अपडेट
ह्वावेले विश्वका १२० मिलियन मानिसलाई डिजिटल विश्वमा जोड्न सघाउने
ह्वावेले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पार्टनर टू कनेक्ट डिजिटल अलायन्समा सामेल हुने विश्वव्यापी प्रतिबद्धतामा हस्ताक्षर गरेको छ । यसले सन् २०२५ सम्ममा ८० भन्दा बढी देशहरूमा दुर्गम क्षेत्रका करिब १२० मिलियन मानिसहरूमा डिजिटल कनेक्टिभिटी ल्याउन सहयोग गर्नेछ ।
ह्वावेका अध्यक्ष लियांग हुआले यो निर्णय कम्पनीको २०२२ सस्टेनेबिलिटी फोरम, कनेक्टिभिटी प्लस इनोभेट फर इम्प्याक्टको दौरान घोषणा गरेका हुन् ।
फोरमले कसरी आइसिटी इनोभेसनले डिजिटल इकोनोमीको युगमा कनेक्टिभिटीको व्यापार र सामाजिक भ्यालु र स्थिरतालाई ड्राइभ गर्न सक्छ भनेर जोड गरेको छ ।
कार्यक्रममा वक्ताहरूमा आइटियू र संयुक्त राष्ट्र संघका वरिष्ठ लिडरहरू, कम्बोडिया, नाइजेरिया, बंगलादेश र पाकिस्तानका दूरसञ्चार मन्त्री र नियामकहरू र चीन, दक्षिण अफ्रिका, बेल्जियम र जर्मनीका व्यापार लिडर, साझेदार, विशेषज्ञ र ग्राहकहरू थिए ।
'कनेक्टिभिटी मात्रै पर्याप्त छैन् । यो सस्तो हुनुपर्छ,'आइटियूका उप–महासचिव माल्कम जोन्सनले भने, 'स्थानीय भाषामा सामग्रीहरू हुनुपर्छ र प्रयोगकर्ताहरूसँग यसको उत्तम प्रयोग गर्न सीप हुनुपर्दछ ।'
चीनको संयुक्त राष्ट्र संघका आवासीय संयोजक सिद्धार्थ चटर्जीले नीति निर्माताहरू, निजी क्षेत्र, शिक्षाविद् र नागरिक समाजको “बहु सरोकारवाला साझेदारी” लाई डिजिटल डिभाइडको “संवेदनशील वास्तविकता” बन्द गर्न आह्वान गरेका थिए ।
“हाम्रो गतिशील संसारलाई नयाँ रोजगारीहरू सिर्जना गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, लैङ्गिक ग्याप समाप्त गर्न, ग्रीन रिकभरीलाई प्रोत्साहन गर्न र हाम्रो संसारलाई थप समृद्ध र समावेशी बनाउनको लागि प्रविधि रूपान्तरणको सम्भावनालाई सदुपयोग गर्न सुधारिएको डिजिटल सहयोगको तत्काल आवश्यकता छ,” उनले भने।
आफ्नो किइनोटमा डा. लिआङले डिजिटल युगमा स्थिर सञ्जालको पहुँच आधारभूत आवश्यकता भएको कुरामा जोड दिए ।
ह्वावे वायरलेस सोलुसनका अध्यक्ष काओ मिङले ह्वावेले परम्परागत साइट डिप्लोइमेन्टले सामना गर्ने कठिनाइलाई सम्बोधन गर्न उपकरण, साइटहरू, ऊर्जा, प्रसारण र एन्टेनाहरूको पूर्ण–प्रविधि आविष्कार क्षमतालाई एकीकृत गर्ने बताए ।
रुरलस्टार सिरिज सोलुसनहरूले ७० भन्दा बढी देशहरूमा दुर्गम क्षेत्रका ६० मिलियन भन्दा बढी मानिसहरूलाई कनेक्सन प्रदान गरेको छ ।
अप्टिकल ब्रोडब्यान्ड सञ्जालहरूको निर्माणले विश्वव्यापी सेवा महसुस गर्न अर्को महत्त्वपूर्ण मार्ग प्रदान गर्दछ । ह्वावेले दुर्गम क्षेत्रहरू सहित कम जनघनत्व भएका क्षेत्रहरूका लागि एक इानेभेटिभ एयरपिओएन सोलुसन प्रस्ताव गरेको छ ।
यस सोलुसनले स्थानीय सञ्चार सञ्जालहरूको द्रुत तैनाती सुनिश्चित गर्दै उपकरण रुम, अप्टिकल फाइबर स्थापना लागत र नेटवर्क पावर खपतको फुटप्रिन्ट लगातार घटाउँछ ।
ह्वावे क्लाउडले सबै कुरालाई सेवा रणनीतिको रूपमा प्रस्ताव गरेको छ र ह्वावेको ३० वर्ष भन्दा बढी प्राविधिक विशेषज्ञता र डिजिटल रूपान्तरण अनुभव क्लाउड सेवाहरू मार्फत उपलब्ध गराएको छ ।
यसको मतलब क्लाउडमा ह्वावेको डिजिटल पूर्वाधार क्षमताहरूमा पहुँच अब पानी र बिजुली जस्तै सजिलो, किफायती र दिगो रहने छ ।
डिजिटल रूपान्तरण, डिजिटल प्रतिभा र नयाँ व्यापार मोडेलहरू सबै दुर्गम क्षेत्रहरूमा सन्तुलित विकासका लागि आवश्यक छन् ।
ह्वावेले २०२५ सम्ममा सुधारिएको आइसिटीपूर्वाधारको साथ कम्पनीले ५०० मिलियन मानिसहरूलाई डिजिटल वित्तीय सेवाहरू र ५००,००० मानिसहरूलाई समावेशी शिक्षाको आनन्द लिन सक्षम बनाउन साझेदारहरूसँग काम गर्ने कुरा अघिल्लो घोषणामा जानकारी गराएको थियो ।
कम्बोडिया, आइटियूको पहिलो पिटूसी साझेदार देशमा, ह्वावेले हुलाक तथा दूरसञ्चार मन्त्रालय र विश्वविद्यालयहरू मार्फत सरकारी विभागहरूसँग मिलेर आगामी पाँच वर्षमा आइसिटीपेशेवरहरूलाई १०,००० तालिमका अवसरहरू उपलब्ध गराउनेछ ।
ह्वावे समावेशी विकासको लागि प्रतिबद्ध छ । आफुले चलिरहेको प्राविधिक इनोभेसन मार्फत ह्वावेले दुर्गम क्षेत्रहरूमा डिजिटलाइजेसनको उच्च स्तरमा योगदान दिइरहेको छ, सबैलाई डिजिटल जीवनको सुविधाको आनन्द उठाउन सक्षम बनाउँदै र विश्वव्यापी डिजिटल अर्थतन्त्रको सन्तुलित विकासलाई बढावा दिइरहेको छ ।
अपडेट
इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने
डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।
यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर
भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा से…
साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका
नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्…
सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर
इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वर्ल्डलिंक २०२२ को उपलक्ष्यमा आफ्ना …
सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित
आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दा…
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको क…
आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट
आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फ…
माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने
माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।…
एनसेलको नयाँ प्रिपेड प्लान सार्वजनिक, यस्ता छन् सुविधा
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहक…
दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह
दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह …
निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणन…
के हो एससीटीको फास्ट बैंकिङ सेवा ? कसरी छ सुरक्षित ?
मंसिर १ गते नेपालको वित्तिय क्षेत्रलाई डिजिटाइज गर्न विगत २० वर्षदेखि काम गरिरहेको…
ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय स…
आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ?
फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभ…