कीवर्डहरू -

अपडेट

सेवा विस्तार र गुणस्तर सुधार गर्न एनसेलले एक वर्षमा जडान गर्‍यो ३३८ मोबाइल टावर

एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् ।

फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्दछन् । यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरु लगायतका ठाउँहरु पर्दछन् ।

गत आवमा नै एनसेलले आफुले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु भएको बताए ।

'हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले  जोडेका छौं,' उनले भने, 'आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं । उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरु र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं ।'

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ । यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढि विभिन्न नगरपालिकामा स्थापना गएिका टावरहरु पर्दछन् ।

त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढि टावरहरुको स्तरोन्नती गरिएको छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेका छन् ।

फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।

अपडेट

नेपाल टेलिकमले भन्योः हराएका रिचार्ड कार्ड सिस्टममा एक्टिभेट छैनन्, रिचार्ज गर्न सकिदैन्

नेपाल टेलिकमले हराएका रिचार्ड कार्डबाट रिचार्ज गर्न नसकिने बताएको छ । बुधबार एक स…

‘इन्साइड इन्टर्नसीपः एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल’ विषयमा वेबिनार हुँदै

आइटेक डट कर्णालीले इन्साइड इन्टर्नशीप : एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल …

अब मासिक १०० रूपैयाँमै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटे…

ढुवानीका क्रममा नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

नेपाल टेलिकमका ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । बुधबार एक …

एफडी मोटर्सको नयाँ शोरूम अब इटहरीमा

एफडी मोटर्सको नयाँ शोरूम इटहरीमा खुलेको छ । ग्रन्थ ईभीले एफडी मोटर्सको नयाँ शोरूम…

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरू

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर नेपालमा खुला भएको छ । स…

कुन बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोमै तुलना गर्न सकिने 

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । …

कसरी दिने आइसिटी अवार्ड २०२३ का लागि अनलाइन आवेदन ? यस्तो छ तरिका 

गत साउन १ गतेबाट सुरू भएको आठौं संस्करणको आइसिटी अवार्डमा आवेदन दिने समय केही द…

बुद्ध एयरको वेबसाइट तथा एपबाट टिकट काट्दा अब आईएमई पेमार्फत पैसा तिर्न सकिने

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भ…

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर, कति भयो राजस्व सङ्कलन ?

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २…

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक भएको छ । प्लस साइज नेपालले इस्मल…

बससेवाबाट बसको टिकट काट्दा दश दिनसम्म हरेक दिन १० जनाले निशुल्क यात्रा गर्न पाउने 

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूर…

सानिमा बैंकका ग्राहकहरुलाई फुडमाण्डुमा क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्…

अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ । परराष्ट्रमन्त्री एन…

१० औं वर्षमा बससेवा, अनलाइनबाटै सार्वजनिक बसका ३५ हजार सिट बुक गर्न सकिने

नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रव…