कीवर्डहरू -

गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै

गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै

गूगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल सर्च एपमा नयाँ परिवर्तन ल्याउन लागेको छ । कम्पनीले सर्च बारीको लागि नयाँ ठाउँ सेट गर्ने काम गरिरहेको छ ।

परिवर्तन गूगल एपको नयाँ संस्करणमा देखिने छ । प्रयोगकर्ताहरूले गूगल एपको नवीनतम संस्करणमा सर्च बारको स्थानमा परिवर्तन हुनेछ । अहिलेसम्म गुगल एपको सर्च बार माथि देखिन्थ्यो, अब यो तल देखिनेछ ।

सर्च बारको लोकेशन परिवर्तन गर्दा फोनमा गुगल एप प्रयोग गर्न पहिलेको भन्दा सजिलो हुनेछ । प्रयोगकर्ताहरूले पहिले भन्दा सर्च बारमा पहुँच गर्न सजिलो महसुस गर्नेछन् ।

अहिले बजारमा ठूलो डिस्प्ले भएका फोनको चलन चलिरहेको छ । यस्तो अवस्थामा गुगलले ठूला डिस्प्ले भएका फोनहरूमा आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूको अनुभव सुधार गर्न चाहेको छ । यो नयाँ परिवर्तन प्रयोगकर्ताको खोज अनुभव सुधार गर्न विकास गरिएको गूगलले जनाएको छ ।