अपडेट
अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने
अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो ।
केही दिन अघिदेखि यो सेवा सञ्चालनमा आइसकेको छ । यो सँगै यसमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन् ।
डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भएको कम्पनीले जनाएको छ । ‘हामीले पहिलो चरणमा डियरवाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुवात गरेका छौं,’ हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतमले भनिन, ‘अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदैछ ।’
यो सिस्टम मार्फत स्कुल कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नुहुनेछ । यसका लागि सुरुवातमा विद्यालय तथा कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बस अनुसार बस ट्रयाक गर्न सकिने सुविधा उपलब्ध गराउँछ ।
यो सिस्टमको सहयोगमा विद्यालय तथा कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकै पटक ट्रयाक गर्न सक्छन् । यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो कि पुगेन, कति बेला पुग्यो, घर फर्किने बेला बस कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे वा पुगेनन् भन्ने जानकारी लिने सुविधा दिन्छ । यसले विद्यालय तथा अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने विश्वास छ ।
कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा पनि कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल तथा कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाई छ ।
अपडेट
एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । …
सीजीले ल्यायो फ्री एसी सर्भिस क्याम्प अफर
सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेव…
मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया
एलन मस्क र एआई, दुवै यस्ता विषय हुन् जुन प्रायः चर्चाको विषय बन्छन् । मस्क आफ्नो भनाइका कारण सधैं हेडलाइनमा रहन्छन् र यही प्रवृत्तिल…
ह्वाट्सएपमा धेरै स्क्रोल नगरी यसरी खोज्नुहोस् पुरानो मेसेज
ह्वाट्सएप प्रयोग गर्दा, धेरै पटक हामीलाई पुराना मेसेजहरू चाहिन्छ । पुरानो च्याट हेर्नका लागि स्क्रोलिङको सहारा लिनुपर्छ । म्यासेज …
लिंक्डइनमा गेमिङ सुविधा आउँदै
लिंक्डइनमा अब गेमिङ सुविधा समेत उपलवब्ध हुने भएको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न लिंक्डइनले गेमिङ सुविधा समेत ल्याउन…
आईटीको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नु…
एप्पलले खरिद गर्यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?
विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ । सन् २०२४ को सुरूवतामा एप्पलले डार्विनएआई …
क्रस बोर्डर डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्…
नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड
नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सु…
क्रोम प्रयोगकर्ताहरूले अब रियल टाइम सुरक्षा सुविधा पाउने
गूगलले आफ्नो ब्राउजिङ सुविधालाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको छ । कम्पनीले अब प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी सुरक्षा…
भारतीय नागरिकले नेपालबाट बैंक खातामा प्रतिदिन १५ हजार भारू पठाउन सक्ने
नेपालमा बस्ने भारतीय नागरिकले बैंक खातामा प्रतिदिन १५ हजार भारतीय रूपैयाँ पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी …
‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न, यस्तो छ सात बुँदे प्रतिवद्धतापत्र
राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्…
वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ
वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा घर भई हा…
सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने…
‘व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ’
नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको …