कीवर्डहरू -

अपडेट

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’

नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । शुक्रवारसम्म कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका हुन् । रिट निवेदकहरूले टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी गरेका छन् ।

नेपालमा लोकप्रिय बनेको टिकटक बन्द हुँदा यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहे पनि नेपाली इन्टरनेटमा बन्द गरिएको यो मात्रै चाहिँ होइन । नेपालमा इन्टरनेटको नियामक निकायको रूपमा काम गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा पाँच लाखवटा भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द भइसकेका छन् ।

नेपालमा कुनकुन साइट खोल्न सकिँदैन ?

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा बन्द गरिएका सबैभन्दा धेरै वेबसाइट र अनलाइन एप्लिकेशनहरूमा ‘पोर्नोग्राफिक’ भनिने अश्लील वा यौन सामग्रीसँग सम्बन्धित छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै देशभरि प्रदर्शनहरू भइरहेका बेला विसं २०७५ सालमा सरकारले “इन्टरनेटमा उपलब्ध हुने अश्लील सामग्रीका कारण यौन हिंसाका घटना बढेको“ भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसयता यस्ता वेबसाइटहरूको निरन्तर अनुगमन भइरहेको र अहिलेसम्म ५ लाख भन्दा बढी त्यस्ता सामग्री उपलब्ध हुने वेबसाइटहरू बन्द भइसकेका प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवासम्बन्धी पनि १०० वटा भन्दा बढी वेबसाइट बन्द गरिएका छन् । तर केही प्रयोगकर्ताहरूले भीपीएन र विशेष प्रकारका ब्राउजर प्रयोग गरेर प्रतिबन्धित साइट र एप खोल्ने गरेको पाइएको छ ।

 

अपडेट

माइक्रोसफ्ट बिङ एआइ च्याटको नाम परिवर्तित, अब को-पाइलटको नामले चिनिने

माइक्रोसफ्टले बिङ एआइ च्याटको नाम परिवर्तन गरेको छ । कम्पनीले अब बिङ एआइ च्याटबटको नाम को-पाइलट नामाकरण गरिदिएको छ । 

१९ जिल्लालाई 'नमूना जिल्ला' बनाएर सेवा दिने तयारीमा नेपाल टेलिकम

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागे…

समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ

सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्त…

लक्ष्मीको रुपमा महिला सदस्यलाई अपनाएको देखाएर भिडियो बनाइ लक्ष्मी बैंकबाट ५० हजार रुपैयाँसम्म जित्न सकिने

नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभिय…

ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत  …

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर

एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बै…

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर…

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्…

इंग्ल्याण्डको स्कूलमा एआइ बन्यो प्रिन्सिपल, विद्यार्थीहरूको जवाफ दिने देखि शिक्षकलाई पढाउन सिकाउँदै 'अबिगेल बेली'

इङ्गल्याण्डको एउटा विद्यालयले एआईलाई प्रिन्सिपलको रूपमा नियुक्त गरेको छ । अब एआई प्रिन्सिपलले विद्यालयका मानव प्रधानाध्यापकसँग मिलेर काम गर्नेछन् ।  

…

नास्टको ४६ करोड बजेट स्वीकृत, विभिन्न विद्यामा २ दर्जन भन्दा बढि पुरस्कृत हुने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४६ औं प्राज्ञसभा बैठकले ४६ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्…

डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार

काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान र ईन्जिनियरिङ् विभागका विभागीय प्रमुख तथा आइसिटी अवार्डका जुरी डा. बालकृष्ण बल (भोजपुर…

अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण नागरिक एपबाटै हेर्न सकिने

 नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आ…

नमस्ते पे मार्फत श्री एयरलाइन्सको प्रत्येक टिकट खरिदमा ३०० रुपैयाँको  उच्चतम क्यासब्याक

 नमस्ते पे ले यस तिहार र छठको अवसर पारी आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर सुरु गरेको छ। जस अन्तर्गत नमस्ते पे का ग्राहकहरु…

'आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

 नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' र नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)  बिच भएको रणनीति…