कीवर्डहरू -

अपडेट

च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन एप्पल जीपीटी आउँदै

विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ ।

ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ । यद्यपि एप्पलले आधिकारिक रुपमा यसको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

तथापि एप्पल जीपीटी आउने चर्चा चलेसँगै आम इन्टरनेट प्रयोगकर्ता तथा लगानीकर्ताहरुको समेत ध्यान आकर्षित भएको बताइएको छ ।

के गर्नेछ एप्पल जीपीटीले ?

एप्पल जीपीटीको सहयोगमा कम्पनीले केही नयाँ फिचरहरु उपलब्ध गराउन सक्दछ । त्यसको सहयोगमा टेक्स्टहरुको सारांश खिच्न सकिनेछ र डेटाको आधारमा प्रश्नहरुको जवाफ समेत दिन सकिनेछ । साथै उक्त एआईको क्षमतालाई अन्य एपहरुमा समेत आबद्ध गरिने बताइएको छ ।

एआई प्लाटफर्मको विकास गर्नका लागि एप्पलले एउटा टिम नै गठन गरेको छ । उक्त टिमको नेतृत्व जोन गियान्नान्ड्रियाले गरेका छन् जो एप्पलको मेसिन लर्निंग तथा एआई विभागका प्रमुख हुन् । एप्पलको आर्टिफिसियल इन्टेलिजेन्सले स्मार्टफोन, मोबाइल एप तथा भिजन प्रोलाई अझै उत्कृष्ट बनाउनमा सहयोग गर्नेछ ।

एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीबाट अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन । सिरीको प्रतिस्पर्धीको रुपमा गुगलको भ्वाइस असिस्टेन्ट पनि रहेको छ, जसलाई ओके गुगल बोलेर एक्टिभेट गर्न सकिन्छ ।

एप्पलले नयाँ एआई प्लाटफर्मसँगै सिरीमा पनि थप सुधार गर्दैछ/छैन भन्ने बारेमा भने केही खुलेको छैन । एजेन्सीको सहयोगमा

अपडेट

\'अपराधको जरासम्म पुर्‍याउँछ, निर्दोषलाई बचाउँछ\'

साउन ३ गते बुधबार काठमाडौंको सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर…

विद्युतीय व्यापार सम्बन्धी विधेयकका केही प्रावधान सच्चाउन माग

नेपाल अनलाइन बिजनेस ऐसोसिएसनले संसदमा विचाराधीन विद्युतीय व्यापारका सम्बन्धमा व्यव…

डिशहोमको सहयोगमा राष्ट्रिय चेस च्याम्पीयन खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कपमा सहभागी हुँदै

नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्…

दराज महाबचत योजनामा सानिमा बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सह…

गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्डलाई अधिग्रहण गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले गेमिङ कम्पनी एक्टिभिजन ब्लीजार्ड अधिग्रहण गर्ने भएको छ । ३ अर्ब ५० करोड …

महावीर पुनले अन्तरिक्षयात्री निल आर्मस्ट्रङसँग मागेका थिए छात्रवृत्ति

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट स्टार्टअपमा नेपालबाट मोनाल टेक छनौट भएको छ । …

साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेटौंः मन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर …

इन्टरनेटको सहायताबाट बंगुर पाल्छन् पाल्पाका यमबहादुर सारू

३ साउन, पाल्पा । पाल्पा रामपुर नगरपालिका(१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक …

एनआईसी एशिया बैंकका ग्राहकले अब अनलाइनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक योजना ल्याए…

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा एआईको खतराका विषयमा छलफल

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा यान्त्रिक वौद्धिकता (एआई) को खतराका विषयमा छलफ…

खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान 

खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्डबाट सम्…

नेपाल-भारत विद्युतीय भुक्तानी छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाश…

१ लाख राशीको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्र…

मेटा कम्पनीमाथि दैनिक १ लाख डलर जरिवाना, कार्ययोजना नबन्दासम्म तिरिरहनुपर्ने 

युरोपेली मुलुक नर्वेको डाटा सुरक्षण प्राधिकरणले प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गो…