनकमध्ये एक हो । यसले प्रदर्शन र शैलीलाई उत्कृष्ट रूपमा मिश्रण गर्दै पूर्ण रूपमा नयाँ डिजाइन र अत्याधुनिक विशेषताहरू समेटेको छ ।  

जेनबुक एस १४ उच्च प्रविधियुक्त हाइब्रिड सामग्री एसस सिरालुमिनियम बाट तयार पारिएको छ।  यसले निस्सन्देह बलियो संरचना प्रदान गर्दछ र स्क्र्याच तथा क्षति प्रतिरोध गर्न सक्षम छ । यो दुई आकर्षक रङहरू जुमाइया ग्रे र स्क्यान्डिनेभियन ह्वाइटमा उपलब्ध रहेको छ ।  

उक्त ल्यापटप केवल १.१ सेमी पातलो छ । सीएनसी प्रविधिको प्रयोगबाट ल्यापटपको डिजाइन र कूलिङ प्रणालीलाई अझ प्रभावकारी बनाइएको छ । यसमा अनौठो ज्यामितीय ग्रिल डिजाइन र ठूलो टचप्याड क्षेत्र समावेश गरिएको छ ।  

 उत्कृष्ट प्रदर्शन र नवीन प्रविधि  

जेनबुक एस १४ मा इन्टेल कोरअल्ट्रा ९ प्रोसेसर (सिरिज २) र इन्टेल आर्क ग्राफिक्स समावेश गरिएको छ, जसले ४८ एनपियु टप्ससम्मको एआई प्रदर्शन गर्न सक्छ । यो ल्यापटपले उन्नत भेपर–चेम्बर कूलिङ प्रणालीको साथ २८ वाट सिपियु टीडीपी प्रदर्शन गर्न सक्षम छ ।  

यसमा ३के १२० हर्ज एएसयूएस लुमिना ओएलईडी डिस्प्ले समावेश छ, जसले उत्कृष्ट एचडीआर प्रदर्शन र १०० प्रतिशत डीसीआई–पी३ कलर ग्यामुट सुनिश्चित गर्छ । यसले प्यान्टोन प्रमाणीकरण र डिस्प्ले एचडीआर ट्रु ब्ल्याक ५०० को प्रमाणीकरण प्राप्त गरेको छ ।  

यसमा समावेश एआईसेन्स आइआर क्यामेरा सिस्टमले एडाप्टिभ लक र एडाप्टिभ डिमिङ जस्ता सुविधाहरू प्रदान गर्दछ, जसले प्रयोगकर्ताको उपस्थितिलाई निगरानी गर्दै उपकरण सुरक्षित राख्छ ।  
यसको निर्माणमा पर्यावरणलाई प्राथमिकता दिइएको छ । ल्यापटपसँगै प्रदान गरिने आवरण जीआरएस प्रमाणित पुनर्नवीनीकरण पलिएस्टरबाट बनेको छ । यसले एएसयूएसको दिगोपनप्रति प्रतिबद्धतालाई झल्काउँछ ।  

जेनबुक एस १४ मा ३२ जीबीसम्मको एलपिडिडिआर५एक्स र्याम, १ टिबीसम्मको ८८पिसिआइई ४.० एसएसडी, र वाईफाइ ७ को समर्थन छ । यसले दुई थन्डरबोल्ट ४ पोर्ट, एचडीएमआई २.१, युएसबी ३.२ जेन २ टाइप–ए, र अडियो कम्बो ज्याक जस्ता पूर्ण आई÷ओ पोर्टहरू प्रदान गर्दछ ।  

एएसयूएसका अनुसार, जेनबुक एस १४ ले अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, र उच्च प्रदर्शनको संयोजन गर्दै आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई परिपूर्ति गर्नेछ । यो डिसेम्बर ९ देखि सबै असुस आधिकारिक स्टोरहरुमा उपलब्ध रहेको छ ।

 

अपडेट

राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट

कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । ने…

बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने सरकारको प्रतिबद्धता

महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्…

नेपालमा टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम, डिजिटल सुरक्षा बारे सचेतना दिइने

सुरक्षित डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरू गरेको छ । प्रयोगक…

जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा

जीमेल प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । जीमेलको सेफ लिस्टिङ फिचरले इनबक्सलाई आफ्नै अ…

विश्वकै सर्वाधिक प्रयोग हुने वेबसाइट र एप: गुगलदेखि ह्वाट्सएपसम्मको सूची

आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं । …

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा

सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउ…

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले

ओपन एआईले नियुक्त गर्‍यो पहिलो चीफ मार्केटिङ अफिसर

च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले …

साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…

शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक

सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…

जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो

जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरू नेपाल प्रिमियर लिगलाई अझै रोमाञ्चक र सबैको पहुँच…

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…

चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…

इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स

इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।