कीवर्डहरू -

अपडेट

विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन

५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरणले समयमा लाइन नदिँदा मंगलबार साँझदेखि ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट डाउन भएको हो ।

सरकारी वेबसाइट डाउन भएपछि अनलाइनमार्फत गरिने अत्यावश्यकीय सबै सेवाहरु प्रभावित हुन पुगेका छन् । यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’  करिब २ घण्टा प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अबरुद्ध भएपछि विमानस्थल अध्यागमनले यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ गरेर गर्न सुरू गरेको  विमानस्थल अध्यागमनका प्रुमख रामबाबु सेवेदीले बताए ।

उनका अनुसार अब बुधबार मात्रै यात्रुको डिटेल अनलाइनमा इन्ट्री गर्ने गरी सेवा दिन थालिएको हो। उनले भने, 'लामो लाइन लागेपछि र यात्रुको फ्लाइट नै छुट्ने भएपछि सर्भर कतिखेर आउँछ भनर पर्खेर बसेनौं। यात्रुलाई म्यानुअली नै इन्ट्री गरेर पठायौं।’

यता, सरकारी सरकारी वेबसाइटहरु डाउन हुनुको कारण भने बडो विरक्त लाग्ने किसिमको छ । सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलले सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति नगरेको बताउँछन् ।

उनी भन्छन्, 'सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि सूचना प्रविधि केन्द्रमा लाइन आएन। तर, लाइन नआएपछि केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरेको थियो। साँझसम्म चलिरहेको जेनेरेटर तात्दै गयो र चल्न छाड्यो। योसँगै सरकारको डेटा सेन्टरमै विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएर ‘सर्भर डाउन’ हुन पुगे ।'

उनका अनुसार विद्युत प्राधिकरणले अझैसम्म पनि समस्या समाधान गरेर लाइन दिएको छैन। करिब एक मेगावाटको बिजुली खपत गर्ने जेनेरेटर घण्टौं चलिरहन नसक्‍ने भन्‍दै उनले जेनेरेटर तातेपछि समस्या आएर बन्द भएको स्वीकारे ।

पौडेलका अनुसार विहानदेखि बिजुली आउने-जाने समस्या देखिएको थियो । दिउँसो १२-१ बजेबाट सबस्टेसनबाट बिजुली आपूर्ति बन्द भयो ।जेनेरेटर समेत लामो समय चलाउँदा तातेपछि बन्द गरिएको उनको स्पष्टीकरण छ। प्राधिकरणले विद्युत आपूर्ति फेरि सुरू गर्न समय लगाएको उनको गुनासो छ।

यस्तै नेपाल विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख मनोज सिलवाल सिंहदरबारको सबस्टेसनको २ नम्बर फिडरमा दिउँसो एक्कासी ‘फल्ट’ आउँदा ब्रेकर पड्किएपछि सबस्टेसनमा आगलागी भएको बताउँछन् । त्यसका कारण सिंहदरबारमा लाइन आपूर्ति प्रभावित भएसँगै अन्य कार्यालयका लागि वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति गरिए पनि सूचना प्रविधि केन्द्रलाई बिजुली दिन नसकिएको उनको भनाइ छ ।

‘केन्द्रले सबस्टेसनको प्यानलबाटै डेडिकेटेड लाइन लिएकाले वैकल्पिक माध्यमबाट लाइन दिन सम्भव भएन,’ उनले भने,‘केन्द्रको जेनेरेटरले साँझसम्म धानेको थियो, अहिले जेनेरेटरको केबलमा समस्या देखिएकाले सर्भर डाउन भयो ।’ केहीबेरमा नै सबस्टेसनमा देखिएको समस्या समाधान गरेर लाइन दिन थालिने उनको भनाइ छ ।

अपडेट

लुलु मनीबाट अब इसेवामा रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्…

वेबसाइटबाटै यसरी गर्नुस् निःशुल्क भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न आफ्ना कर्मचारीलाई गूगलको चेतावनी 

गूगलले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबट बार्डले जेनेरेट गरेको कोड प्रयोग नगर्न चेता…

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित …

कनेक्ट आईपीएसबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा २ हजारसम्म क्यासब्याक

कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ ।…

आइएमई पेबाट एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक…

इसेवाबाट पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन…

वान एक्स बेटको प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको …

प्राइम कमर्सियल बैंकको सहकार्यमा फोनपेद्वारा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न न…

मेटाको नयाँ एआई स्पीच टुल सार्वजनिक, उच्च गुणस्तरको अडियो क्लिप उत्पादनमा सघाउने

मेटाले प्रयोगकर्ताका लागि जेनेरेटिभ एआई स्पीच टुल ल्याएको छ । यो स्वीच भ्वाइसबक्सको …

एनसेलको नयाँ अफर, २५ रूपैयाँमा अनलिमिटेड भ्वाइस प्याक सुविधा

एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अ…

नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित

नोभेम्बर ३०, २०२२ मा च्याटजीपीटी सार्वजनिक भयो । सार्वजनिक भएपछि यसको लोकप्रियता ब…

आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक

आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न

फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई  असा…

डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता 

डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौत…