कीवर्डहरू -

अपडेट

१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक

१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा लोकस २०२३ को थिम सार्वजनिक गरिएको हो ।

यस वर्षको लोकसको थिम ‘डिजिटलाइजेसन एण्ड इन्टेलिजेन्ट अटोमेसनः रिसेपिङ दी फ्युचर’ राखिएको छ । थिम सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि मन्त्री कार्कीले औंद्योगिकरण र इन्नोभेसनबीचको ग्यापलाई कम गर्न युवालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधर राम जोशी र प्रधानमन्त्री कार्यालयका आईटी विज्ञ दिपेश विष्टको उपस्थिति थियो ।

विष्टले डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल रूपान्तरणको अन्तर बताएका थिए । उनले लोकस २०२३ को थिम डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने बताए ।

\"\"

त्रिभुवन विश्वविद्यालयको आईटी इन्नोभेसन सेन्टरका प्रमुख प्रा.डा. सुवर्ण शाक्यले लोकसले विद्यार्थीलाई क्रियटिभ, इन्नोभेटिभ र प्रतिस्पर्धी बनाउने जानकारी दिए ।

त्यसैगरी लोकस २०२३ का संयोजक तपेन्द्र पाण्डेले विद्यार्थीहरूको आईडिया तथा इन्नोभेसन प्रस्तुत गर्ने लोकस उत्कृष्ट ठाउँ भएको बताए । उनले उद्योग र प्राज्ञिक क्षेत्रबीच देखिएको ग्यापलाई कम गर्न प्रविधिमैत्री नीति बनाउन सरकारसँग माग गरे ।

हरेक वर्ष माघमा हुँदै आएको लोकस यस वर्ष पनि माघको दोस्रोसाता आयोजना गर्ने तयारी गरिएको छ । ३ दिने प्रविधि मेला आयोजना हुनुभन्दा अगाडि प्रि-ईभेन्टको रूपमा विभिन्न प्रतियोगिता, वर्कशप, टक शो, क्विज लगायतका कार्यक्रम आयोजना हुनेछन् ।

यसअघि प्रिइभेन्टको रूपमा हार्डवेयर फ्लोसिप, सफ्टवेयर फ्लोसिप, भिडियो वर्कशप र पीसीबी डिजाइनका कार्यक्रम सम्पन्न भइसकेका छन् । प्रिईभेन्टका बाँकी कार्यक्रम मंसिरमा गर्ने लोकसको तयारी छ ।

‘डिजिटलाइजेसन एण्ड इन्टेलिजेन्ट अटोमेसनः रिसेपिङ दी फ्युचर’ थिम अनुसार विद्यार्थीहरूले परियोजना बनाएर माघमा हुने लोकसको मेलामा देखाउन सक्नेछन् ।

\"\"

थिम अनुसारका बाहेक विद्यार्थीले बनाएका अन्य परियोजना पनि प्रदर्शनीमा राख्न सकिने छ । नेपालभरका कलेज तथा विद्यालयहरूले लोकसमा आफ्नो ज्ञान र सीप देखाउन सक्नेछन् । यस पटकको लोकस मेला ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पुल्चोक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले हरेक वर्ष ‘लोकस’ आयोजना गर्दै आएका छन् । सन् २००३ देखि नै लोकस आयोजना भइरहेको छ ।

अपडेट

डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…

‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी

मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…

सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ 

सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…

लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने 

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…

अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !

तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै…

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ …

विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…

इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । …

ठमेल बजार तार रहित बनाइदै

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्र…

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ …