कीवर्डहरू -

अपडेट

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न पाइने

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । 

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए ।

मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै यहाँ क्लिक गरी गुनासो दर्ता गर्न सकिने छ ।  प्राप्त गुनासोहरुको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उनको भनाइ छ ।

सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्जालनमा रहेकासबै प्लटेफर्महरुलाई तीन महिनाभित्र सूचिकरण गर्न सूचित गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।

अपडेट

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने

पोखरामा मंगलबारदेखि सुरू हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको हेर्न सकिने भएको छ । पोखरा रंगशालामा हुने प्…

माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक हुँदै

आगामी माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको छ । 

कतै इन्स्टाग्रामले जासूसी त गरिरहेको छैन्? यसरी रोक्नुहोस्

मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्…

सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने

सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । …

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् । 

रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच

रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व  र क…

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्…

अन्ततः इन्कग्निटो मोडमा डेटा संकलन गर्ने गरेको गूगलद्वारा स्वीकार, डिस्क्लेमर पनि परिवर्तन

अन्ततः गूगलले क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको स्वीकार गरेको छ । इन्कग्निटो मोडको डिस्क्लेमर परिमार्जित गर्दै गू…

बिगमार्टमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १…

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँ…

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्…

ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट

सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको…

काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूद्वारा कृत्रिम रोबोटिक्स, काेडिङ प्रदर्शनी आयोजना

काठमाडौंकाे  बसुन्धरा स्थित  काठमाडौं न्यु क्यासल स्कुलकामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी …

गरिमा विकास बैंकको ५ इन १  बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १  बचत खातामा ग्र…

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…