अपडेट
इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता
मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ।
बैशाख १, २०७९ बाट प्रारम्भ भएर श्रावण ४, २०७९ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रर्वद्धृन गरेको थियो ।
“बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ“ मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु. ५,००० प्रदान गरिएको थियो।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु. ५०,००० व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना-रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा खुसी भएको बताए ।
'रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन,' उनले भने, 'त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।'
इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री -डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर लिएर आइसकेको छ ।
विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २००को बोनस समेत प्राप्त गर्न सक्नेछन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अपडेट
एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…
टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने
सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…
डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…
‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…
मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक
मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! प…
सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…
लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…
हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…
अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै…
सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न
सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ …
विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…
इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । …
ठमेल बजार तार रहित बनाइदै
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …
ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…