कीवर्डहरू -

अपडेट

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जीते

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सफलतापूर्वक सम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो ।  

एनसेलले आयोजना गरेको यस दुई दिने गल्फ प्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलका पारखीहरुलाई एउटै प्लेटफर्ममा ल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सव बनाएको छ । 

एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधी जित्न सफल भए ।  शनिवार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए । यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । 

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश   गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए । केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । 

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे । 

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गर्नुभएको छ भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए । 

यो प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेन सहित अन्य पाहुनाहरुले विजयीहरुलाई पुरस्कार हस्तान्तरण गरका थिए । 

गल्फ प्रतियोगितामा आफ्नो उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यस प्रतियोगितालाई हामीले हाम्रा गल्फप्रेमी ग्राहकहरूलाई एक अनुपम अनुभव प्रदान गर्न सक्षम भएका छौं भन्ने प्रमाणका रूपमा हेरेका छौं । यो केवल एक प्रतियोगिता मात्र नभई सम्बन्धहरु स्थापित गर्ने, मित्रता गाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्धहरू बनाउने कार्यक्रम पनि हो । गोकर्ण फरेस्ट रिसोर्ट, प्रायोजकहरू र यस कार्यक्रमलाई सम्भव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा सबै साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । तपाईंहरुको समर्थन र सहयोगी भावनाहरु सफलताका लागि महत्त्वपूर्ण छ ।”
 
यस प्रतियोगिताबाट एनसेलले रु २ लाख ८६ हजार गल्फ प्रतियोगिताका लागि दर्ता शुल्कवाफत संकलन गर्न सफल भएको छ । संकलित रकममा एनसेलले थपेर हालै कर्णाली प्रदेशमा गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग स्वरुप प्रदान गर्नेछ ।

एनसेल ओपन गल्फ प्रतियोगितालाई सामसुङ नेपाल, फ्लाई दुबई र फ्लाई दुबई होलिडेस, द टेरेसेस रिसोर्ट एन्ड स्पा, दुसित प्रिन्सेस, कोका–कोला बेभरेजेज् नेपालले सहयोग गरेको थियो । एनसेलले यो गल्फ प्रतियोगिता ६÷६ महिनाको एक पटक गरि वर्षमा दुई पटक आयोजना गर्नेछ ।


 

अपडेट

आईओएसमा पनि उपलब्ध भयो टिकटकजस्तै नेपाली एप रमाइलो

टिकटक विकल्पमा आएको नेपाली शर्ट भिडियो प्लेटफर्म एप रमाइलो अब आईओएस

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको छ । मंसिर २२ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने गरी कान्तिपुर सिनेमाजले…

साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै  साइप्रस …

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ ।  वाबेटाइन्फोको प…

टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिग<…

‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई …

एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो

एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्र…

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्ने भएको छ । मंसिर २१ गते बसेको …

एनसेलको शेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई एनसेलको शेयर खर…

प्रधानमन्त्रीद्वारा नास्टको प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याब उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवन तथा बायोमेडि…

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ ।  बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना…

एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को १२ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांस दिने निर्णय गरेको ह…

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन म…

नमस्ते पेबाट प्लेन टिकट काट्दा १०० रूपैयाँ क्यासब्याक

नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान सुरु गरेको …