कीवर्डहरू -

आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने

आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने

आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पे एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ । भोटिङ मंगसिर २४ गतेसम्म संचालन हुनेछ । 

प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्प्रधीले 'हाम्रो पे  ब्लिक च्वाइस आइसिटी अवार्ड'को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको हो ।

क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एकदिनमा एउटा विधामा एउटामात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छाअनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । प्राप्त ६०० बढिको अनलाइन नोमिनेसनबाट सम्पुर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरुले विभिन्न चरणको छनौट प्रकृया सञ्चालनमा रहेको छ ।

दक्षिण एसियाली दे्शका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाका विज्ञहरुलाई जुरी समितीमा समावेश गरिएको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन ।

यि उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि  प्रशारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरु प्रशारण हुनेछ ।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा तेस्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यसैगरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रम सहभागी हुन इच्छुकले मसिंर १५ गतेदेखी खुल्ला हुने टिकट खरिद गर्न सकिनेछ । भोटिङ र फाइनलिस्टहरुको बारेमा थप जानकारी लिन वेबसाइट www.ictaward.org हेर्न सक्नुहुनेछ ।