कीवर्डहरू -

अपडेट

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् । 

सोमबार विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवद्र्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने उल्लेख गरेकी थिइन् । 

विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित  मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिदै उहाँले  अब यसबाट धेरै सुधार आउने बताइन ।

मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौ बजेट विनियोजन हुने गरे पनि विच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताए । उनले भनिन, ‘अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो । विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक वाकी बजेट सम्बन्धित मिडियामा जाने छ ।’ यसमा कडाइ गर्न उहाँले बोर्डलाई निर्देशनसमेत दिइन ।

अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको बताउँदै मन्त्री शर्माले विज्ञापन बजार र  मिडिया क्षेत्र त्यसबाट अछुतो नरहेको बताइन । ‘अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ । त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन् । त्यति विज्ञापनको बजेट सम्बन्धीत मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भई राखेको छ,’ मन्त्री शर्माले भनिन, ‘जसले गर्दा सम्बन्धीत मिडियाले ऐन बमोजिम सेवा सुविधा परेको कुरा तोकिएको पारिश्रमिक दिन नसक्दा  श्रमजीवी पत्रकार मिडिया सञ्चालकबीच द्धन्द्ध भएको देखिरहेका छौं ।’ 

उनले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिइन । विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन । 

उनले भनिन, ‘हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्ने बारेमा बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन् । अरु के कस्ता समस्या छन् भन्नेमा तपाइहरु भुक्तभोगी हुनुहुन्छ । विज्ञ साथीहरु आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने छ भन्ने विश्वास लिएको छु ।’
 

अपडेट

बिगमार्टमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १…

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँ…

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्…

ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट

सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको…

काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूद्वारा कृत्रिम रोबोटिक्स, काेडिङ प्रदर्शनी आयोजना

काठमाडौंकाे  बसुन्धरा स्थित  काठमाडौं न्यु क्यासल स्कुलकामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी …

गरिमा विकास बैंकको ५ इन १  बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १  बचत खातामा ग्र…

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…

लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा

लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ ।  नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो ब…

वानप्लसको नयाँ इयरबड, फुल चार्जमा ४४ घण्टाको ब्याकअप

वानप्लसको नयाँ इयरबड वानप्लस बड थ्रीले ४४ घण्टासम्, ब्याट्री ब्याकअप दिने भएको छ । यो ईयरबड कम्पनीले २३ जनवरीमा सार्वजन…

आईफोनमा आईओएस १७.३ अपडेट आउँदै

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.३ अपडेट रोल आउट गर्ने तयारी गरिरहेको छ । कम्पनीले केही दिन अघि मात्रै आईओएस…

कुपण्डोलमा बीवाईडीको नयाँ शोरूम

विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रालिले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ल…

सामसङका यी डिभाइसमा उपलब्ध हुँदै ग्यालेक्सी एआई फिचर

सामसङले आफ्नो ग्राण्ड ग्यालेक्सी अनप्याक्ड इभेन्टमा अत्याधुनिक सुविधासहितको एआई फिचरसहित नयाँ स्मार्टफोन सिरिज अर्थात् ग्या…

डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्ने भएको छ । नेपाल टेलिकमको १६ औं वार्षिक प्रतिवेदनमा डिजिटल बैंक अर्थात नियो…

वर्ल्ड समिट अवार्ड २०२३ मा नेपालबाट गल्ली म्याप्स र सफा नेपाल शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को अवार्डमा नेपालका २ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालबाट गल्ली म्याप्स र सफा नेपाल डब्लुएसए अवा…

फोनपोइन्टस् र इसेवाले रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने

फोनपोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् …