कीवर्डहरू -

अपडेट

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेको छ । बिस्तारै सबै कम्पनीहरूले आफ्ना सेवाहरूमा एआई सुविधा प्रयोग गर्न थालेका छन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटा पनि यस मामिलामा अगाडि बढेको छ । मेटाले लामो समयदेखि आफ्ना सेवाहरूको लागि एआई प्रविधिमा काम गरिरहेको छ ।

अब मेटाले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा तस्बिरहरू सिर्जना गर्ने फिचरमा ल्याएकोे छ । एआई ईमेज उत्पादन टूलहरूको बढ्दो लोकप्रियताको कारण, मेटाले आफ्नो प्लेटफर्ममा यो सुविधा समावेश गर्ने निर्णय गरेको छ ।

आजकल, एआई इमेज र मानवहरूको वास्तविक इमेज बीच कुन इमेज वास्तविक हो भनेर भन्न धेरै गाह्रो भएको छ जसले गर्दा एआई ईमेजको दुरुपयोग पनि बढ्दै गएको छ ।

मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले यस फिचरको उद्देश्य बताउँदै भने, “मानव र सिंथेटिक सामग्री बीचको रेखा धमिलो हुँदै जाँदा मानिसहरू कुन् वास्तविक र कुन् एआई जेनेरेड जान्न चाहन्छन् ।''

उनले भने, “वर्तमानमा, मेटाले आफ्नै जेनेरेट गरिएको एआई ईमेज लेबल गर्दछ, ताकि प्रयोगकर्ताहरूले थाहा पाउन सकून् कि ईमेज एआईद्वारा उत्पन्न गरिएको हो ।''

अब कम्पनीले गुगल, माइक्रोसफ्ट, एडोब र अन्य एआई ईमेज उत्पादन गर्ने प्लेटफर्महरूसँग लेबल गरिएको एआई ईमेज उत्पन्न गर्ने सुविधा पनि योजना गरिरहेको छ । “यी संकेतहरू पत्ता लगाउन सक्षम हुनाले प्रयोगकर्ताहरूले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा पोस्ट गर्ने एआई–जेनेरेटेड ईमेजलाई लेबल गर्न सम्भव बनाउनेछ,“ ब्लग पोस्टले भन्यो । यसबाट फेसबुक, इन्स्टाग्राम र थ्रेडका प्रयोगकर्ताहरूले कुन ईमेज एआईले बनाएका छन् र कुन ईमेज छैन् भनेर थाहा हुन्छ । 

 

अपडेट

साइबर कनेक्ट २०२४ सम्पन्न

जेनस सोलुसन र नेपाल बैंकर संघको संयुक्त पहलमा आयोजना भएको साइबर कनेक्ट २०२४ काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको छ । एडब्लुएस (अमेजन वेब सर्भिसेज) शीर्…

'पठाओ पार्सल डेलिभरी' सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण ग…

एलजीको ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना, टिबी खरिदमा ४० प्रतिशतसम्म छुट र बीमा सुविधा

टी-२० क्रिकेट वर्ल्ड कप अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेदेखि सुरु हुँदैछ । जसमा नेपालले दोस्रो पटक भाग लिँदैछ। नेपाली…

क्यान महासंघले भन्यो - आईटी क्षेत्रका लागि बजेट स्वागतयोग्य छ, कार्यान्वयन बलियो हुनुपर्छ

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्…

चाँडै ह्वाट्सपएपमा एआई तस्बिर बनाउन सकिने

पहिलेको समयमा जब टेक्नोलोजीले त्यति प्रगति गरेको थिएन, फोटो डिजाइनरहरूले मात्र फोटोहरू बनाउन सक्थे । तर अहिले समय बदलिएको छ …

माइक्रोसफ्ट एआई कोपाइलट च्याटबट टेलिग्रामसँग एकीकृत

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको भूमिका दिन प्रतिदिन बढ्दै गइरहेको छ । धेरै मानिसहरू लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्…

सस्तो फ्लाईट खोज्दै हुनुहुन्छ ? गूगल फ्लाईटले गर्न सक्छ सहयोग

फ्लाइटमा यात्रा गर्न कसलाई मन पर्दैन् र । त्यसमाथि सस्तो उडान भयो भने झन् कति  सहज ? यदि तपाई पनि सस्तो फ्लाईटको खोजीमा…

अर्थमन्त्री भन्छन् - १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव छ

अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव भएको बताएका छन् । 

अब युट्युबमा पनि गेम खेल्न सकिने

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरूले आफ्नो प्लेटफर्म गेमिङ सुविधा सार्वजनिक गरिरहेका छन् । यो सूचीमा अब युट्युब पनि थपिएको छ …

आईओएसमा थ्रीडी भिडियो बनाउनका लागि सार्वजनिक भयो निःशुल्क एप

सित्तैमा थ्रीडी भिडियोहरू बनाउन मद्दत गर्ने एप सार्वजनिक भएको छ । डोली नामको एप सार्वजनिक गरिएको छ जसले कुनै पनि फोटोलाई थ्रीड…

व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । 

मंगलबार…

बजेटमा आईटीः १५ लाखलाई रोजगारी सिर्जना गर्ने, निःशुल्क वर्क स्टेशन उपलब्ध गराउने

सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सूचना प्रविधिलाई विशेष प्राथमिकता दिएको छ । 

सरकारले स्काइ वे तथा पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने

सरकारले पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने भएको छ ।

सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिइने

सरकारले सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने भएको छ । 

सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने

सरकारले अनलाइलनबाटै भीसाका लागि आवेदन दिन सक्ने प्रणाली लागु गर्ने भएको छ । 

संघ…