कीवर्डहरू -

अपडेट

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिंदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन् । 

सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्यक्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको बताउँदै उनले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताइन् । 

‘नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, उर्जा र औद्योगिकको रुपमा लिंदै आएका थियौं’– उनले भनिन– ‘अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो ।’

पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिंदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्नसक्ने बताइन् । 

यस्तै राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताए ।

 नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उनले अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्ने बताए ।  

व्याण्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने राजदूत श्रीवास्तवको भनाइ छ ।  
 

अपडेट

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहज

अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि बीउ उत्पादक किसानलाई सहज भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुप…

‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ मूल नाराका साथ आईएमईको २४ औँ वार्षिकोत्सव सम्पन्न

नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड &nb…

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ। शिविरको प्रारम्भ राक्सिराङ …

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले काठमाडौंको स्यूचाटारस्थित भ…

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ, कसरी दिने आवेदन ?

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा सहित ३० खर्बको निर्यात र १५ …

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्स काम गर्ने भएको छ । साउनदेखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचय…

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्…

आईफोन, आईप्याड र म्याकमा अब जेनेरेटिभ एआई सुविधा उपलब्ध हुने

एप्पलले नयाँ सुइट एप्पल इन्टेलिजेन्सको घोषणा गरेको छ । आईफोन, आईप्याड र म्याकमा एआई फिचर उपलब्ध गराउन डब्लुडब्लुडीसी २०२४ मा कम्प…

सेवाग्राहीको चाप बढेपछि चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान …

एप्पलको डब्लुडब्लुडीसी २०२४ मा के के हुनेछन् सार्वजनिक ?

एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन (डब्लुडब्लुडीसी २०२४) आज अर्थात् जुन १०, २०२४ बाट सुरु हुँदैछ । डब्लुडब्लुडीसी २०२४ जुन १४ सम्म…

गुगल स्लाइडमा नयाँ सुविधा उपलब्ध, अब काम पहिले भन्दा सजिलो हुने

गुगलले स्लाइड्समा सम्पादन, भ्यू र टिप्पणी जस्ता विभिन्न मोडहरू बीच स्विच गर्न मिल्ने सुविधा ल्याएको छ । यसले प्रयोगकर्ताहरूलाई …

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमब…

साउनदेखि आईटी वर्कस्टेशन सञ्चालन गर्ने सरकारको तयारी, ३ वर्षका लागि निःशुल्क उपलब्ध हुने

सरकारले साउनदेखि सूचना प्रविधि (आईटी) वर्कस्टेशन सुरू गर्ने तयारी गरेको छ । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ मा बोल्दै अर्थमन्…

सुरू भयो डिजिटल नेपाल कन्क्लेभ २०२४, प्रधानमन्त्रीद्वारा उद्घाटन

आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२४ सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड&…