अपडेट
नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी
नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि भरोसा नेटवर्कले मोतलोत डटकम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो ।
साना साना नेपाली व्यवसायलाई प्लेटफर्म दिन मोलतोल डटकम सुरू गर्न लागेको कार्यकारी प्रमुख प्रितेश शाक्यले बताए । ‘साना साना नेपाली व्यवसायलाई प्लेटफर्म दिन मोलतोल ल्याउँदै छौं,’ उनले भने, ‘मोतलोतले सस्तो र गुणस्तरीय सेवा ग्राहकहरूलाई प्रदान गर्नेछ ।’
मोलतोल डटकम औपचारिक रूपमा सुरू नभएपनि यसले सेवा दिन भने थालिसकेको छ । अहिले दैनिक ८० देखि १०० को बीचमा अर्डरहरू आइरहेका छन् ।
यसमा भेन्डरहरूले २४ घण्टाभित्रै पेमेन्ट पाउने छन् । अहिलेलाई काठमाडौं उपलब्ध रहेको मोलतोलको सेवा देशैभरि विस्तार गर्ने कम्पनीको योजना छ ।
देशमै केही गर्ने उद्देश्यले युवाहरू गौरव मानन्धर, निरज मानन्धर र भुलन लाखेको लगानीमा मोलतोल सुरू हुन लागेको हो ।
मोततोलबाट ५०० रूपैयाँ बढीमा सामान अनलाइन अर्डर गर्दा निःशुल्क डेलिभरी हुने शाक्यको भनाइ छ । त्योभन्दा कम मूल्यको समान खरिदमा ५० देखि ७५ रूपैयाँसम्म डेलिभरी शुल्क लाग्ने छ । शुल्क भुक्तानीका लागि क्यास अन डेलिभरी, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस लगायतको सुविधा रहेको छ ।
अहिलेलाई मोलतोलमा दैनिक उपभोग्य सामानहरू रहेका छन् । विस्तारै यसमा अन्य सामानहरू थप गर्दै अनलाइन शपिङको एउटै गन्तव्य मोलतोललाई बनाउने जानकारी दिए ।
अहिले ग्राहकहरूलाई मात्रै सेवा दिदै आएको मोलतोलले भविष्यमा व्यावसायलाई पनि सेवा दिने योजना बनाएको छ । व्यवसाय दर्ता, बैंक खाता भएका व्यवसाहरूले मोलतोलमा आफ्नो सामान राख्न सक्ने छन् । त्यसका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने छ ।
अपडेट
सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निर…
वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सहज बनाउन सम्झौता
बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपा…
फिगर एआई: बेजोसदेखि एनभिडियासम्मको लगानीमा मानिसजस्तै रोबोट बनाउने स्टार्टअप
तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा मानव रोबोटलाई लिएर नयाँ विवाद उत्पन्न हुन लागेको छ । आजकाल टेक संसारका धेरै ठ…
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…
विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द
पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…
एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै
एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ सुविधा रोल आउट सुरु भएको छ । यसअघि यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि…
अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी
अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको…
एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …
टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको भए जानकारी दिन आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटकमा पह…
एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक
एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नाम…
आइएमई पेले ल्यायो स्मार्ट हेल्थ बीमा योजना, ३६५ रूपैयाँमा दुई लाख तीस हजारसम्मको बीमा सुविधा
आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ - सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वज…
सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य
ई-कमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । आईटी सम्बन्धि प्रडक्टहरू मात्रै डेलिभर गर्ने उद्देश्यले डिजिटल साहुजी सञ्चालनमा आ…
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पूर्णता पाएको छ । उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले…
लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता
आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित सरकारले तेस्रो पटक…
नेपालको लागि एक मात्र एडब्लुएस ट्रेनिंग पार्टनरको रुपमा छानियो जेनेस एकेडेमी
काठमाडौँस्थित सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्रएडब्लुएस ट्रेनिंग पार्टनरको रु…