अपडेट
चीन र दक्षिण एशियाका विश्वविद्यालयबीच सहकार्य, प्राविधिक आविष्कारमा जोड दिइने
मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ (Forum of University Presidents from Hubei (China and South Asia) मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एशिया र चीनका तेह्र संस्थाहरूका सम्मानित अध्यक्ष एवं प्रतिनिधि बीच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।
फोरम एवं घोषणा पत्रको मुख्य उदेश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ । घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्न सहयोग गर्नेछ ।
यसले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्त्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयहरू बीच उच्च-स्तरीय अनुसन्धानलाई बढावा दिदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।
यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. गौतमज्यू लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिबिधिहरुमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिईएको छ ।
अपडेट
दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब रूपैयाँ उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय
नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब रूपैयाँ उपलब्ध हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच अन्तरआवद्धता कायम हुने
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआवद्धता हुने भएको छ ।
कात्…
कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय पर…
स्पेनमा हुने एफआइए मोटर स्पोर्टस् खेलमा तीन नेपाली खेलाडी सहभागी हुने
अक्टोबर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटर स्पोर्टस् गेम्स २०२४ मा तीन नेपाली खेलाडी सहभागी हुने निश्चि…
ड्राइभिङ लाइसेन्सको ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने भएको छ । यो व्यवस्था आईतबारद…
ट्राफिक प्रहरीले अब कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्न सकिने
ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ।
टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि बझाङको खप्तडछान्ना सञ्चारविहीन
गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ। गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेल…
प्रिमियम लाइट सब्सक्रिप्शन पुन: परीक्षण गर्दै युट्युब
युट्युबले प्रिमियम लाइट सब्सक्रिप्शनको पुन: परीक्षण गरिरहेको छ । युट्युबको प्रिमियम लाइट सब्सक्रिप्सन सेवा अष्ट्रेलिया, जर्मनी र थाइल्…
कम शो पाएपछि निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब ओटीटीमा उपलब्ध हुने
स्वस्तिमा खड्का र निश्चल बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ ।
नेपालमा अब टिकटकबाटै बाढीको सही सूचना पाइने, एपभित्रै विपद् पोर्टल एकीकृत
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रियास्वरूप, टिकटकले प्रयोगकर्ताहरूलाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न…
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने भएको छ । एप्पलले बिजनेस कनेक्ट कार्यक्रममा यसको बारे जानकारी दिएको थियो …
सानो मोड्युलर न्युक्लियर रिएक्टरहरू निर्माण गर्दै अमेजन
अमेजनले सानो मोड्युलर न्युक्लियर रिएक्टरहरू (SMRs) निर्माण गर्न तीन नयाँ सम्झौताहरू घोषणा गरेको छ । यसका लागि वासिङ्ट…
भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद
पर्सामा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोबाइल…
नुवाकोटमा अब उपभोक्ताको गुनासो क्युआर कोडबाटै
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ।
चाडपर्वमा …
थ्रेड्समा पनि अब एक्टिभिटी स्टाटस फिचर
थ्रेड्सले एक्टिभिटी स्टाटस फिचर रोल गर्न थालेको छ । यस फिचरबाट डिफल्ट रूपमा नै अन्य प्रयोगकर्ता अनलाइनमा रहेको वा नरहेको थाहा पा…