अपडेट
एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अर्ब रूपैयाँ आम्दानी गरेको छ ।
केयर रेटिङ नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ ।
उक्त आम्दानी मध्ये वर्ल्डलिंकले ४१ प्रतिशत रिटेल ग्राहक र ७ प्रतिशत कर्पोरेट ग्राहकबाट आम्दानी गरेको छ । सन् २०२० भन्दा सन् २०२१ मा वर्ल्डलिंकले आफ्नो आम्दानी बढाएको छ । २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रहेकमा सन् २०२१ मा झण्डै ८ अर्ब कमाएको छ ।
वर्ल्डलिंकले सन् २०२२ को नौं महिनामा ६ अर्ब ७२ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ । २६ वर्ष अगाडि स्थापना भएको वर्ल्डलिंकले ३१ प्रतिशत बजारहिस्सा ओगटेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमआईएस रिपोर्ट अनुसार वैशाखसम्म वर्ल्डलिंकका ६ लाख ३० हजार २९६ जना ग्राहक रहेका छन् । नेपालभित्रै कुल ब्याण्डविथको ४० प्रतिशत वर्ल्डलिंकले मात्र खपत गर्दै आएको छ ।
वर्ल्डलिंकले ७० बढी जिल्लामा १४० शाखा स्थापना गरेको छ भने १० हजार बढी कार्यालयमा इन्टरनेट जडान गरेको छ । कम्पनीले अहिलेसम्म १३ हजार ६४६ किलोमिटर फाइबर विस्तार गरेको छ ।
वर्ल्डलिंकले सन् २०२२ मा १४० स्थानमा नेटवर्क स्थापना गरेको छ भने सन् २०२३ मा १२० ठाउँमा नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । वर्ल्डलिंकमा सन् २०१९ मा बेलायतको सीडीसी ग्रुपले १२ मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।
अपडेट
नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान
ह्वावे सिड्स फर द फ्युचर २०२२ मा छनौट गरिएका ७ जना नेपालबाट बैंककका लागि प्रस्थान …
आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट
आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । …
नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …
ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रे…
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने
सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…
ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी
ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…
हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…
चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिट…
नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण
काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जि…
नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने
नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति
सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …
क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस्
क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…
सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै
दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…