अपडेट
इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन
इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बनाउन अध्ययन समितिमार्फत काम हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव चूडाराज ढकालको संयोजकत्वमा समिति बनाएर काम अघि बढाएको छ ।
समितिले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाबारे अध्ययन गरेर सुझाव दिने छ । मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले इम्बोस्ड नम्बर प्लेटबारे सबैको चासो बढेपछि त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको बताए ।
लाइसेन्स वितरण प्रणालीमा भएको ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई सहज बनाउन पनि समितिले अध्ययन गरी सुझाव दिने भएको छ ।
अध्ययन समितिका सदस्य एवं यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, ‘हामी अध्ययनमै छौँ । विशेषगरी लाइसेन्स वितरणलाई कसरी सहज बनाउने र इम्बोस्ड नम्बर प्लेटका बारेमा उठेका प्रश्नको सम्बोधन कसरी हुनसक्छ त्यसको सुझाव पेस गर्ने हो ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाबारे छलफल अघि बढाएको छ ।
अध्ययन समितिको सुझाव आएपछि अघि बढ्न सहज हुने मन्त्रालयले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट देवनागरीमै लेख्नुपर्ने दबाब मन्त्रालयलाई परेको छ ।
यातायात व्यवस्थापन र लाइसेन्स वितरणको अधिकार प्रदेश सरकारको भएकाले पनि कार्यान्वयनमा अन्योल देखिएको विभागको दाबी छ ।
विभागका महानिर्देशक राउतले भने, ‘लाइसेन्सका समस्यालाई छिटो छरितो बनाउन प्रदेशको भूमिका बढी छ तर काम भएको छैन । यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि अध्ययन भइरहेको छ । सुझाव पेस हुन बाँकी छ ।’
तर समितिले कति समय काम गर्ने भन्ने कुरा तोकिएको छैन । जतिसक्दो छिटो प्रतिवेदन दिनेगरी काम भएको उनको भनाइ छ । हाल विभागसँग करिब एक लाखप्रति लाइसेन्स वितरण गर्न बाँकी छ । गोरखापत्रबाट
अपडेट
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…
आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डक…
कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?
मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्…
एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…
खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने
‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…
नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…
गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक
गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…
मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार
जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…
चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला
रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्…
पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री
राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…
एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त
एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…
स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने
स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…
सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…
ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने
ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…