कीवर्डहरू -

अपडेट

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलले आफ्नो 'इट्स ग्लोटाइम’ इभेन्टमा एयरपड्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १६ लञ्च गर्नुका साथै एप्पल वाच पनि सार्वजनिक गरेको छ । कम्पनीले नयाँ एयरपड्सलाई एयरपड ४ नाम दिएर लञ्च गरेको हो ।

नयाँ एयरपड्सलाई कम्पनीले एक्टिभ न्वाइज क्यान्सिलेसन सुविधासहित प्रस्तुत गरेको छ । साथै, यसमा फाइन्ड माई फङ्क्शनालिटीका लागि बिल्ट–इन स्पीकर पनि उपलब्ध गराइएको छ ।

एप्पलले प्रयोगकर्ताको कानमा एयरपड्स राम्रोसँग फिट होस् भन्ने उद्देश्यले एडभान्स मोडलिङ टूलको सहायतामा हजारौं कानको विश्लेषण गरेर नयाँ एयरपड्सको डिजाइन तयार गरेको हो ।

नयाँ एयरपड्समा एचटू चिपसेट राखिएको छ, जसले प्लेब्याक र कल साउन्डलाई अझ राम्रो बनाउँछ । एयरपड्स ४ मा कम्पनीले यूएसबी–सीको सपोर्ट पनि दिएको छ । कम्पनीको भनाइमा, यी एयरपड्स केवल ३० मिनेटमा पूर्ण चार्ज हुन्छ ।

एयरपड्स ४ को प्रि–अर्डर सुरु भइसकेको छ । यसको बिक्री सेप्टेम्बर २० देखि सुरु हुनेछ । बेस भेरिएन्टको मूल्य १२९ डलर राखिएको छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडलको मूल्य १७९ डलरबाट सुरु हुन्छ ।

अपडेट

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । <…

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहा…

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठ…

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिकत्सव अभियान सार्वजनिक गरेको छ । ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निः…

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घ…

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपम…

१७५ रूपैयाँमा एनसेलबाट सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन सकिने

एनसेलले शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ । सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्…

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भए…

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा टिकटक चल्न थालेको छ । यसअघि भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय ग…

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) को दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।&…

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म द…

५०औं दीक्षान्त समारोह आयोजना गर्दै त्रिवि, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम खुलाएको छ । अनलाइन आवेदन फाराम भदौ २० गतेदेखि असोज २३ गतेसम्म ख…

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ट्रान्सफर्मर जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडा…

ड्राइभर पार्टनर्स परिवारप्रति समर्पित इन्ड्राइभको विशेष पहल, तालिम र मर्चेन्डाइज प्रदान

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष पहल घोषणा गरेको छ । 

…

नास आईटीले सार्वजनिक गर्‍यो आईटीका २ कोर्ष, क्षमता वृद्धिमा सहयोग गर्ने

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली आईटी प्रोफेसनलहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले …