कीवर्डहरू -

अपडेट

सरकारले आज बजेट ल्याउँदै, सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण कार्यक्रम समेटिने

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ ।

यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

बजेटमा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विकासका पूर्वाधारहरुलाई महत्वपूर्ण स्थान दिइने बताइएको छ। यस्तै  बैंक, बजार र विज्ञान प्रविधिका विभिन्‍न आयामहरुमा थप स्मार्ट रुपले काम गर्ने गरी बजेट विनियोजन गर्ने लक्ष्य रहेको छ।

नेपाली वैज्ञानि तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागलाई ध्यान राखेर बजेटमा आविष्कार केन्द्रलाई बजेट छुट्याइएको बुझिएको छ। डिजिटल नेपालको फ्रेमवर्कलाई थप परिमार्जन गरी बजेट विनियोजन गर्ने सरकारको तयारी छ।

यस्तै शिक्षा क्षेत्रमा स्मार्ट स्कुल तथा स्मार्ट विद्यालयको अवधारणालाई थप मजबुत बनाउने सरकारको तयारी छ भने विश्वविद्यालयमा पनि ई-लर्निङको लागि थप बजेट छुट्याउने जनाइएको छ।

साथै ग्राणिम दूरसञ्चार कोषको रकम स्मार्ट विद्यालयमा लगानी गर्ने बजेटमार्फत निकासा गराउने सरकारले आउने बजेटमा उल्लेख गर्ने बुझिएको छ ।

सरकारको स्थानीय तह, प्रदेश र संघलाई डिजिटलाइज अभियान थालनी गर्नेगरी थप स्मार्ट र सरल बनाइने गरी रकम छुट्याइने बजेटमा उल्लेख हुने बताइएको छ ।

अपडेट

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भए १४ हजार ८२ सहकारी संस्था 

सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १४ हजार ८२ सहकारी संस्था आ…

सूचना प्रणाली अद्यावधिक गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रल…

४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको देखिएको छ ।

गणतन्त्र दिवसको अवसरमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष अफर ल्याएको छ । यो अफर जेठ १४…

नेपालमा पहिलो पटक डिजिटल बैकिङ्ग सम्बन्धी कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी

फिनटेक सेन्टर नेपालले असार १ गते डिजिटल बैंकिङ सम्बन्धि वर्कशप आयोजना गर्ने भएको छ…

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को…

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवा…

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवा…

महालक्ष्मी विकास बैंकले सुरू गर्‍यो क्रेडिट कार्ड सेवा

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई म…

इसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदा युएईमा बस्ने श्रेष्ठले जिते ललितपुरमा दुई तले घर

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…

शनिबार हाटखोला मैदान विराटनगरमा एनसेल कन्सर्ट

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले भोल…

नबिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका

खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा सोको बैंक खाताको बैंक लिंक सुविधा उपलब्…

स्थानीय तहसँगको समन्वयनमा सामुदायिक आधारभूत विद्यालयले इन्टरनेट प्रदायक छनौट गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक आधारभूत विद्यालयलाई इन्टरनेट सेवा प्रदायक छन…

आईएमई पेबाट केटिएम बबल टीमा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

आईएमई पेबाट केटीएम बबल टिमा डिजिटल भुक्तानी गर्दा छुट पाइने भएको छ । यसका लागि …

फुडमान्डुका नयाँ प्रयोगकर्तालाई पहिलो अर्डरमा २५ प्रतिशत छुट

पालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुला…