अपडेट
‘नेपालमा विग डेटाको प्रयोग भएकै छैन’
नेपालमा हालसम्म बिग डेटाको प्रयोग नभएको सरोकारवालाहरुले जोड दिएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिन डाटा गभर्नेन्स एण्ड सेक्यूरिटी फर डिजिटल क्यापाबलिटीज सेशनमा बोल्दै सरोकारवालाहरुले नेपालमा डेटाको प्रयोग र सुरक्षा निक्कै कमजोर रहेको बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निमित्त तथ्याङ्क प्रमुख डा। हेमराज रेग्मीले नेपालमा बिग डेटाको प्रयोग राम्रोसँग नभएको बताए ।
उनले भने, ‘डेपुटी प्रमुख तथ्यांक अधीकारी, राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालमा बिग डेटाको प्रयोग राम्रोसँग भएको छैन। वि।सं। २०२८ मा जनगणना गर्न नेपालमै पहिलो पटक कम्प्युटर प्रयोग भएको थियो। पहिलो पटक कम्प्युटरको प्रयोग भएपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले आईटीको प्रयोग राम्रोसँग गर्न सकेको छैन।’
राष्ट्रिय तथ्यांक कार्यालयले आईटीको प्रयोग राम्रोसँग गर्न नसक्नुमा केही कानुनी बाध्यता पनि रहेको उनले स्वीकारे।
उनले भने, ‘ स्रोत साधनको कमी हुँदा प्रविधिको प्रयोग राम्रोसँग गर्न सकिएको छैन्,’ उनले भने, ‘तर सीमित स्रोत साधनका बाबजुद पनि सकेसम्म सूचना प्रविधिको प्रयोग गरिरहेका छौं । डेटा सेयर गर्न कानुन बाधक रहेको छ।’
यस्तै उनले सरकारले आर्थिक वर्षको बजेटमा ३३ जिल्लामा भएका तथ्याङ्क कार्यालय खारेज गर्नुले झन डेटा संकलन, विश्लेषण र कार्यान्वयनमा प्राथमकिता नराखेको हो की भन्ने प्रश्न उब्जिएको बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०८०र८१ को बजेटमा ३३ जिल्लामा भएका तथ्यांक कार्यालय खारेज गर्ने भनिएको छ। त्यसको ठाउँमा प्रदेश कार्यालय स्थापना गर्ने भनिएको छ। यसले गर्दा राज्यले डेटालाई प्राथमिकतामा नराखेको हो की भन्ने प्रश्न उब्जिएको छ।’
यस्तै एक ठाउँमा मात्रै डेटा सेन्टर हुँदा डेटा सुरक्षामा दिनदिनै प्रश्न उठ्ने गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक दिप शर्मा पौडेलले बताए।
उनले भने, ‘एक ठाउँमा मात्रै डेटा सेन्टर हुँदा डेटामा पटक(पटक सुरक्षामा प्रश्न उठेको छ। जति धेरै ठाउँमा डेट सेन्टर भयो त्यति नै धेरै डेटा सुरक्षित हुन्छ। तर, हाल हेडौंटामा मात्रै डेटा सेन्टर छ।’
सरकार यही डेटा नभएकै कारण कमजोर हुँदै गएको भन्दै अब हिमाली भेगमा डेटा सेन्टर राखेर नेपाललाई डेटा सेन्टर हब बनाउन सकिने बताए। तर पूर्वाधार बनाउन निक्कै चुनौती रहेको पनि उनको भनाइ छ।
‘नेपालको हिमाली भेगमा डेटा सेन्टर राखेर नेपाललाई डेटा सेन्टर हब बनाउन सकिन्छ। तर यसमा केही चुनौती छन्। त्यो ठाउँमा कनेक्टिभिटी र विद्युत पुग्छ की पुग्दैन रु त्यो चुनौती छ। हामी पूर्वाधारमा कमजोर छौं। अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्र गाली खाने ठाउँ मात्रै भएको छ।’
यस्तै सूचना तथा सञ्चार प्रविधि क्षेत्र मानिसको अभिन्न अंग जस्तै भइसक्दा पनि शहरी भन्दा नेपालको गाउँको अवस्था डेटा सुरक्षा जनचेतना कमजोर रहेको एनसेलको चिफ इन्फर्मेसन अफिसर विशाल मनि उपाध्यायले बताए ।
उनले भने, ‘ सूचना तथा सञ्चार प्रविधि क्षेत्र मानिसको लाइफस्टाइल भइसकेको छ। एनसेलले ग्राहकको डेटा सुरक्षा र गोपनीयतामा ध्यान दिएको छ। शहरमा डेटा सुरक्षा जनचेतना केही भएपनि गाउँको अवस्था भने डेटा सुरक्षा जनचेतना कमजोर छ।’
उनले दूरसञ्चार सेवा प्रदायकहरुले दिएको सिमको मोबाइल नम्बर जथाभावी दिएकाले डेटा सुरक्षामा चुनौती देखिएको बताए। तर, एनसेलले भने डेटा सुरक्षा र गोपनीयतामा ध्यान दिदै आएको उनको भनाइ छ।
‘शहरमा भन्दा गाउँमा धेरैले इमेल र मोबाइल नम्बर जहाँ पायो त्यही दिन्छन्। त्यसमा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘ नेपालको टेलिकम क्षेत्र सुरक्षित भएपनि पर्योग गर्ने तरिकामा भर पर्छ। तर एनसेलले डेटाको गोपनीयतामा ध्यान दिँदै आएको छ।’
यता, कुनै पनि सिस्टम सुरक्षित हुन पुरै डेटा सुरक्षित हुनुपर्ने एनआईसी एसिया बैंकका साइबर तथा डिजिटल इन्नोभेसन प्रमुख नरेन्द्र मैनालीले बताए। नेपालका बैंकिङ क्षेत्रमा डेटा सुरक्षा कमजोरी रहेको उनको भनाइ छ।
उनले भने, ‘ कुनै पनि सिस्टम सुरक्षित हुन पुरै डेटा सुरक्षित हुनुपर्छ। नेपालको बैंकिङ क्षेत्रमा केही सुरक्षा कमजोरी छन्।’
अपडेट
ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षे…
दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड
दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरू…
समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पा…
डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आ…
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २…
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन …
नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका
नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभिय…
क्रोमको इन्कग्निटो मोडमा पनि अब स्क्रीनसट लिन सकिने
ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोष…
सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने
सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नय…
असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा
नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ …
नयाँ नयाँ चलचित्र प्रदर्शन गर्दै डिशहोम
बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्ल…
इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका
इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै…
अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगा…
महालक्ष्मी विकास बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा विभिन्न संस्थाका सेवामा विशेष छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्…