अपडेट
स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार
एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्रणालीलाई इन्नोभेटिभ डिजिटल प्रणालीबाट सुधार गर्ने उद्देश्यले बैंकले च्यालेञ्ज आयोजना गर्न लागेको हो ।
डिजिटल पेमेन्ट, इन्स्योरटेक, एक्सेस टु हेल्थ स्किम र फ्रड डिटेक्सन थिममा रहेर आवेदन दिन सकिने छ । यी थिममा आधारित रहेर काम गरिरहेका डिजिटल स्टार्टअप वा आईडियाले आवेदन दिन सक्ने छन् । आवेदन सोमबारसम्म मात्रै दिन सकिने छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि शर्ट लिष्ट र पिचिङको प्रक्रिया सुरू हुनेछ ।
डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज छनौट भएका २ वटा स्टार्टअपले एशियाली विकास बैंक र विकासशील देशको सरकारसँग डिजाइन तथा कार्यान्वयनका लागि नजिक रहेका काम गर्न पाउने छन् ।
यस बाहेक उत्कृष्ट स्टार्टअपलाई २० हजार अमेरिकी डलर बराबरको ग्राण्ट र एडब्लुएसको क्रेडिट समेत प्रदान गरिने छ । सहभागीले मेन्टरसीप र नेटवर्किङको अवसर पाउने पनि जनाइएको छ ।
एशिया र प्यासिफिक क्षेत्रका केही देशले सार्वजनिक स्वास्थ्य प्रणालीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र किफायतीता बढाउन विश्वव्यापी स्वास्थ्य कभरेजको वित्तपोषण गर्ने लक्ष्य हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन् । त्यसैलाई कम गर्न एडीबीको यस च्यालेञ्जको सुरूवात गरेको हो ।
एशियाली विकास बैंकले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्जका लागि डालबर्ग, आईक्युभीआईए र अमेजन वेब सर्भिसेससँग सहकार्य गरेको छ ।
अपडेट
थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?
मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अप…
स्न्यापड्रयागनको नयाँ प्रोसेसर एक्स इलाइट घोषणा, एप्पलकोभन्दा ५० प्रतिशत फास्ट हुने दाबी
क्वालकमले कम्प्युटरका लागि नयाँ प्रोसेसर स्न्यापड्रयागन एक्स इलाइटको घोषणा गरेको छ । बुधबार क्वालकमले स्न्यापड्रयागन एक्स इलाइट प्रोस…
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।
सुपर एप बन्दै पठाओ, लोगो समेत परिवर्तन
राइड सेयरिङ/हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक…
ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, डिजिटल दक्षिणा दिदा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिन…
लाखौं खर्च गरेर सामुदायिक विद्यालयमा राखिएका विद्युतीय हाजिरी मेसिन केही महिनामै बिग्रिए
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सक…
१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । …
रियलमीको दसैँ फोटो कन्टेस्ट सुरू, विजेतालाई आकर्षक पुरस्कार
सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ…
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शी…
अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने
अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने भएको छ । गुगलको (सर्च जेनेरेटिभ एक्सपिरियन्स) सुविधाको सहयोगमा एआई इमेज बनाउन सम्भव हुनेछ ।
…होटेल एन्ड होमको वेबसाइटबाट होटल बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ । यसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका …
एनसेलको दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाइने
चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस…
१५५ देशमा सञ्चालित बोटिम अल्ट्रा एपबाट अब आईएमई पेमा सोझै रेमिट्यान्स पठाउन सकिने
नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम …
नेपाल लाइफको दशैंलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार
नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरु…
डिजिटल मिडिया सोसाइटी गठन
डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भ…