अपडेट
जेठ १ गते देखि एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम – एमडिएमएस पुनकार्यान्वयन हुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महशुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबारबाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो ।
अब विदेशबाट आउँदा एक यात्रीले २ ओटा मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ । एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।
नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।
खरीद गरिएको नयाँ मोबाईल फोन दर्ता भए नभएको एकिन गर्न mdms.nta.gov.np प्रणालीमा हेर्न सक्नुहुनेछ । निजी प्रायोजनको लागि ल्याईएको मोबाईल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन/वहिग्रमन छाप देखिने राहदानीको पृष्ठ वा बोडिङ्ग पास कागजातहरु एमडिएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरिएको छ ।
एमडिएमएस प्रणाली अनधिकृत ढंगबाट हुने मोबाइल बिक्री वितरण रोक्न र राजस्व दायरामा ल्याउन अघि सारिएको परियोजना हो ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनु परेको र गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट रोक्न एमडिएमएस कार्यान्वयन गर्न लागिएको हो ।
अपडेट
अरोगिन हेल्थकेयरमा डिजिटल भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकलाई छुट
सन्राइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । ग्राहकरुल…
थुप्रै नयाँ फिचरहरुको साथमा वियर ओएस ४ सार्वजनिक हुने
गूगलले आफ्नो आइओ २०२३ कार्यक्रममा सार्वजनिक गरेको नयाँ वियर ओएस ४ अपडेटको साथ आउन…
सिद्धार्थ बैङ्कको पे एन्ड सेभ खाता, निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सुविधा
सिद्धार्थ बैङ्क लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक …
अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने
प्रविधि कम्पनी गुगलको इमेल सेवा जीमेल लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । गुगलको …
२० भन्दा बढी कोडिङ भाषाहरूलाई गूगलको एआई बार्डले सपोर्ट गर्ने
गुगलले निरन्तर आफ्नो च्याटबट बार्ड विस्तार गर्दैछ । गूगल आइओ २०२३ कार्यक्रममा, सिइओ स…
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउन कानुन संशोधन हुँदै
सरकारले ५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था …
निओटेरिक नेपाल र टेक स्टुडियो नेपालबीच सहकार्य
निओटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नेपालको प्राविधिक विकासको समृद्ध भवि…
गूगलको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम सम्पन्न, के के भए सार्वजनिक ?
सूचना प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम गूगल आइओ २०२३ बुधबार राति क्याल…
अब ट्वीटरमै भ्वाइस र भिडियो कल फिचर ल्याउने एलन मस्कको घोषणा
एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेसँगै लगातार विभिन्न परिवर्तनहरु गरिरहेका छन् । मस्कले कहिले ट्वीटरको लोगो न…
रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्ड…
’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ?
प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ’गूगल आइओ २०२३’ आज राति क्यालिफोर्निया…
एनसेलका नयाँ सीईओ कायुमोभले सम्हाले कार्यभार, नेपालको डिजिटल विकासमा केन्द्रित हुने
एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्ब…
आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० रूपैयाँ बोनस
‘आइएमई पे’ मा आइएमईका केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त …
दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा
बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविध…
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया …