अपडेट
स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिलाई बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने बताएको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले स्मार्टलाई नियन्त्रणमा लिनु अगाडि स्मार्ट टेलिकम प्रालिबाट संस्था वा व्यक्तिलाइ तिर्न/बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने स्प्षट पारेको हो ।
सूचनामा भनिएको छ, ‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि (मिति २०८०/०१/२१ गते) स्मार्ट टेलिकम प्रा. लि. बाट संस्था/सर्वसाधारण व्यक्तिलाइ तिर्न/बुझाउनु पर्ने बक्यौता निज प्रालि कै दायित्व भएको हुँदा सम्पूर्ण दायित्व स्वयम् स्मार्ट टेलिकम प्रालि नै व्यहोर्नु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
स्मार्ट टेलिकमले नवीकरण दस्तुर र बक्यौता सरकारलाई नबुझाएपछि गत वैशाख ३ गते स्मार्टको लाइसेन्स स्वतः रद्द भएको थियो ।
नेपाल सरकार, प्राधिकरण तथा अन्य संस्थाहरुलाई तिर्न बुझाउनु पर्ने रकम असुल उपर गर्नका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम निजको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल गत वैशाख २१ गतदेखि प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
अपडेट
इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्…
प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गर्ने…
प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई…
बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न
नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आ…
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ…
सूचना प्रविधिमा आधारित कुन-कुन क्षेत्रहरु समेटिए ? (सूचीसहित)
काठमाडौं। सरकारले सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा स्मार्ट तरि…
बिगमार्टमा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट
आइएमई पेले बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।
अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने
सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनीक प्रविध…
बैंक खाता खोल्न, सवारी लाइसेन्स र प्यान लिन अब राष्ट्रिय परिचय पत्र नम्बर चाहिने
सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ ।
नवप्रवर्द्धन तथा आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा
सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ ।
सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।
<…इन्टरनेटबाट हुने कारोबारलाई करको दायरमा ल्याइने
इन्टरनेटबाट हुने कारोबारलाई नियमन र करको दायरमा ल्याइने भएको छ ।
…अब वडाबाटै अनलाइन सेवा उपलब्ध हुने
अब सरकारले वडाबाटै अनलाइन सेवा उपलब्ध गराउने भएको छ ।
सरकारले शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधि…