कीवर्डहरू -

अपडेट

बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने सरकारको प्रतिबद्धता

महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंसिर २० गते संयुक्त अरब ईमिरेट्सको आयोजित वी प्रोटेक्ट ग्लोवल एलाएन्स ग्लोवल समिट २०२४ मा सम्बोधन गर्दै मन्त्री साहले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए । 

डिजिटल युगमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारका पहलहरूको चर्चा गर्दै मन्त्रीले सरकार बालबालिका र युवाहरूलाई जोगाउन बलियो नीति र कानून विकास गर्न लागेको जानकारी दिएका थिए । साथै अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न प्रभावकारी कार्यक्रम संचालन गर्न सरकार, गैरसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरू र निजी क्षेत्रबीचको सहकार्यको महत्त्व आवश्यक रहेको पनि बताएका थिए । 

नेपालले वी प्रोटेक्ट को मोडेल नेशनल रेश्पोन्सलाई कार्य ढाँचाको रूपमा अपनाउने र बालबालिका अनलाइन सुरक्षाका लागि व्यापक र समन्वयित दृष्टिकोण लागू गर्ने जानकारी पनि मन्त्री साह सुदीले दिए ।

यस्तै चाईल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले सरकारको प्रतिबद्धताको स्वागत गर्दै प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिन र बालबालिका र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न पर्याप्त लगानी गर्न आग्रह गरेका छन् । 

नेपालमा बालबालिका र युवाहरूको सुरक्षाका लागि काम गर्ने अग्रणी संस्था चाईल्डसेफनेट वी प्रोटेक्ट ग्लोवल एलाएन्सको सदस्य हो । शिखर सम्मेलनको दोस्रो दिन, “माई भ्वाइस, माई फ्यूचर” शीर्षकको एउटा प्रभावशाली भिडियो प्रदर्शन गरिएको थियो जसमा नेपाल र नाइजेरियाका युवाहरूको आवाज समेटिएको थियो। भिडियोले बालबालिकाका लागि सुरक्षित डिजिटल संसार निर्माण गर्न तिनीहरूको दृष्टिकोण प्रस्तुत गरेको थियो।

वी प्रोटेक्ट ग्लोवल एलाएन्स र संयुक्त अरब एमिरेट्सको गृह मन्त्रालयले २०८१ मंसिर १९ र २० गते आवु धावीमा ग्लोवल समिट २०२४ को आयोजना गरेको थियो । सम्मेलनले ८०० भन्दा बढी प्रतिनिधिहरूलाई भौतिक रूपमा र अनलाइन दुबै माध्यमबाट सहभागी गराउँदै बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको थियो।

अपडेट

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा

सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउ…

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले

ओपन एआईले नियुक्त गर्‍यो पहिलो चीफ मार्केटिङ अफिसर

च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले …

साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…

शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक

सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…

जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो

जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरू नेपाल प्रिमियर लिगलाई अझै रोमाञ्चक र सबैको पहुँच…

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…

चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…

इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स

इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…

सामसङ टिभी किन्दा ३१ प्रतिशतसम्म छुट, फोरकेमा लाइभ क्रिकेटको मज्जा लिन सकिने

घरमै बसेर क्रिकेट हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन दिन सामसङ नेपालले आफ्ना टिभीहरूमा ३१ प्रतिशतसम्मको…

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…

गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने

गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…

डिशहोमको इन्टरनेट जडान गर्दा ३ महिनाको बोनससहित नि:शुल्क राउटरको सुविधा

नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै डिशहोमले एनपीएल एक्स्ट्राज अफर सार्वजनिक गरेको छ ।

…