कीवर्डहरू -

रियलमीको दसैँ फोटो कन्टेस्ट सुरू, विजेतालाई आकर्षक पुरस्कार

रियलमीको दसैँ फोटो कन्टेस्ट सुरू, विजेतालाई आकर्षक पुरस्कार

सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । 

यस दसैँ  फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्बिर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । र साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक  प्राप्त गर्ने  फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दसैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ । 

यस दशैँमा रियलमी फोटो कन्टेस्टमा सहभागी भई आकर्षक उपहार जित्ने यो अवसरलाई नगुमाउन कम्पनीले आग्रह गरेको छ ।