कीवर्डहरू -

निष्क्रिय अकाउन्टहरु डिलिट गर्दै गूगल

निष्क्रिय अकाउन्टहरु डिलिट गर्दै गूगल

गूगलले डिसेम्बर १ देखि निष्क्रिय अकाउन्टहरु डिलिट गर्न सुरु गरेको छ । खातासँगै कम्पनीले यसमा भण्डारण गरिएका फोटो, मेल र ड्राइभमा सेभ गरिएका फाइलहरू समेत डिलिट गर्नेछ । 

गुगलले आफ्नो प्लेटफर्मबाट कम्तिमा दुई वर्षसम्म प्रयोगमा नआएका अकाउन्टहरू हटाउन लागेको जनाएको छ । गुगलले यी अकाउन्टहरूलाई निष्क्रिय वर्गमा राखेको छ ।

यदि तपाईंले दुई वर्षदेखि आफ्नो अकाउन्टमा लग इन गर्नुभएको छैन् भने, गुगलले तपाईंको अकाउन्ट पनि सदाका लागि बन्द हुनेछ । भर्खरै लग इन गरेको प्रयोगकर्ताहरुले भने चिन्ता लिनु पर्दैन् ।

गुगलले हालै आफ्नो अकाउन्ट निष्क्रिय गर्ने नीति अपडेट गरेको थियो । यस अनुसार यदि कुनै खाता दुई वर्षभन्दा बढी समयदेखि प्रयोगमा छैन् भने गुगलले ती अकाउन्ट बन्द गर्ने जनाएको थियो ।यो नीति व्यक्तिगत अकाउन्टमा मात्र लागू हुनेछ । संगठन–लिंक गरिएका अकाउन्टहरूमा लागू हुने छैन् ।