कीवर्डहरू -

अपडेट

नेपालमा योरपेस किप फिट सर्किट कार्यक्रम गर्दै इन्ड्राइभ

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल (YourPace Keep Fit Circuit Nepal) कार्यक्रम सुरू भएको छ । सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले इन्ड्राइभले योरपेस तालिम डिजाइन गरेको हो ।  

मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन रहेको कम्पनीले जनाएको छ ।

यसमा काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसको लागि सशक्त बनाउँदै स्वस्थ समुदाय निर्माण गर्नु रहेको बताइन् । 

निःशुल्क सहभागी हुन सकिने कार्यक्रममा सहभागीहरू ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६ औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

अपडेट

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा…

१५ शहरमा रोड शो गर्दै डिशहोम

२०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-ह्विल्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचा…

सोरू, सगरमाथा क्षेत्र र बाजुरामा क्यासिफिकको स्याटेलाइट इन्टरनेट सञ्चालनमा

क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटले सोरू, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्याएको छ । हालै कर्णालीको …

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गर…

क्लाउड एआईको आईओएस एप सार्वजनिक

सन् २०२२ मा च्याटजीपीटी लन्च हुँदा विश्वभर एआईको नयाँ क्रान्ति सुरु भएको थियो र आज दुई वर्षपछि हजारौं एआई टूल च्याटजीपीटीसँग प्र…

इन्ड्राइभले अब राइडरबाट १० प्रतिशत कमिसन लिने, डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको छ । नेपालमा आधिकारिक रूपम…

आइओएस १७.५ बेटा अपडेट : अब आइफोन रिपेयर मोडमा हुँदा पनि ट्रयाक गर्न सकिने

एप्पलले नयाँ १७.५ बेटा संस्करण परीक्षण गरिरहेको छ । नयाँ फिचरमा तपाईले फोनलाई रिपेयर मोडमा राखेर वा मर्मतका लागि दिएपछि पनि…

महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्र…

महिला आईसिटी सशक्तिकरण कार्यक्रमलाई हाइलाइट गर्ने भिडियो सामाग्री पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्वव्यापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला स…

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त …

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको 'दोस्रो पठाओ फूड फेस्ट २०२४' दुई लाख ६० हजार भन्दा ब…

आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रले प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन विकास गरेको छ ।

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

हालै ५२ वर्षीया भारतीय महिला उद्यमी साइबर घोटालाको सिकार भएकी छिन् । अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाले गुम्य…

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई पासकी सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई अब पासकी सुविधा उपलब्ध हुने भएको छ । यसले गर्दा प्रयोगकर्ताले पासवर्डरहित सुविधा जस्तै व…

कसरी हेर्ने डीभीको नतिजा ?

अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज राति आउँदै छ । वैशाख २२ गते शनिबार राति ९:४५ बजेबाट डीभीको नतिजा हेर्न सकिने छ ।