कीवर्डहरू -

अपडेट

बेनीमा मौसम मापन केन्द्र स्थापना

म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ। बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो।

केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका  तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्याङ्क भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए।

“केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,” उनले भने, “सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ।”

विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्याङ्क र अभिलेख अध्ययन–अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। बेनीमा रहेको मौसम मापन केन्द्र विसं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ।

जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उनको भनाइ छ।

बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिनुभयो । २६ मध्ये १२ ओटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन्।

अपडेट

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्रामले क्लोज फ्रेन्ड्स अन लाइभ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । बारम्बार एपमा लाइभ स्ट्रिमिङ गर्न मन पराउनेका लागि य…

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेपछि निलम्बित मुख्यसचिव अर्यालको सरूवा

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेका निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालको सरूवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् ब…

वडामै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने व्यवस्था मिलाउन सीडीओहरूलाई गृहको निर्देशन

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिए…

पोखरामा राइड सेयरिङ सञ्चालनमा रोक, अटेर गरे कारबाही गर्ने चेतावनी

कास्कीको पोखरामा अनधिकृतरुपमा एपमार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

युएईको अल जजिरा एक्सचेन्जबाट पठाएको रेमिट्यान्स सिटी पे वालेटमा पाउन सकिने

युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबारमा सहकार्य सुरु भएको छ ।&n…

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

विपद्को बेला इन्टरनेट सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद्का संभावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध …

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्…

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–ब…

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबै…

पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ ईभी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँ बोनस

 नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो ग…

बढ्यो टियागो ईभीको मूल्य

टाटा मोटर्सको विद्युतीय गाडी टियागोको मूल्य १ लाख रूपैयाँले वृद्धि भएको छ । बजेटमार्फत कर बढेसँगै टियागो इभीको सबै मोडलहरूमा…

पातलो आईफोन, म्याकबुक प्रो र वाच ल्याउने योजनामा एप्पल

एप्पलले पातलो आईफोन, म्याकबुक प्रो र एप्पल वाच ल्याउने योजना बनाएको छ । ब्लूमबर्गको मार्क गुरम्यानका अनुसार एप्पलले आईप्याड बाहेक …