कीवर्डहरू -

अपडेट

युएईबाट इसेवा मनि ट्रान्सफरमार्फत पैसा पठाउने श्रेष्ठलाई घर हस्तान्तरण

इसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूणर्बहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बिच कम्पनीले घरको हस्तान्तरण गरेको थियो ।

उक्त कार्यक्रम इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको थियो ।

इसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरका कार्यरत पूणर्बहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूणर्बहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु ।

इसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।

डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जित्नु भएकामा पूणर्बहादुर श्रेष्ठ र उनको परिवारलाई बधाई दिँदै भने, ‘ हामीले जुन उदेश्यका  साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको  उत्साहजनक सहभागिता रह्यो । आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।'

कार्यक्रममा बोल्दै एफवानसफ्टका अध्यक्ष विश्वास ढकालले प्रवासी नेपालीहरुसंग भावनात्मक रूपमा जोडिनुको ठूलो महत्त्व रहेको भन्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै आप्रवासी नेपालीहरूको लागि कम्पनीको सहयोग र उनीहरूको आवाज बन्ने प्रतिज्ञामा एफवानसफ्ट सधैँ अडिग रहने बताए ।

प्रवासी कामदार र तिनका परिवारलाई सहयोग गर्नुपर्ने कुरालाई महत्वको विषय मानेर उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरुलाई सहयोग गर्न प्रति सरकारले ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिँदै आप्रवासी कामदारहरुमा आयको सम्भावनाहरु बढाउन र उनीहरुलाई आफ्नो सपना पूरा गर्न सक्षम बनाउनका निम्ति सीप विकासमा ध्यान दिन पनि सुझाव दिए  ।

साथै ढकालले प्रवासी परिवारलाई सहयोग पुर्याउन विभिन्न संघ संस्थासँग सहकार्य गर्न कम्पनी इच्छुक रहेको बताउँदै यस क्षेत्रमा परिवर्तन ल्याउने आफ्नो प्रतिज्ञामाथि पनि  प्रकाश पार्दै यस अभियान अन्तर्गत इसेवा मनी ट्रान्सफरले आफ्नो प्रयास जारी राख्ने बताउँदै एफवान सफ्टले अर्को वर्ष पनि भाग्यशाली विजेतालाई सपनाको घर उपहार दिने घोषणा गरे ।

बम्पर पुरस्कार विजेता पूणर् बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे । आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए ।

उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनि ट्रान्स्फरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना मा संलग्‍न सबैलाई धन्यवाद दिए ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

अपडेट

काठमाडौं महानगरको बजेटः सबै सेवा अनलाइनबाटै दिने, आफ्नै ई-कमर्स पोर्टल ल्याउने 

काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीबाट…

बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरील…

अब वेबसाइटबाटै नबिल बैंकको एनबैंक चलाउन सकिने, के के लिन सकिन्छ सेवा ?

नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैं…

‘नेपाल अझै डिजिटली रुपमा सक्षम भएको छैन’

विश्वका धेरै देशले डिजिटल प्रविधमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम …

‘नेपालमा विग डेटाको प्रयोग भएकै छैन’

नेपालमा हालसम्‍म बिग डेटाको प्रयोग नभएको सरोकारवालाहरुले जोड दिएका छन्। डिजिटल न…

‘डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयन अझै कमजोर छ’

नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयनमा कमजोर रहेको सरोकारवालाहरु…

डिजिटल अवसर र उद्यमशीलतालाई जोगाउनै कठिन, युवा र स्टार्टअपलाई प्रोत्साहनको खाँचो

नेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन स्टार्टअप कम्पनी र युवा जनशक्तिलाई ज…

ह्वावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिनः नवप्रवर्द्धन, उद्यमशीलता, सुरक्षा र नेतृत्वमा बहस हुँदै

ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ दोस्रो दिन पनि जारी रहेको छ । शुक्रबारदेखि सुरू …

ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षे…

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड

दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरू…

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पा…

डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आ…

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २…

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन …

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभिय…