अपडेट
ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।
नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ।
आफ्ना ग्राहकहरुलाई अब वल्र्डलिंको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो ।
यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वल्र्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।
स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले पाउँछन् मनी ब्याक ग्यारेन्टी
वल्र्डलिंकका ७ लाख ८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने जानकारी गराइन्छ ।
हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन्। यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।
कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवा बाट जानकारी गराउनु पर्नेछ।
वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहक को ठेगाना मा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।
कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।
यदि इन्टरनेट स्पिड स्लो हुँदा वल्र्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।
५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर
वल्र्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन्।
यसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वल्र्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने छ ।
वल्र्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखी आफ्नो उपस्थिती रहेको वल्र्डलिंकको पहुँच ७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी गराउँदछ।
अपडेट
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २…
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन …
नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका
नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभिय…
क्रोमको इन्कग्निटो मोडमा पनि अब स्क्रीनसट लिन सकिने
ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोष…
सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने
सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नय…
असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा
नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ …
नयाँ नयाँ चलचित्र प्रदर्शन गर्दै डिशहोम
बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्ल…
इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका
इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै…
अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगा…
महालक्ष्मी विकास बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा विभिन्न संस्थाका सेवामा विशेष छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्…
विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन
५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरण…
कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने
कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यसअनुसार प्रयोगकर्ताह…
फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी
फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी गर्ने सम्झौता गरेको छ ।
शुक्रबार र शनिबार ह्वावे डिजिटल नेपाल कन्क्लेभ, ६ विषयमा १५ बढी सेसन
असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ …