कीवर्डहरू -

अपडेट

भारतीय उद्योगपति रतन टाटाको निधन, स्टार्टअप इकोसिस्टम विकासमा थियो महत्त्वपूर्ण योगदान

भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भएको हो । 

टाटाको जन्म सन् १९३७ मा भएको थियो । कोरनेल विश्वविद्यालयबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरेका थिए । 

त्यसपछि सन् १९६२ मा टाटा ग्रुप जोइन गरेका थिए । टाटा ग्रुपलाई विश्वमा स्थापित गर्न रतन टाटाको भूमिका उल्लेखनीय छ । 

सन् १९९१ देखि सन् २०१२ सम्म रतन टाटाले टाटा सन्स (टाटा ग्रुपको होल्डिङ कम्पनी) को अध्यक्ष बनेर काम गरेका थिए । टाटा ग्रुपलाई १०० अर्ब डलरको रेभिन्यूमा पुर्‍याएपछि सन् २०१२ मा उनले अध्यक्ष पद छोडेका थिए । 

सन् १९९१ मा अध्यक्ष पद सम्हाल्दा ५.७ अर्ब डलर रेभिन्यू मात्र रहेको टाटा ग्रुपलाई सन् २०१२ सम्म करिब १०० अर्ब डलरमा पुर्‍याएका थिए । 

उनकै नेतृत्वमा टाटा ग्रुपले ल्याण्ड रोभर, ज्याक्वार, टेट्ली, करस, जनरल केमिकल लगायत ग्लोबल ब्राण्डलाई अक्वायर समेत गरेको थियो । रतन टाटालाई धेरैले फ्रिल्यानथ्रोपीको रूपमा चिन्छन् । 

उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास लगायतका क्षेत्रमा टाटा ट्रस्टमार्फत महत्त्वपूर्ण योगदान गरेका छन् ।  सन् २००८ मा रतन टाटालाई भारत सरकारले पद्धम भुषणबाट समेत सम्मानित गरेको थिए, जुन भारतको सबैभन्दा दोस्रो ठूलो सम्मान हो ।

रतन टाटाको मृत्यु भएपछि टाटा ग्रुपको उत्तराधिकारी को हुन्छ ? भन्ने प्रश्न यतिबेला आइरहेको छ । किनकी रतन टाटाले अविवाहित थिए । 

अमेरिकामा पढ्दा उनको एक जना केटीसँग प्रेम बसेको थियो । उनीसँगै नै बिहे गर्ने उनले योजना बनाएका थिए । यतिकैमा हजुरआमाको स्वास्थ्यमा समस्या देखिएपछि उनी भारत फर्किए । 

रतन टाटा भारत फर्किने भएपछी उनले प्रमिकालाई पनि सँगै भारत जान आग्रह गरे तर सो समयमा सो समयमा भारत र चीनबीच युद्ध पनि भएका कारण केटीको परिवारले छोरीलाई भारतमा पठाउन मानेनन् ।

केटीको परिवारले अमेरिकीमै उनको बिहे गराइदिए । प्रेमिकाको बिहेको कुरा सुनेर रतन टाटालाई पिडा भयो । किनकी टाटाले उनीसँघै जीवन कटाउने प्रतिबद्धता गरेका थिए, जुन पूरा हुन सकेन । त्यसपछि टाटा आफ्नो बाचामा अडिग रहदै जीन्दगीभर अविवाहित रहने निर्णय लिएका थिए । 

रतन टाटाको मृत्युपछि ३८ सय करोड भारूको विशाल साम्राज्य कसले सम्हाल्छ ? भन्ने प्रश्न यतिबेला चौतर्फी चर्चामा रहेको छ । टाटाको मृत्युपछि नोयल टाटा, नेभिल टाटा, लिया टाटा र माया टाटाको नाम सम्भावित उत्तराधिकारीमा आइरहेको छ । 

नोयल टाटा, रतन टाटाका बुबा नोभेल टाटाको दोस्रो श्रीमतीका छोरा हुन् । नेभिल टाटा, लिया टाटा र माया टाटा नोयल टाटाका छोराछोरी हुन् । 

स्टार्टअप इकोसिस्टममा योगदान 

रतन टाटाले भारतको स्टार्टअप इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिएका छन् । उनी भारतका लोकप्रिय स्टार्टअप पेटीएम, अर्बन कम्पनी, स्न्यापडिल लगायतका सुरूवाती लगानीकर्ता मध्येका एक हुन् । 

सन् २०१४ मा उनले स्न्यापडिलमा लगानी गरेका थिए । उनकै लगानीले स्न्याडिललाई भारतको स्टार्टअप इकोसिस्टममा प्रतिस्पर्धा गर्न सघाउ पुर्‍याएको थिए । 

त्यसपछि सन् २०१५ मा उनले स्माल रिचार्ज प्लेटफर्ममा लगानी गरेका थिए । त्यसपछि सो प्लेटफर्म पछि गएर पेटीएम बनेको थियो । 

यका अलवा, उनले राइड हेलिङ कम्पनी ओला, हेल्थ एण्ड फिटनेस स्टार्टअप केयरफिट, अटो मार्केटप्लेस कारदेखो, आईवेयर लेन्स कार्ट, फर्स्टक्राइ, मोगलिस्ट, अपस्टक लगायतका विभिन्न भारतीय स्टार्टअपमा लगानी गरेका थिए । 

टाटाले स्टार्टअपलाई लगानी गर्दा सम्भावित बिजनेस मोडेल बाहेक उद्यमीको भिजन र प्रतिबद्धतालाई हेरेर लगानी गर्ने बताएका थिए ।

टाटाले कन्जुमर टेक, फिनटेक, ई-कमर्स, कन्जुमर सर्भिस, मिडिया, डिपटेक, हेल्थ टेक, कन्जुमर सर्भिस लगायत क्षेत्रका ५० भन्दा बढी स्टार्टअपमा लगानी गरेका थिए । 


 

अपडेट

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर …

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रम दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेस…

४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

 प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

कुमारी बैंकको दशैं अफर, डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत दशैं दक्षिणा पाइने

कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफ…

अनरको दशैं अफर, फोन किन्दा निःशुल्क उपहारदेखि थाइल्यान्ड घुम्न पाउने मौका

दशैं-तिहारलाई लक्षित गरी अनर नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्,…

पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुर…

बाढीले क्षति पुर्‍याएका उत्पादन सामसङले निःशुल्क मर्मत गरिदिने

अविरल बर्खाको वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्तहरूमा …

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन

ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्रा…

विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेस अलायन्स (वि…

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइ…

टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर

मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । मनाऔँ चाडपर्व टेक्नोसँग नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहक…

बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ ।&nb…

आइएमई पेको डिजिटल दशैँ तिहार योजना, आईफोन १६ देखि पल्सर बाइकसम्म जित्ने अवसर

नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा  आइएमई पेले डिजिटल दशैँ तिहार २०८१ योजना  सार्वजनिक गरे…

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपुल्स च्वाइस अवार्ड

नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को म…

आईटी लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न कतारका लगानीकर्ता इच्छुक

नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न कतारका लगा…