कीवर्डहरू -

अपडेट

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।

‘इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन’, कार्यालय प्रमुख रिजालले भने, ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’

कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । ‘अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ’, कार्यालयको सूचनामा उल्लेख छ ।

प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए । रासस

अपडेट

डिजिटल बन्दै मनकामना केबुलकार

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक स…

शनिबार चितवनमा टेक मिटअप हुँदै

चितवनमा टेक मिटअप आयोजना हुने भएको छ । सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै डेभ कम्युनिटी नेपालले टेक मि…

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआ…

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन से…

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।&n…

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्च…

प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

 स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने, विजेताले नगद १० लाख पाउने

‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा …

प्रहरी सेवामा अब क्यूआर कोड

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्ग…

फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क…

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।

युनिलिभर नेपालद्वारा विपद पीडित समुदायलाई राहत सहयोग

युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्मा…

ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की

ओपन एआइको समस्या अझै बढ्न सक्ने देखिएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ५०० भन्दा बढी कर्मचारीले बोर्डलाई हटाउ…

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…

अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाति तीन कारोबार निःशुल्क

हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमव…