अपडेट
’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ?
प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ’गूगल आइओ २०२३’ आज राति क्यालिफोर्नियामा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । कार्यक्रममा, गुगलले आफ्नो पहिलो फोल्डेबल फोन र पिक्सेल ट्याब्लेट सार्वजनिक गर्न सक्ने छ।
एन्ड्रोइड १४ सुविधाहरू र एआई च्याटबट ’बार्ड’ को विवरणहरू पनि कार्यक्रममा साझा गरिने अपेक्षा गरिएको छ । गुगलले सन् २००८ देखि हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस मार्फत कम्पनीले धेरै नयाँ ग्याजेटका साथसाथै नयाँ प्रविधिलाई जनतामाझ सार्वजनिक गर्दै आएको छ । यहाँ हामी गुगलका ५ प्रडक्टहरूको बारेमा बताइरहेका छौं, जुन यस कार्यक्रममा सार्वजनिक हुन सक्ने छन् ।
१. गूगल पिक्सेल ७ ए स्मार्टफोन
२०२२ मा आयोजित कार्यक्रममा गुगलले पिक्सेल ६ ए लन्च गरेको थियो । मिडिया रिपोर्टका अनुसार गुगलले यस वर्ष पिक्सेल ७ ए लन्च गर्न सक्छ ।
गुगल इन्डियाले पनि ट्वीट गरेर अर्को पिक्सेल स्मार्टफोनको लन्च मिति बारे जानकारी दिएको छ । तर, मे ११ मा लन्च हुने ह्यान्डसेटको नाम भने कम्पनीले खुलाएको छैन ।
अपेक्षित मूल्य र सुविधाहरू
मिडिया रिपोर्टका अनुसार कम्पनीले पिक्सेल ७ एमा ६.१ इन्चको एएमओइलइडी डिस्प्ले प्रदान गर्न सक्छ, जसलाई ९० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ ।
फोटोग्राफीको लागि, स्मार्टफोनमा ६४ मेगापिक्सेल प्राइमरी र ६४ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा पाउन सकिन्छ । पिक्सेल ७ एको अपेक्षित मूल्य रु. ७३,५८४ रूपैयाँ हुने अनुमान गरिएको छ । ।
२. गूगल पिक्सेल
कम्पनीले आइ/ओ कार्यक्रममा गूगल पिक्सेल फोल्ड पनि लन्च गर्न सक्छ । हालै, गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन पिक्सेल फोल्ड अनावरण गरेको छ । यद्यपी कम्पनीले यो स्मार्टफोनको स्पेसिफिकेशन र मूल्य भने खुलाएको छैन ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले गुगल पिक्सेल फोल्डमा ७.६ इन्चको मेन डिस्प्ले र ६.२ इन्चको कभर डिस्प्ले उपलब्ध गराउन सक्छ ।
फोटोग्राफीको लागि, स्मार्टफोनमा ४८ मेगापिक्सेल + १० मेगापिक्सेल+ १० मेगापिक्सेल क्यामेरा पाउन सकिन्छ । गुगलको यो प्रिमियम स्मार्टफोन २.२३ लाखमा लन्च गर्न सकिन्छ ।
३. गुगल पिक्सेल ट्याब्लेट
गुगलले अक्टोबर २०२२ मा पिक्सेल ट्याब्लेटको बारेमा पहिलो पटक कुरा गरेको थियो । मिडिया रिपोर्टका अनुसार गुगलले यस ट्याब्लेटलाई कार्यक्रममा ’गूगल टेन्सर जि टू’ प्रक्रियाको साथ लन्च गर्न सक्छ ।
यो ट्याब्लेटले १०.९५ इन्चको स्क्रिन, ८ मेगापिक्सेल अगाडि र पछाडिको क्यामेरा हुन सक्ने आशङ्का गरिएको छ । गूगल पिक्सेल ट्याब्लेटको अपेक्षित मूल्य रु. ८६,४००–९२,८०० अनुमान गरिएको छ ।
४. एन्ड्रोइड १४ अपरेटिङ सिस्टम
गूगललले पहिले नै एन्ड्रोइड १४ को डेभलपर प्रिभयु रोल आउट गरिसकेको छ । यो अक्टोबर सम्म सबैलाई रोल आउट हुन सक्छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले गूगल आइओ २०२३ कार्यक्रममा एन्ड्रोइड १४ मा पाइने सुविधाहरूको बारेमा जानकारी दिनेछ ।
५. गूगल एआइ सुविधाहरू
गुगलले आइओ २०२३ को आधिकारिक वेबसाइटमा लेखेको छ ’जेनेरेटिभ एआईमा नयाँ के छ?’ यो कार्यक्रममा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स उपकरणहरू लन्च गर्ने समेत अपेक्षा गरिएको छ ।
यससँगै एआई च्याटबोट ‘बार्ड’ बारे धेरै जानकारी पनि दिन सकिन्छ । मिडिया रिपोर्टका अनुसार गुगलले यस कार्यक्रममा २० भन्दा बढी एआई उत्पादनहरू लन्च गर्न सक्छ ।
कहिले, कहाँ र कसरी गूगल आइओ २०२३ हेर्ने ?
गूगल आइओ २०२३ कार्यक्रम आज नेपाली समय अनुसार राति १०ः४५ बजे माउन्टेन भ्यू (क्यालिफोर्निया) को शोरलाइन एम्फीथिएटरमा सुरु हुनेछ ।
कार्यक्रमलाई गूगल आइओ २०२३ को आधिकारिक वेबसाइट
https://io.google/2023/
गूगलको आधिकारिक युट्युब च्यानलमा लाइभ स्ट्रिम गरिनेछ ।
अपडेट
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया …
के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक …
लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही होस्ः सांसद निशा डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांदस निशा डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्न…
दृश्य लाउन्जमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…
विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै
एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्…
सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका …
एससीटी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससीटी-युपीआई डेबिट का…
नबिल बैंकको ढुक्क बचत खाता, निःशुल्क मोबाइल बैंकिङदेखि एटीएमसम्म सुविधा
नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्च…
मोड्युलर मोनोलिथ : हाउ टू बिल्ड वान एण्ड लेसन्स विषयमा वेबिनार हुँदै
टेक वेबिनार नेपालले मोड्युलर मोनोलिथः हाउ टू बिल्ड वान एण्ड लेसन्सबारे वेबिनार आय…
काठमाण्डौं महानगरपालिकाले ल्यायो मोबाइल एप, सिफारिस लिनेदेखि भुक्तानी गर्नेसम्मको सुविधा
काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी…
टेल्जी नेपालको नयाँ शोरुम पोखरामा
टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टे…
काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु
काठमाडौंमा अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ता…
आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने
आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भए…
काठमाडौंका अव्यवस्थित तार भोलिदेखि हटाउँदै महानगर
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राध…
संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने तयारी
संसदमा विद्युतीय हाजिर राखिने भएको छ । आईतबार बसेको कार्य व्यवस्था परामर्श समितिको…