कीवर्डहरू -

अपडेट

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । ‘डिजिटल नेपाल एक्सिलेरेसन’ परियोजना सञ्चालन गर्नका लागि विश्व बैंकले उक्त रकम सहयोग गरेको हो ।

फ्रेमवर्कको सफल कार्यान्वयनलाई सघाउ पुग्ने गरी डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव अनिल दत्तले जानकारी दिए । यस परियोजना अन्तर्गत १ हजार ५ सय जनाले रोजगारी पाउने विश्व बैंकको भनाइ छ ।

सरकारले २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । तर फ्रेमवर्क आएको ३ वर्ष हुन लाग्दा पनि त्यसले गती लिन सकेको छैन् । त्यसकारण डिजिटल नेपाल फ्रेमवर्क गती दिन डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याइएको हो ।

डिजिटल नेपाल एक्सेलेरेशन परियोजनाबाट डिजिटल नेपालका लागि आधारभूत कुरा ब्रोडब्याण्ड कनेक्टिभिटीको पहुँच विस्तार, डिजिटल अर्थतन्त्रमा जान क्षमता अभिवृद्धि र डिजिटल गभर्नेन्स सुदृढ गरिने छ ।

ब्रोडब्याण्ड कनेक्टिभिटी

डिजिटल नेपालका लागि ब्रोडब्याण्ड कनेक्टिभिटी आवश्यक छ । अहिले दूरसञ्चार प्राधिकरणबाट समेत ब्रोडब्यान्ड इन्टरनेट विस्तार भइरहेको छ । सहरी क्षेत्रमा सहज भए पनि दुर्गम ग्रामीण भेगमा इन्टरनेटको पहुँच विस्तार गर्न धेरै कठिनाई छ ।

कनेक्टिभिटीको पूर्वाधार खडा गर्न धेरै लगानी आवश्यक पर्छ । त्यसकारण यो परियोजनाबाट दुर्गममा बस्ने नागरिकले पनि सहरको जस्तै समान दरमा इन्टरनेटको पहुँच पुर्‍याइने उनको भनाइ  छ ।

यसका लागि ‘भाएबिलिटी फन्ड’ को अवधारणा अगाडि सारिएको छ । इन्टरनेट विस्तारका लागि नीतिगत सुधार गर्ने, निजी क्षेत्रको लगानी परिचालन गर्ने सरकारको योजना छ ।

यसबाट इन्टरनेटको कनेक्टिभिटी सुधारमा समेत काम गरिने छ । अहिलेसम्म नेपालको पहुँच सबमरिन केबलसम्म छैन्, जसका कारण महंगो मूल्यमा नेपालले ब्याण्डविथ खरिद गरिरहेको छ ।

त्यसलाई कम गर्न यस परियोजनाबाट सबमरिन केबलसम्म नेपालको पहुँच पुर्‍याइने र भर्चुअल ल्याण्डिङ स्टेशन निर्माण गरिनेछ । यसले गर्दा इन्टरनेट सस्तो हुनेछ ।

डिजिटल अर्थतन्त्र

त्यस्तै डिजिटल अर्थतन्त्र निर्माण गर्न डीएनए परियोजनाको रकम डिजिटल साक्षरता विकासमा समेत खर्च गरिने उनले बताए । अहिले डिजिटल साक्षरता कमी छ । डिजिटल साक्षरताको कमी हुँदा स्मार्टफोन लगायत प्रविधिको सही सदुपयोग हुन सकेको छैन् ।

यसबाट डिजिटल सीपको समेत विकास गरिने छ । एकेडेमीया र उद्योगबीच देखिएको सीपको ग्यापलाई कम गर्ने विश्वास लिइएको  छ ।

यसका लागि सरकारले पाँच वर्षको योजना बनाएको छ । यस अन्तर्गत पाइलटिङको रूपमा पहिलो वर्ष २५० जना तालिम दिने योजना भएको दत्त बताउँछन् ।

पहिलो वर्ष २५० जनालाई दिने र ५ वर्षमा १५ सयलाई तालिम दिने योजना सरकारको छ । तर यो संख्या कम भएको र यसलाई बढाउन सकिने उनको भनाइ छ । परियोजनाबाट डिजिटल बिजनेस र स्टार्टअपलाई समेत सहयोग गरिने छ । आईटी पार्क निर्माण गरिने छ ।

आईटी पार्कका लागि कतै जग्गा प्राप्त गर्न नसकेकाले तथा कतै यसको महत्त्व नबुझेकाले समस्या आइरहेको छ । विदेशी मुलुकहरूमा स्थापना भएका सूचना प्रविधि पार्कको डिजाइनअनुसार जग्गा प्राप्त गर्नेदेखि सुरक्षा प्रदान गरेर नेपालमा पनि पार्क स्थापना गर्ने योजना अनुसार सरकारले काम गरिरहेको छ ।

डिजिटल सरकार

त्यसैगरी डिजिटल सरकार तयार गर्न पनि डीएनए परियोजनाले सघाउने छ ।  डीएनएको रकम डिजिटल सिग्नेचरको एडोप्सन बढाउन र साइबर सुरक्षालाई मजबुत पार्न समेत खर्च हुनेछ ।

डिजिटल सिग्नेचर कार्यान्वयनका लागि सरकारले प्रमाणीकरण नियन्त्रकको कार्यालय स्थापना गरेको छ । अहिले प्रमाणीकरण गर्ने निकायको रूपमा एउटा सीएले मात्रै अनुमति लिएको छ । अन्यले अनुमति लिएका छैनन् । डिजिटल सिग्नेचरमा अवसर कम देखेकाले अन्य सीए नआएको दत्तको बुझाइ छ ।

साइबर सुरक्षालाई मजबुत पार्न साइबर सुरक्षा केन्द्र, सेक्युरिटी अपरेटिङ सेन्टर, नेटवर्क अपरेटिङ सेन्टर र साइबर सेक्युरिटी प्रयोगशाला, फरेन्सिक ल्याब स्थापना गर्ने अवधारणा परियोजनामा रहेको छ ।

सरकारी डाटा सेन्टर र क्लाउड सेवाको क्षमता अभिवृद्धि गर्न समेत यो परियोजना परिचालन गरिने छ । सरकारले अहिले सिंहदरबारभित्र जीआईडिसी र हेटौंडामा रिकभरी केन्द्र निर्माण गरेको छ । नेपाललाई क्लाउड सेवा प्रदान गर्ने देशको रूपमा विकास गर्न ‍खोजिरहेको दत्तले बताए ।

‘हामीसँग उच्च भुभागहरू छन् । उच्च भूभागमा हामीले डाटा सेन्टर राख्यौं भने विद्युतको खपत कम हुन्छ । त्यसले गर्दा अरू देशले डाटा सेन्टर राख्न सक्छन्,’ उनले भने ।

डीएनए कार्यान्वयनका लागि संस्थागत संरचना

डिजिटल नेपाल एक्सिलेरेसन परियोजना कार्यान्वयनका लागि सरकारले विभिन्न संरचना खडा गर्ने भएको छ । कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा एउटा स्टेरिङ कमिटी हुनेछ ।

त्यसमा विभिन्न निकायका प्रमुखहरू सदस्य हुनेछन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा परियोजना व्यवस्थापन युनिट हुनेछ । युनिटमा मन्त्रालयका साथै सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण तथा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रसमेत रहनेछन् ।

अपडेट

नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने

सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…

ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी

ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिट…

नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण

काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जि…

नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइप…