अपडेट
नेपालको सूचना प्रविधि सेवा निर्यातले दुई महिनामै ३ अर्ब आम्दानी
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार, सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादन निर्यातबाट नेपालले दुई महिनामा ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । साउन महिनामा मात्र यस निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँको आम्दानी भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलित आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो, जसमा गत वर्षको पहिलो दुई महिनामा सूचना प्रविधि निर्यातबाट २ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो । विभिन्न अध्ययनहरूले नेपालको सूचना प्रविधि क्षेत्रले विशेष गरी सफ्टवेयर विकासमा सकारात्मक आर्थिक योगदान पुर्याएको र नेपाली जनशक्तिले विदेशमा पहिचान बनाएको देखाएको छ ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) का अनुसार, नेपालको सूचना प्रविधि क्षेत्रले वार्षिक झन्डै ६७ अर्ब रुपैयाँ (५१५ मिलियन अमेरिकी डलर) आम्दानी गरिरहेको छ । करिब ६६ हजार आईटी जनशक्तिले, मुख्यतः फ्रिलान्सरमार्फत, यस आम्दानीमा योगदान पुर्याइरहेका छन्, जसमा ठूलो हिस्सा अनौपचारिक माध्यमबाट भित्रिरहेको देखिन्छ । विश्लेषकहरूका अनुसार यी कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन सके आर्थिक लाभ अझ बढ्न सक्छ ।
आईआईडीएसको २०२२ को प्रतिवेदनले सूचना प्रविधि सेवा निर्यातले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १.४ प्रतिशत र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान दिएको उल्लेख गरेको छ । पर्यटन, जलविद्युत् र विप्रेषणसँगै सूचना प्रविधि सेवा पनि नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने क्षेत्र मानिएको छ ।
सन् २०२२ सम्ममा नेपालमा ७ हजार ६ सय आईटी कम्पनी दर्ता भएका थिए, जसमा १०६ कम्पनीले निर्यातमा संलग्नता जनाएका छन् । आईटी क्षेत्रमा करिब ६६ हजार ५ सय जनशक्ति रहेका छन्, जसमा १४ हजार ७ सय फ्रिलान्सरहरू कार्यरत छन् । नेपालका आईटी कम्पनीहरूले मुख्यतया प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर विकास र टेस्टिङजस्ता सेवाहरू प्रदान गरिरहेका छन्, जसमा ७८ प्रतिशत प्रोजेक्टहरू मुख्यतः अमेरिकाबाट आउटसोर्सिङ गरिएका छन् । जापान, यूएई, र दक्षिण कोरिया पनि नेपाली आईटी कम्पनी र फ्रिलान्सरहरूलाई अवसर प्रदान गर्ने मुलुकहरूमा पर्दछन् ।
प्रतिवेदनले आईटी सीप अभिवृद्धि, उच्च गतिको इन्टरनेट पूर्वाधारमा लगानी, नीति निर्माण र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन सके आईटी क्षेत्रमा फ्रिलान्सिङ र आउटसोर्सिङको उत्पादकत्व बढाउन सकिने उल्लेख गरेको छ । आईटी क्षेत्रलाई कृषि, ऊर्जा र पर्यटनसँगै प्राथमिकतामा राख्दै सरकारको यस वर्षको बजेटले डिजिटलाइजेसन र आधुनिक पूर्वाधारमा लगानीलाई विशेष जोड दिएको छ ।
अपडेट
एलन मस्कद्वारा विकिपिडियालाई अति-वामपन्थी भन्दै डोनेशन रोक्न आग्रह
एलन मस्कले मानिसहरूलाई विकिपिडियामा डोनेशन नदिन अपील गरेका छन् । उनले विकिपिडियालाई 'अति–वामपन्थी कार्यकर्ताहरू&rs…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र…
एनवाईईएफ स्टार्टअप अवार्ड ४.० का लागि आवेदन खुल्यो
नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को शुभारम्भको घोषणा गरेको छ। यो प्र…
एप्पलले एमफोर चिप सहितको म्याकबुक प्रो र आईम्याक सार्वजनिक गर्ने
एप्पलले अर्को हप्ता धेरै ठूलो घोषणा गर्ने तयारी गरिरहेको छ । कम्पनीले २८ अक्टोबरमा केही ठूलो हुनेछ भनेर संकेत गरेको छ । कम्पनी…
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर सार्वजनिक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । राजधानीम…
एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग
स्थानिय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १३ प्रडक्ट
आइसिटी अवार्ड २०२४ मा उत्कृष्ट १३ प्रडक्ट छनोट भइसकेका छन् । आइसिटी अवार्डको प्रडक्ट विधामा प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समि…
ईसेवा र फोनपोइन्ट्सको सहकार्य: एकीकृत लौयल्टी प्वाइन्ट्स र आकर्षक अफरहरूको पहुँच पाउन सकिने
ईसेवाले फोनपोइन्ट्ससँग सहकार्य गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिई…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …
टिकटकले २०२४ दोस्रो त्रैमासिकमा १७.८८ करोड भिडियो हटाएर सुरक्षित डिजिटल स्पेसमा जोड दिदै
टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप २०२४ को दोस्रो क्वाटरका …
एसबी सोल्युसन्स र म्यागडटनेटबीच रणनीतिक साझेदारी
एसबी सोल्युसन्स प्रा. लि.ले सिंगापुरको प्रतिष्ठित प्रविधि कम्पनी म्यागडटनेट (Magdotnet)
स्प्याम कलबाट जोगिनका लागि एप्पलले नयाँ फिचर ल्याउँदै
एप्पल आफ्ना प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाका लागि लोकप्रिय छ । हाल कम्पनी स्पाम कलहरूबाट जोगिनका लागि कलर आईडी फिचरमा काम …
इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज
रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।
&nb…
एकीकृत डाटा व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी थप हुने
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा स्थायी दरबन्दी थप हुने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा …
सरकारी कार्यालयमा अब क्युआर कोडबाटै फाइल ट्रयाकिङ हुने
अब सरकारी कार्यालयमा क्युआर कोडबाट फाइल ट्रयाकिङ हुने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकल…