कीवर्डहरू -

अपडेट

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा  दूरसञ्चार  सेवाको वर्तमान  अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्रिया कार्यक्रममा उनले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताए । मुख्यमन्त्री पाण्डेले भने, 'दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ ।'

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले दू्रतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उनको छ । 'हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ', मुख्यमन्त्री पाण्डेले भने, 'अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।'

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उनले सुझाव दिए । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उनले राखे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा  जोड दिए । हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल  बनाउन सकेनौँ भने हामी पछि परेको डा न्यौपानेले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनालले गुणस्तरीय सेवाका लागि सबैको चासो भएकाले त्यसतर्फ हाम्रो ध्यान जाने विश्वास दिलाए ।  नियमित विद्युत् सेवा प्राप्त हुनसकेन भने यो सेवा प्रभावकारी बन्न नसक्ने भएकाले विद्युत् प्राधिकरणको सहयोग पनि आवश्यक रहने भनाइ उनको छ ।

मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर सञ्चालनको तयारी पनि दूरसञ्चार प्राधिकरणले सुरु गरेको जानकारी अध्यक्ष खनालले दिए । प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले  दूरसञ्चार क्षेत्रमा देखापरेको समस्या, वास्तविकताका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।

अपडेट

एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…

स्प्यारो र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने


स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएसबाटै दिने गरी राष्ट्रिय परीक्षा बोर्डस…

ललितपुर महानगरका घरहरू अब \'मेट्रिक\' ठेगाना प्रणालीमा

ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । …

च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध

च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ  । हालै…

केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक …

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनो…

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली

बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…

पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …

गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने

गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरे…

इसेवाबाट जीवन बीमा नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण…

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …

१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम 

डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ …

धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान 

धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको …

९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्…