कीवर्डहरू -

अपडेट

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो ।

शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए । तराई मधेसका युवा युवतीमा सबभन्दा ठुलो समस्या भनेको बालविवाह हो ।

बालविवाहका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था देखिएको वर्ल्ड लिंकले जनाएको छ । त्यहाँका बालबालिकामा यौन प्रजनन सम्बन्धी शिक्षाको पनि अभाव देखिएको कारण बालबालिकालाई शिक्षाको जनचेतनामार्फत जागरूक गराउन सानो प्रयास गरिएको वर्ल्ड लिंकका निर्देशक मनोज अग्रवालले बताए ।

छ दिनसम्म चलेको प्रशिक्षणमा यौन प्रजनन, आत्म रक्षा, आत्मविश्वास, महिला शिक्षालगायतका विषयमा बालबालिका प्रशिक्षण दिएको उनले बताए । आफ्नो रक्षा आफै कसरी गर्ने त्यस सम्बन्धी पनि प्रशिक्षकबाट प्रशिक्षण दिइएको थियो ।

समाजमा रहेका बालबालिकाको आत्मविश्वास कसरी बढाउन सकिन्छ, त्यसको बारेमा पनि प्रशिक्षण दिएको उनले बताए । यो प्रशिक्षणबाट बालबालिकामा आत्मविश्वास अवश्य बढेको बताउँदै उनले महिलाहरूलाई जनचेतनामार्फत कसरी माथि उकास्न सकिन्छ त्यसको बारेमा पनि प्रशिक्षकबाट जानकारी गराइएको उनले बताए ।

वर्ल्ड लिंकका अनुपा जलालको अध्यक्षतामा भएको समापन कार्यक्रममा विभिन्न वक्ताहरुले महिला सशक्तिकरणको विषयमा आफ्ना धारणा राखेका थिए ।

अपडेट

स्काइवर्थको दशैं तिहार अफर, सामान खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ …

१४ हजार ९९९ रूपैयाँमा ३२ इन्चको यसुदा टिभीसहित एक वर्षको नेटटिभी र सेटअप बक्स सुविधा  

नेटटिभीले दशैंलाई लक्षित गर्दै  ‘NETTV fesTVty’ अफर  ल्याएको छ । दशैँ अफरमा नेटट…

राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार

गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुर…

दशैंलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ अफर, १०५० रूपैयाँमा राउटर र २०० एमबीपीएस इन्टरनेट

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको चाड दशैंलाई लक्…

‍आइसिटी अवार्ड २०२२ को ई-कमर्श पार्टनरमा दराज

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी …

डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमल…

इन्फ्लुएन्सरसँग सनवे कजेलको अन्तर्क्रिया

काठमाडौंको सनवे कलेजले बुधबार समाजिक संजालमा प्रभाव राख्ने  विभिन्न क्षेत्रहरुका  …

दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’, नि:शुल्क प्रवेश र थुप्रै मनोरन्जनात्मक क्रियाकलाप

दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। य…

प्रभु बैंकमा खाता खोल्दा डिशहोमका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रद…

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । दशै, तिहार र छठ पर्वला…

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै ग…

डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै

डिभाइसहरुमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग भइरहेको पाइए…

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ…