कीवर्डहरू -

अपडेट

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

२१ वैशाख, काठमाडौं। उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो।

एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए ।

उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए ।

उनले भने, 'विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुने छ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरुको मागअनुसार ‘युजर म्यानुअल’समेत तयार भइसकेको छ।'

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकीन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ ।

अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नसक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिए ।

'यसका लागि २५ भन्दाबढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ', उनले भने, 'राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायतका सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ।' सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्रै एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्नसक्ने उनको भनाइ छ ।

सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्णरुपमा अनलाइन गर्न लागिएको हो।

हाल अनलाइनमार्फत् आवेदन दिइ रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गइ लिनुपर्ने व्यवस्था छ । तर अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो।

अपडेट

बिहीबार हेटौडामा डिजिटल बागमती संवाद हुँदै, निःशुल्क सहभागी हुन सकिने 

बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी …

आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने

टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्प…

चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन  

नेपाल दूरसञ्‍चार प्राधिकरणले चालु अवस्थामा सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई न…

विज्ञापन भरेका उम्मेदवारको डेटा हराएपछि लोक सेवा आयोगले फेरि माग्‍यो आवेदन

विज्ञापन भरेका उम्मेदवारहरुको डेटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।आयोगले २०७९ साल मंसिर, प…

एआईले १३ घण्टासम्म चलायो रेडियो कार्यक्रम

स्वीजरल्याण्डको एक रेडियो स्टेसनमा एआईले १३ घण्टासम्म कार्यक्रम चलाएको छ । एआईले चलाए…

डिजी पेको फ्रेन्चाइजी अवधारणा, प्रति महिना ५ लाखसम्म कमाउन सकिने

नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ ल…

एलन मस्कको स्टारशिप विस्फोटले प्रदूषण फैलाएको भन्दै अमेरिकी अदालतमा मुद्दा

एलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना शक्तिशाली रकेट ‘स्टारशिप’को परीक्षण गर्दा विस्फोट भई प्रदूषण फैलाएको र वातावरणी…

नेपालमा ओटीटीः विदेशी एपमा दर्शक आए, स्वदेशीमा आएनन्

कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप)प्रतिको आकर्ष…

पाँच विधामा सरकारले वितरण गर्‍यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ? 

सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार वितरण गरेको छ । मं…

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले प्राप्त गरेको छ । राष्ट्रिय स…

नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित

नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानि…

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ …

नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित

नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्र…

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भए…

विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र न…