अपडेट
डिजिटल वालेट मोरूबाटै अब होटल, रिसोर्ट र होलिडे प्याकेज बुक गर्न सकिने
मोरू डिजिटल वालेटले हालै होटल तथा होलिडे बुकिङ सेवा सुरु गरेको छ । अब मोरू एपमार्फत प्रयोगकर्ताले सजिलै देशभरका होटल, रिसोर्ट, र होलिडे प्याकेज बुक गर्न सक्ने छन् ।
मोरूले यो सेवा विशेष गरी नेपालका लोकप्रिय पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी सुरु गरेको हो । प्रयोगकर्ताले अब पोखराको फेवाताल, चितवनको जंगल सफारी, लुम्बिनीको धार्मिक भ्रमण, र सगरमाथा बेस क्याम्पको ट्रेकिङजस्ता अनुभवहरूको योजना मोरू एपबाटै बनाउन सक्नेछन् ।
त्यसैगरी, मोरुले दशैं, तिहार, छठ र नयाँ वर्षजस्ता चाडपर्व तथा विवाह र विशेष कार्यक्रमहरूको बुकिङका लागि पनि विशेष अफर उपलब्ध गराएको छ। मोरुले ग्राहकलाई आकर्षित गर्नका लागि प्रारम्भिक समयमै विभिन्न छुट अफरहरू सार्वजनिक गरेको छ।
नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न र डिजिटल सेवाको पहुँचलाई अझै प्रभावकारी बनाउन होटल तथा होलिडे बुकिङ सेवा सुरु गरेको मोरूका बिजनेस म्यानेजर अनिश पौडेलले बताए ।
ग्राहकले मोरू एपमा गएर गन्तव्य, मिति, र बुक गर्न चाहेको सेवाको प्रकार छनोट गरेपछि तुरुन्तै बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन् । मोरुको यो सेवा प्रयोग गर्न सहज, सरल र सुरक्षित भएको पनि कम्पनीले बताएको छ ।
मोरुले यसअघि नै मोबाइल रिचार्ज, बिल पेमेन्ट, बैंक ट्रान्सफर, र अन्य विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएको छ। अब होटल बुकिङको थपिएपछि मोरूले आफ्नो डिजिटल प्लेटफर्मलाई अझ बहुआयामिक बनाएको छ।
नेपालभरका पर्यटक, विशेष गरी आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले पर्यटन व्यवसायीहरूलाई पनि डिजिटल माध्यममार्फत थप पहुँच दिनेछ।
अपडेट
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्टी सम्पन्न, साइबर कानुन र साइबर सुरक्षामा बहस
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्रावि…
स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी
चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…
प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल
एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।
…डेल्टा एयरलाइन्सले ल्यायो एआई असिस्टेन्ट, बुकिङदेखि पासपोर्ट रिमाइन्डरसम्म सघाउने
डेल्टा एयरलाइन्सले लस भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा नयाँ प्रविधि घोषणा गरेको छ ।
ग्रोक एआईको अब आफ्नै मोबाइल एप
एक्स एआईले विकास गरेको एआई मोडेल ग्रोक, छुट्टै मोबाइल एपमा उपलब्ध भएको छ । यसअघि एक्समा मात्रै उपलब्ध भएको ग्रोक एआई अब छुट्टै ए…
टाटाको 'न्यू ह्विल्स, न्यू डिल्स' कार्यक्रम, पुराना गाडीसँग टाटा ईभी साट्न सकिने
२०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म …
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मोबाइल नम्बर पनि आफ्नै नाममा हुनुपर्ने
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन…
स्यान फ्रान्सिस्को संघीय अदालतद्वारा गुगलको गोपनीयता मुद्दा खारेज, १८ अगष्टमा परीक्षणको सम्भावना
स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दा…
इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीहरू पनि सिफारिस गर्ने
मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा सम…
शिक्षामा आइसिटीको भूमिका
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले शिक्षाका सबै क्षेत्रहरूमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । हालै प्रा डा एस एम तारिक जफरद्वार…
पब्जी खेल्नका लागि साथी पाउनु भएन ? अब एआईलाई बनाउन सकिने छ आफ्नो टिममेट
पब्जी गेम विकासकर्ता क्राफ्टनले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल को-प्लेएबल क्यारेक्टर (सीपीसी) सार्वजनिक गरेको छ । प्रविधि कम्प…
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्…
विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो डिएमएस प्रणाली
विद्युत् नियमन आयोगले डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावारी बनाउन अन…
प्रयोगकर्ताले बढी प्रयोग गर्दा च्याटजीपीटी प्रो घाटामा, ओपन एआईलाई वित्तीय चुनौती
च्याटजीपीटी प्रोलाई ओपन एआईले आफ्नो आम्दानीका लागि सुरू गरेको थियो तर अहिले यो कम्पनीका लागि घाटाको कारण बनिरहेको छ । ओपन एआ…
नवलपरासीबाट चार चारपाङ्ग्रेको ड्राइभिङ लाइसेन्स वितरण थालियो
यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेक…