कीवर्डहरू -

अपडेट

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पु¥याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ संयुक्तरुपमा शर्मालाई प्रदान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् । 

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन् । 

“सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरोमात्र सम्मान होईन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरि रहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,” अवार्ड विजेता शर्माले भनिन् ।

यस अघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन ।

यो अवार्ड बाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ । 
“महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरुको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौं । डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरु सबैलाई बधाई छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् ।  शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।
 

अपडेट

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…

क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका

क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…

गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?

गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…

अंग्रेजी नयाँ वर्षको अवसरमा दराजको १.१ न्यू इयर मेगा सेल, निःशुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भए…

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…

फोनपेको ‘नेट सेट गो’ अभियान, इन्टरनेटको बिल तिर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर

फोनपेले ‘नेट सेट गो’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा…

कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्‍याएपछि सेवा अवर…

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सु…

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलम…

फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…

शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क

शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन

हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री …

सचेतना नहुँदा नेपालमा अनलाइन यौन दुर्व्यवहार र साइबर बुलिङका घटना बढ्दै

तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिक…

शार्क ट्यांक नेपाल हिमालय टिभीबाट प्रसारण हुँदै, को को होलान शार्क ?

विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने भएको छ । सोमबार शार्क ट्यांक …