अपडेट
एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।
यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।
यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।
‘नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।
एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।
अपडेट
रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका
रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका …
अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने
ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…
रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध
रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाभजीमा ५० मेगापिक्सेलको ३ एक्स…
दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
…बाढीसम्बन्धी जानकारी दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस
जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ ।…
विभिन्न ११ विधामा नास आईटी अवार्ड्स २०२४ प्रदान, को को भए विजेता ?
नास आईटी अवार्ड्स २०२४ सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्दै नास आ…
आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’
आईडिया स्टुडियो नेपालको फाउन्डर्स क्लबले ई-कमर्स प्लेटफर्म आईमार्ट सञ्चाल…
नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत
नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अ…
लामो दूरीका १ हजार रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान गर्दै जियोमेट
टेलिमेटिक्स टेकले दशैंको अवसरमा लामो दूरीका रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । &lsq…
नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बु सेनिहाङले ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी …
स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त
स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीब…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने
असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइ…
जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै
आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ …
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान
ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । …