कीवर्डहरू -

अपडेट

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, मासिक ७५० रुपैयाँमै २०० एमबीपीएस गतिको इन्टरनेट

एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने 'दुईमा चार अफर' सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । 

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ । 

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउँछ ।

यो अफर लिनका लागि वर्ल्डलिंकको हटलाइन ९८०१५२३०५२, वेबसाईट www.worldlink.np र Facebook मार्फत सम्पर्क गर्न सकिन्छ।
 

अपडेट

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने भएको छ ।

भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैंकले पूर्वाधार र संरचना तयार पार्ने

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक संरचना तयार पार्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने भएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने भएको छ ।

शुक्रबा…

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने

नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक…

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित

राइड शेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलन सुरू गरेका छन् । 

सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकह…

गेमिङ उद्योगमा मानिसको आवश्यकता समाप्त हुँदै, एआईले बनाउँदै ग्राफिक्स

पछिल्लो समय गेमिङको बजार तीव्र रूपमा बढिरहेको छ । तर तीव्र रूपमा बढ्दै गरेको गेमिङ उद्योगमा समेत एआईले प्रभाव पर्ने …

ई-कमर्स विधेयकमा १९ ओटा संशोधन प्रस्ताव

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ ओटा संशोधन प्…

अब फोन गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने…

अनर २०० सिरिज खरिद गर्दा निःशुल्क स्मार्टवाच, इयरबड, बीमा र भीआईपी कार्ड

अनर २०० सिरिजमा विशेष अफरको घोषणा भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर २०० सिरिजमा विभिन्न अफर…

२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए

नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय पर…

ओमोडाले दक्षिणकाली र इलाममा गर्‍यो ३ हजार वृक्षारोपण

नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…

एडुसञ्जाल र आइएमई पेबीच साझेदारी

डिजिटल वालेट  आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच  एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…

सामसङ नेपालले सुरू गर्‍यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म

सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ ।