कीवर्डहरू -

अपडेट

ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिइरहेका छन् ।

विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिपयले त प्रयोग गरेर हेर्नकै लागि भए पनि यो एपलाई डाउनलोड गरिरहेका छन् ।

तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् खासगरी ट्राफिकले सवारीसाधनको चिट काट्दा नागरिक एपमा भएको लाइसेन्स देखाउँदा चिन्दैनन्। ट्राफिक प्रहरीले भौतिक रुपमै लाइसेन्स माग्छन् र नागरिक एपमा भएको लाइसेन्स नक्ककली हुन सक्‍ने दाबी गरिदिन्छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट भन्छन्, ‘हामीलाई भौतिक रुपमै लाइसेन्स देखाएर कारबाही गर्नू भनेर यातायात व्‍यवस्थाको नियमले भनेको छ। अब नागरिक एमा भएको लाइसेन्सको कसरी विश्वास गर्नु की सक्कली हो। त्यसकारण हामीलाई भौतिक रुपमै लाइसेन्स देखाउन लगाउने बाध्यता छ।’

यसबारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीले भने आफूहरुले यसलाई नै आधिकारिक मानेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक प्रहरी कार्यालय स्वयमले पत्रकार सम्‍मेलन गरेर नागरिक एपबाट लाइसेन्स देखाउँदा हुन्छ भनेको अवस्थामा अहिले हुन्न भन्नु सरासर गैरजिम्मेवारपन हो। यसबारेमा हामी ट्राफिक प्रहरीसँग समन्वय गर्छौं।’

उनका अनुसार नागरिकलाई सहजताका लागि नागरिक एप सरकारले नै ल्याएकाले ट्राफिक प्रहरीलगायत मातहतका नियकाहरुले त्यहाँ भएका कागजातहरु सक्कली हुने विश्वास राख्नुपर्दछ। उनले भने, ‘हामी यसविषयमा यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक कार्यालयसँग पुन: छलफल गर्ने तयारीमा छौं।’

हालसम्म नागरिक एपमा झण्डै २० लाख पटक डाउनलोड भइसकेको छ जसमा एन्ड्रोइडतर्फ करिब १६ लाख र आइओएसतर्फ साढे ३ लाख बढी पटक डाउनलोड गरिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक राजेश पोख्रेलले बताए ।

उनले भने, ‘नागरिक एप चलाउने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दैछ। हामी तत्काल निर्वाचन आयोगको भोटिङ कार्ड पनि हेर्न हेर्न सक्‍नेछन् ।’  उनका अनुसार अब हुने कुनै पनि चुनावमा सर्वसाधारणले नागरिक एपबाटै भोट हाल्न सक्नेछन् भने भोटर कार्ड, नागरिकता, पासपोर्ट हेर्न सक्‍नेछन् ।

अपडेट

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…

सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार 

खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान …

अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो  ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…

ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…

लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक

सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…

एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने

एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ  । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच 

एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…

अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ

अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं …

नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल …

स्थानीय भाषामा डोमेन प्रणाली व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ ।…

नयाँ वर्षको अवसरमा बससेवाको सुनको हार उपहार, अग्रिम टिकट काट्नेलाई प्राथमिकता

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २…

जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड

जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा…

११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या ११ लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मा…

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक ह…